इसुजु भी-क्रसको नयाँ संस्करण सार्वजनिक, मूल्य ७० लाख ९० हजार

काठमाडौं । नेपालका लागि इसुजु गाडीको अधिकृत बिक्रेता कन्टिनेन्ट ट्रेडिङ इन्टरप्राइजेज प्रालिले भी-क्रसको परिष्कृत संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । ७० लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको तथा २० वटा नयाँ फिचर थपिएको उक्त गाडीको बुकिङ खुलेको छ । नेपालभरका इसुजु डिलरबाट यो गाडी बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । ४-सिलिन्डर, कमन रेल, भिजिएस टर्बो इन्टरकुल्ड, २.५ लिटर डिजेल इन्जिनबाट सज्जित इसुजु भी-क्रसको परिष्कृत संस्करणको इन्जिनले १३४ एचपी र ३२० एनएम टर्क प्रदान गर्छ । पाँच स्पिड म्यानुअल गेरबक्स रहेको यो गाडीमा फोरह्विल ड्राइभ (सिफ्ट-अन-फ्लाई) मोड पनि उपलब्ध छ । इसुज गाडीहरु कम समस्या आउनेको अग्रपंक्तिमा पर्छन् । कम्पनीले ग्राहकलाई बिक्रीपछि प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन देशभरका सहरी इलाकामा वितरण तथा सर्भिस नेटवर्क विस्तार गरिसकेको र यसलाई अझै सुदृढ बढाउँदै लगिने जानकारी दिएको छ । २०१९ इसुजु भी-क्रसको नयाँ भर्सन अगाडिपट्टि नयाँ ग्रिल र नयाँ स्वरुपमा आएको छ, जसमा बी-एलइडी हेडल्याम्प र क्रोम बेजेल सहितको फग ल्याम्प छन् । पछाडिपट्टि एलइडी टेल ल्याम्प र अपग्रेडेड क्रोम बम्पर छ । बाहिरी विशेषतामा १८ इन्चको डायमन्ड कट अलो ह्विल, रुफ-रेल र सार्क फिन एन्टेना छ । यसका साइड स्टेपहरु पनि पुनः डिजाइन गरी परिष्कृत गरिएका छन् । नयाँ इसुजु भी-क्रस प्यासिभ इन्ट्री एन्ड स्टार्ट स्टप (पिइएसएस) प्रणालीका साथ आएको छ । यो लाइफस्टाइल पिकअपको सुरक्षा विशेषतामा लचिलो र भार सीमित गर्ने सिटबेल्ट, गति संवेदनशील स्वचालित डोर लक, अगाडि सिटमा बस्ने व्यक्तिले सिट बेल्ट नबाँधेको खण्डमा सम्झाइदिने प्रणाली लगायत छन् । भारतको आन्ध्र प्रदेशमा रहेको इसुजु मोटर्स इन्डिया म्यानुफेक्चरिङ प्लान्टमा उत्पादित भी-क्रस सफायर ब्लु र सिल्की पर्ल ह्वाइट गरी थप दुई रङमा उपलब्ध छ । साबिकको रुबी रेड, टिटानियम सिल्भर, अब्सिडियन ग्रे, कस्मिक ब्ल्याक र स्प्लास ह्वाइट रङमा पनि यो गाडी उपलब्ध छ । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज बारे कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि दुई दशकभन्दा बढी समयदेखि नेपालमा विश्वविख्यात ब्रान्डका गाडी र हेभी उपकरणको कारोबारमा संलग्न छ । यसले कोमास्तु ब्रान्डको निर्माण र माइनिङ उपकरण, कियाको प्यासेन्जर भेइकल, ओटिस ब्रान्डको इलेभेटर, फुरुकावा ब्रान्डको ड्रिलिङ उपकरण, इसुजु ब्रान्डका गाडी लगायतको कारोबार गर्छ । विभिन्न उत्पादन कम्पनीहरुमा समेत लगानी गरेको कन्टिनेन्टल ग्रुप अन्तर्गत वित्त र हाउजिङ कम्पनी पनि छ । गुणस्तरीय वस्तु र सेवा प्रदान गर्ने लक्ष्य लिएको कन्टिनेन्टल ग्रुप अहिले नेपालको सुप्रसिद्ध व्यापारिक घरानामध्येको एक बनिसकेको छ ।

