टाटा मोटर्सले इटहरीमा सार्वजनिक गर्यो पाँच वटा नयाँ गाडी
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले इटहरीमा पाँच वटा नयाँ गाडी सार्वजनिक गरेको छ । कम्पनीले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँच वटा नयाँ गाडीहरु फागुन २८ गते शुक्रबार पुर्वाञ्चलको ईटहरीमा सार्वजनिक गरेको हो । जसको उद्घाटन नाडा एशोसियशन पुर्वाञ्चलका अध्यक्ष सुवास आचार्यले गरेका हुन् । यी गाडीहरु (टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ) बि एस सिक्स प्रविधिले सम्पन्न छन् । योसँगै टाटा कम्पनी उक्त ईन्जिन प्रविधि भएको पाँच मोडलहरु एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी भएको छ । यस्ता छन् टाटा मोटर्सका गाडीहरू नयाँ टियागो १२०० सीसी ईन्जिन क्षमताको नयाा टियागोको बनावट आकर्षक (स्पोर्टी) रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरु भएको यो गाडी रातो, पहेलो, निलो लगाएत ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएको छ । यसको सुरुवाती मूल्य २८ लाख रुपैयाँ रहेको छ । नयाँ टिगोर १२०० सीसी ईन्जिन क्षमताको नयाा टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ्ग क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु रहेका छन् । मनमोहक बनावट सहित उत्कृष्ट सुरक्षाको बिशेषता भएको यो गाडी पााचवटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेको छ । यसको सुरुवाती मूल्य ३२ लाख ५० हजार रुपैयाँ रहेको छ । नयाँ नेक्सन १२००सीसी ईन्जिन क्षमता भएको नयाा नेक्सनमा इरा (इरा) जस्ता समुच्च प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहााउदो भएको कुरा कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो । इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगाएतका नयाा बिशिष्ट बिशेषताहरु भएको नेक्सन ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । यसको सुरुवाती मूल्य ३९ लाख ९५ हजार रुपैयाँ रहेको छ । नयाँ अलट्रोज १२०० सीसी ईन्जिन क्षमता भएको टाटाको नयाा अल्ट्रोजको सम्पुर्ण बनावट अल्फा (अल्फा) वास्तुकलामा आधारित छ । नेक्सनमा जस्तै आईआरए प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोवल एनक्याप मार्फत प्रमाणित भैसकेको छ । साथै हृयाचब्याक सेग्मेन्टमा ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ । यो रिदम, स्टाईल, लुक्स र अर्वन गरि चारवटा प्रकृतिमा उपलब्ध रहेको छ । यसको मूल्य ३५ लाख ५० हजार रुपैयाँ रहेको छ । नयाँ एच फाईभ २००० सीसी ईन्जिन क्षमता भएको एच फाईभको सम्पुर्ण बनावट बिशिष्ट ओएमईजीएआरसी वास्तुकलामा आधारित छ । शक्ति, सुविधा र कार्यकुशलताको दृष्टीकोणले यो गाडी अतुलनीय भएको कम्पनीले जनाएको छ । एच फाईभ विभिन्न आकर्षक रङ्गहरुमा उपलब्ध रहेको छ । यसको सुरुवाती मूल्य ८४ लाख ९९ हजार रुपैयाँ रहेको छ । सम्बन्धित समाचार २८ लाख देखि ८४ हजार रुपैयाँ पर्ने टाटा मोटर्सका नयाँ गाडीहरू यस्ता छन्
फोर्डको ईकोस्पोर्ट एसई सार्वजनिक, मूल्य साढे ४७ लाख रुपैयाँ