टेक्कन बाइकले चिनाएको मोटरहेड सर्भिस सेन्टर विस्तारमा आक्रामक बन्दैछः साइमन रसाइली

एसएलआर टेक्नो एण्ड ट्रेड कम्पनी द्वारा सञ्चालित मोटरहेडको मार्केटिङ म्यानेजर हुन् साइमन रसाइली । रसाइली अटो मोबाइल क्षेत्रमा विगत ६ वर्षदेखि कार्यरत छन् । विभिन्न समयमा महत्वपूर्ण जिम्मेवारी लिएर आवद्ध भएका रसाइली अहिले मोटरहेडमा आवद्ध भएर काम गरिरहेका छन् । कोरोना भाइरसको सन्त्रास उत्पन्न भएसँगै सामाजिक दुरी कायम गर्न पनि मानिसहरुको ध्यान निजी सवारी साधनमा गएछ । मोटरहेड पनि अटोमोबाइल क्षेत्रमा आफ्नो छुट्टै पहिचान राख्न सफल भएको छ । मोटरहेडको टेक्कन २५० मोटरसाइकलले लगातार ३५ हजार कुदाएर २०१४ मा विश्व रेकर्ड कायम गरी गिनिज बुकमा नाम लेखाएको छ ।मोटरहेड कम्पनीको हालको बजारको अवस्था, मोटर हेडले बिक्री गर्ने बाइक र कम्पनीको आगामी योजनाका बारेमा विकासन्युुजका सन्ताेष राेकायाले  रसाइलीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानी । पछिल्लो समय मोटरहेड कम्पनीका केही मोटरसाइकलहरु ग्राहकले धेरै रुचाएका छन्, धेरैले खरिद पनि गरिरहेका छन्, यसभित्रको कथा के हो ? सुरुमा हामीले नेपालको भौगलिक बनावट र यहाँका ग्राहकलाई के चाहिन्छ भन्ने कुरा अध्ययन गर्यौं । ग्राहकहरुको त्यो चाहनालाई हामीले आपुर्ति गर्नको लागि हामीले मोटर हेडका बाइकहरु नेपालमा भित्र्याएका हौं । यो मोटर हेडका बाइकहरु नेपालमा ल्याएको पनि ३ वर्षभन्दा भयो । अहिलेको पनि हामीले ग्राहकको रोजाइलाई नै ध्यान दिन्छौं । ग्राहकले चाहेको र यहाँको भौलिक बनावट अनुसार चाहिने बाइकहरु हामीले आयात गर्दै आएका छौं । ग्राहकको चाहना अनुसार नै हामी अगाडि बढ्ने भएकोले हामीलाई ग्राहले रुचाएका हुन् । हामीले ३ महिनाभन्दा बढी समय लकडाउनमै व्यतित गर्नुपर्यो । अहिले बजार खुलेको पनि १ महिना भइसकेको छ । यो अवधिमा बजार विस्तार तथा व्यापार के कस्तो भइरहेको छ ? हामीले ४ महिना बन्दाबन्दीको अवस्थामा पनि हाम्रा ग्राहकलाई सेवा दिइरहेका थियौं ।अन्य क्षेत्रका डिलरहरु मार्फत सेवा दिन नसके पनि उपत्यकामा भने हामीले सेवा दिँदै आएका थियौं । हाम्रो कम्पनीबाट प्राविधिकहरुलाई जुनसुकै पनि समयमा सर्भिसका लागि तयार पारिरहेका हुन्थ्यौं । लकडाउनको समयमा पनि हामीले सर्भिसमा धेरै ध्यान दियौं ।यो बिचमा सबै नागरिकहरु घरभित्रै भएको कारणले पनि व्यापार त्यति हुन सकेन । लकडाउनमा सोरुमहरु त्यति खुलेका पनि थिएनन् । लकडाउन खुलिसकेपछि यो एक महिनाको अवधिमा अटो मोवाइल क्षेत्रमा दुई पाँग्रे सवारी साधनको माग बढेको अथार्त अफ रोड मोटरसाइकलहरुमा ग्राहकको चाहना बढेको हामीले पायौं । लकडाउनकाे समयमा व्यापार त्यति हुन सकेन तर अबकाे याेजना भने बजार विस्तारकाे छ । लकडाउनकाे समयमा पनि ग्राहकको सेवामा तल्लीन रह्यौं भन्नुभयो । सुरक्षाको बिधि के कसरी अपनाउनु भयो । अहिले पनि कसरी काम गरिरहनु भएको छ ?  हामीले सुरक्षाको विधिलाई एकदमै प्राथमिकता दिइहरेका छौं । फिल्डमा खटिनेहरुको कोरोना परीक्षण गर्ने , विभिन्न समयमा स्यानिटाइजरको प्रयोग, माक्सको प्रयोग गरेर हामीले स्वास्थ्य सुरक्षा विधिहरु अपनाइरहेका छौं । ग्राहकहरुसँग पनि सामाजिक दूरी कायम गरेर हामीले सेवा सुविधाहरु दिइरहेका छौं । हाम्रो सर्भिस सेन्टरहरुमा पनि हामीले त्यसरी नै काम गरिरहेका छौं । अहिले सबैको ध्यान निजी सवारी साधनतर्फ गइरहेकाे छ । त्यसलाई मध्यनजर गर्दै विभिन्न कम्पनीहरुले पनि सवारी साधनमा स्कीम ल्याएका छन् । ती स्कीमहरुमा ग्राहकहरुको चासो कतिको छ ? यतिबेला सबैको व्यापार कम नै छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्व अर्थतन्त्र नै संकटमा परेको अवस्था छ । यतिखेर नै धेरैले निजी सवारी साधन खरिद गर्ने चाहना पनि स्वभाविक राखेका छन् । तर वित्तीय अवस्थाले समस्या सिर्जना गरेको छ । निजी सवारी साधन खरिद गर्ने चाहना हुँदा हुँदै पनि त्यो चाहना वित्तीय अवस्थाले पुर्ति गर्न नसकिरहेको अवस्था छ। त्यही कुरालाई अध्ययन गरेर अर्थात बुझेर हामीले विभिन्न अफरहरु ल्याएका छौं । ग्राहकहरुका लागि वित्तीय व्यवस्थापन गरिदिएका छौं । त्यसैले ती स्कीमले ग्राहकहरुलाई धेरै नै सहज भएको छ । ग्राहकहरुले आफ्ना चाहना तथा आवश्यकता पुरा गर्ने उचित समय पनि यति बेला नै ठानिरहेका छन् । अहिले ग्राहकहरुका लागि मोटरहेडले के कस्ता स्कीम ल्याएको छ ? हामीले विभिन्न मोडेलहरुमा स्कीम ल्याएका छौं । हामीले स्क्याम्बलर र एमएच १५० मा २० हजार रुपैयाँ छुट दिएका छौं । यस्तै,टेक्कन, एक्स–ट्रक,स्पोर्टस् एमएच २०० लगायत चार मोडेलहरुमा १५ हजार नगद छुट दिएका छौं । यसका साथ साथै अहिलेको परिस्थिती बुझेर ग्राहकहरुका लागि १ लाख रुपैयाँको निःशुल्क कोभिड–१९ बीमा गर्ने गरेका छौं । त्यसपछि १ वषको रोड ट्याक्स, फुल हेल्मेट र बाइकको बीमा हामी गर्ने गरेका छौं । ग्राहकहरुले पनि यी स्कीमहरु मन पराएका छन् । यो स्कीमहरु कहिले सम्मको लागि हो ? हामीले साउन मसान्तसम्मको लागि यी स्कीमहको समयावधि राखेका छौं । पहिले लकडाउन भरिनै स्कीम गर्ने योजना बनाएका थियौं । अब लकडाउन समाप्त भएसँगै साउन मसान्तसम्मका लागि यी स्कीम ल्याएका छौं । यी स्कीमहरु सकिने बित्तिकै फेरि हामी चाडपर्व लक्षित स्कीमहरु ल्याउने योजनामा छौं । कोरोना भाइरस आउनु भन्दा अगाडिको समय र अहिलेको समयमा ग्राहकको आवागमन के कस्तो छ ? पहिलेको भन्दा अहिले ग्राहकको संख्यामा अवश्य पनि कमि आएको छ । अहिले पहिलेको भन्दा ३०/४० प्रतिशत ग्राहक मात्र आइरहेका छन् । अहिले सहज वातावरण नभएको कारणले पनि हुन सक्छ होला ग्राहक त्यति धेरै आउने गरेका छैनन् । तपाईहरु बजारमा जानुहुन्छ । ग्राहकको मनसाय पनि बुझ्नुहुन्छ । अहिलेको यो बजार सामान्य अवस्थामा पुग्न कति समय लाग्ला ? अहिलेको यो परिस्थितीमा बजार सामान्य अवस्थामा पुग्न कति समय लाग्छ भन्न एकदमै गाह्रो छ । किनकि अहिले पनि कोरोना भाइरसको जोखिम अझै पनि कायम नै छ । यदि अहिले नै कारोना भाइरस न्यूनिकरण भएपनि अझै बजार पहिलेकै अवस्थामा पुग्न एक वर्ष लाग्न सक्ने अवस्था छ । बजारमा मोटरहेड जस्ता धेरै बाइक बिक्रेता कम्पनीहरु छन् । आम ग्राहकहरुले मोटरहेडकै बाइक मात्र किन रोज्ने । यसको विशेषता के छ ? सर्वप्रथम त हामीले ग्राहकको मनोविज्ञान र खरिद गर्न सक्ने क्षमता बुझ्नु पर्छ । हाम्रा ग्राहकहरु पनि धेरै हाई लेभलका हुनुहुन्न । हामी नर्मली एउटा जागिर गर्ने मानिस हौं । हामीले नेपालीहरुको चाहना आवश्यकतालाई मध्येनजरलाई ध्यानमा राखेर अर्थात बुझेर बाइकहरु आयात गरिरहेका छौं । नेपाली बजारमा जुन फ्याम्ली इनकमलाई आधार बनाएर नै हामीले बाइक आयात गदै आएका छौं । एउटा न्युन वर्गको मानिसले पनि बाइक चलाउन सक्ने कुरालाई ध्यानमा राखेर हामी बाइक ल्याउने र खरिद गर्ने काम गरिरहेका छौं । तपाईहरुले कति मोडेलका बाइकहरु बिक्री गरिरहनु भएको छ ? हामीले अहिले ६ मोडेलका बाइकहरु बिक्री गरिरहेका छौं । छ वटा मोडेल नै डट सेग्मेन्टका बाइक हुन् । केही बाइकहरु अफ रोड र केही अन रोडका लागि हामीले ल्याएका छौं । केही बाइक दुवै खालका विशेषता भएका पनि छन् । ६ वटा मोडेलहरुमा टेक्कन, स्ट्र्याम्बलर, एक्स–ट्रक, स्पोर्टस्, एमएच १५० र एमएच २०० रहेका छन् । यी ६ वटा मोडेलहरु मध्ये सबैभन्दा चलेको अर्थात ग्राहकले मन पराएकाे मोडेल चाहिँ कुन हो ? आजभन्दा ३ वर्ष अगाडि हामीले नेपालमा एउटा मोडेल मात्र भित्र्याएका थियौं । जुन टेक्कन बाइक हो । टेक्कन बाइकलाई ग्राहकहरुले एकदमै रुचाउनु भएको छ । त्यो बाइकको लेभल हेर्दा त्यसको नेपालमा १२/१३ लाख रुपैयाँ हुनु पर्थ्यो । तर, हामीले त्यसलाई भित्र्याउँदा खेरि साढे ३ लाख रुपैयाँ परेको थियो । ग्राहकले रुचाएर नै एउटा मोडेलले मात्र हुँदैन र उनीहरुको नै चाहनाले हामीले अरु मोडेलहरु पनि भित्र्याएका हौं । अहिले हाम्रा सबै बाइकहरु ग्राहकले मन पराएका छन् । टेक्कन बाइकको विषेशता के हो ? टेक्कन बाइक अफ रोड र अन रोडका लागि एकदमै राम्रो छ । त्यसको पफमेन्स पनि रामो हुन्छ । सबैलाई चलाउन पनि सहज हुन्छ । बाइकको पछाडि बस्न पनि सकिन्छ । पछिल्लो समय मानिसहरुमा सोचको पनि विकास हुँदै गएको छ । अहिले मानिसहरु घुम्न पनि रुचाउँछन् । नेपालको भोगलिक बनावट अनुसार हाम्रा ग्राहकले पनि एकदमै मन पराएका छन् । यो बाइकको माग पनि धेरै छ । यी ६ वटै माडेलहरुको मूल्य चाहिँ कस्तो छ ? अहिले टेक्कन बाइकमा धेरे अपग्रेड गरेर ल्याएका छौं । पहिले ३ लाख ५० हजार रुपैयाँ थियो । अहिले त्यसको मूल्य ३ लाख ९२ हजार रुपैयाँ मात्र छ । यस्तै, स्क्राम्बलर २५० को ४ लाख ५० हजार, स्पोर्टस् २५० को ३ लाख ६५ हजार, एक्स–ट्रक २५० को ३ लाख ८० हजार, एमएच २०० एक्स को ३ लाख ७२ हजार र एमएच १५० आरको २ लाख ८८ हजार रुपैयाँ मूल्य रहेको छ । यो ३ वर्षको अवधिमा १३ वटा डिलर स्थापना गरिसकेका छौं । अहिले ती १३ वटै डिलरहरुमा सर्भिस सेन्टर विस्तार भइसकेका छन् । मोटरहेड कम्पनीको आगामी योजना के छ ? मोटरहेड कम्पनीले बितेको समय र वर्तमान समयलाई मध्य नजर गरेर कम्पनीले काठमाण्डौंमा सहज र उचित वातावरणमा आफ्ना ग्राहकहरुलाई बिक्रिपछिको सेवा दिनको निम्ति विभिन्न ठाउँहरुमा सर्भिस सेन्टर सँगै पार्टस् उपलब्ध गराउने र ग्राहक सन्तुष्टि वरकरार राख्न दलजन शक्ति परिचालन गर्ने लक्ष लिएको छ । यसका साथै मोटरहेड संगको हरेक यात्राहरुलाई सुरक्षित र सहज बनाउन कम्पनीले राजमार्गका विभिन्न स्थानहरुमा आधिकारिक सर्भिस तथा पार्ट्सको सेवा उपलब्ध गराउन आवश्यक प्रक्रिया पनि सुरु गरिसकेको छौं । यस्तै, हामीले रोड साइड एसिस्ट्यान्स सेवा पनि कम्पनी लागिरहेको छ । कुनै पनि ठाउँमा कुनै पनि बेला असहज स्थिति आउन नदिन कम्पनीले आफ्ना दक्ष प्रविधिका चेलीलाई तयार राखि ग्राहकको अनुरोध अनुरुप सेवा प्रदान गर्ने व्यवस्थामा पनि कम्पनी लागि परेको हुन्छ ।

सुजुकीको १५०० सीसी पेट्रोल इन्जिनयुक्त नयाँ भिटारा ब्रेजा सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा नयाँ पावरफुल र स्टाइलिस भिटारा ब्रेजा सार्वजनिक गरेको छ । स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको नयाँ कम्प्याक्ट एसयुभीमा प्रिमियम इन्टेरियरका साथै ‘फस्ट–इन–क्लास’ फिचरहरु रहेका छन् । १४६२ सीसीको ‘के–सिरिज’ बीएस ६ पेट्रोल इन्जिन जडित भिटारा ब्रेजाले निश्चित रुपमा ग्राहकलाई सन्तुष्ट बनाउने अपेक्षा गरिएको छ । ५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको नयाँ कम्प्याक्ट एसयुभी भीएक्सआई र जेडएक्सआई प्लस गरी दुई भेरियन्टमा उपलब्ध छ । ‘नेपाली ग्राहक कार छनोटमा कुनै सम्झौता गर्नुहुन्न । चार वर्षअघि सार्वजनिक गरिएको भिटारा ब्रेजा नेपालमै सबैभन्दा बढी विक्री भएको एसयुभीमध्ये पर्छ । नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी बोल्ड, स्पोर्टी र पावरफुल भएर आएको छ । हामीलाई विश्वास छ यो नयाँ एसयुभीले ग्राहकको मन जितेर अघिल्ला पुस्ताको भिटारा ब्रेजाको विरासतलाई अझ माथि पु¥याउनेछ,’ सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने । सन् २०१६ मा सार्वजनिक भएको भिटार ब्रेजाले केही समयमै अटो बजारमा तहल्का मच्चाउँदै सबैभन्दा बढी अवार्ड हासिल गर्न सफल एसयुभी बनेको थियो । नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी शक्तिशाली मात्र बनेको छैन यसमा सेग्मेन्टमै सबैभन्दा बढी र कसैसँग नभएको फिचरहरु छन् । नयाँ भिटार ब्रेजामा सेग्मेन्टमै पहिलो पटक डुअल च्याम्बर एलईडी प्रोजेक्टर हेडल्याम्प, अटो फोल्डिंग ओआरभीएम जस्ता फिचर छन् । साथै यसमा १७।७८ सेन्टिमिटरको टचस्क्रिन स्मार्ट प्ले स्टुडियो, अटो एसी, भ्वाइस कमान्ड, स्मार्ट की, एलईडी फगल्याम्प, अटो डिमिंग आईआरभीएम, रेन सेन्सिंग वाईपर, क्रुज कन्ट्रोल, डाईमन्ड–कट एलोई ह्विल रहेका छन् । नयाँ भिटारा ब्रेजमा सेफ्टी प्याकेजलाई स्ट्यान्डार्डको रुपमा राखिएको छ । स्टेट अफ आर्ट टीईसीटी च्यासिस्, डुअल एअरब्याग, ईबीडीसहितको एबीएस, पेडेस्ट्रियन प्रोटेक्सन सिस्टम, रिभर्स सेन्सर, आईसो फिक्स चाइल्ड एन्करेज र फोर्स लिमिटर प्रिटेन्सनसहितको सिट बेल्ड पनि स्ट्यान्र्डको रुपमा राखिएको छ ।