काठमाडौं । फोर्डले नयाँ संस्करणको ईकोस्पोर्ट एसई गाडी सार्वजनिक गरेको छ । जसको पेट्रोल भेरियन्टको मूल्य ४७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । फोर्ड ईकोस्पोर्ट एसई नाम दिइएको यस नयाँ भेरियन्टमा डिजाईन संकेत अमेरिकी र युरोपेली कम्प्याक्ट एसयुभ लिईएको छ र यसमा पछाडि राखिने जगेडा चक्का रहने छैन । ‘ग्राहकहरू धेरै भन्दा धेरै विश्वव्यापी डिजाईन बेन्चमार्कलाई पछ्याउँदै र भिन्न एवं अद्धितिय वस्तुको चाहना राख्छन्, जस्तो कि ईकोस्पोर्ट,’ फोर्ड ईन्डियाका कार्यकारी निर्देशक विनय रैनाले भने, ‘फोर्ड ईकोस्पोर्ट एसई आरामदायी हुनुको साथै यसमा प्रयोग गरिएको अभूतपूर्व सुरक्षाको व्यवस्था र सिङ्क-३ जस्तो सबैभन्दा राम्रो प्रविधिले यसको विरासतलाई अझ उचाईमा पुर्याउनेछ ।’ नयाँ सुरुचिपूर्ण डिजाईन भएको टेलगेट, ड्युअ टोन पछाडिको बम्पर जसमा रहेको सिल्भर एप्लिकले यसको बनावटलाई झन् आकर्षक बनाईएको छ । यसका अलावा यस विशेष संस्करणको ईकोस्पोर्टमा बोल्ड लुक्स र ग्रील, १६ ईन्च एलोई व्हीलस्, उच्च ग्राउन्ड क्लियरेन्सको विशेषतालाई जोड दिइएको छ, जसले एसयुभी भेरियन्टलाई अझ बढावा दिने विश्वास गरिएको छ । ईकोस्पोर्ट एसईमा राखिएको पन्चर किटले केही मिनेटमै टायर नझिकेरै पंचर मर्मत गर्न सकिने सुविधा प्रदान गर्ने कम्पनीले जनाएकाे छ । टाइटानियम ईकोस्पोर्टको यस विशेष संस्करणले उच्चतम् प्रविधि र कनेक्टिभिटीको विरासतलाई अघि बढाउँदै फोर्डको प्रसिद्ध सिङ्क-३ सूचना र मनोरञ्जन प्रर्णालीलाई एप्पल कारप्ले र एन्ड्रोईड अटोसँग एकीकृत गरेको छ । नयाँ ईकोस्पोर्ट एसईमा विश्वसनीय १.५ लिटर टीआईभीसीटी पेट्रोल ईन्जिन राखिएको छ जसले यस सेग्मेन्टकै सबैभन्दा राम्रो १२२ पीएस पावर र १४९ एनएम टर्क उत्सर्जन गर्छ । डिजेल ईन्जिन ईकोस्पोर्ट एसईको छनोट गर्न चाहनेका लागि १.५ लिटर नेतृत्वदायी प्रदर्शन गर्ने टीडीसीआई उच्चस्तरीय डिजेल ईन्जिनका साथ पनि यो गाडी उपलब्ध छ । जसले १ सय पीएस पावर र २१५ एनएम टर्क उत्सर्जन गर्छ । भारतीय अटो क्षेत्रको नेतृत्वदायी मिडिया अटोकार ईन्डियाले २०२० को मर्मत रिपोर्टमा फोर्ड इकोस्पोर्ट मर्मत खर्चका हिसाबले एकदमै कम लागत भएको कारको सूचिमा राखेको थियो, जसलाई पनि यस गाडीको उपलब्धिको रुपमा लिन सकिन्छ ।
२८ लाख देखि ८५ लाख पर्ने टाटा मोटर्सका नयाँ गाडीहरू यस्ता छन्
काठमाडौं । गत मंगलबार सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले पाँच वटा नयाँ गाडीहरु सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदीले टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ ब्राण्डका परिष्कृत गाडी सार्वजनिक गरेको हो । सिप्रदीले सार्वजनिक गरेका यी गाडी बि एस सिक्स प्रविधिले सम्पन्न छन् । अत्यन्तै सुन्दर बनावट भएका यी गाडी आरामदायी र सुरक्षाको दृष्टिकोणले अरु भन्दा अगाडी छन् । शक्तिशाली बि.एस. सिक्स ईन्जिन, इम्प्याक्ट २.० अन्तर्गत आकर्षक डिजाईनमा निर्मित छन् । टाटा टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ मोडलका गाडीहरु विश्वसनिय छन् । टाटा नेक्सनले हालैमात्र ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल भएको छ । हृयाचब्याक सेगमेन्टमा टाटा अल्ट्रोजले ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ भने टियागो र टिगोरले फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेका छन् । ‘टाटा मोटर्स्का बिबिध रेन्जका गाडीहरु नेपाली ग्राहकहरुले लामो समयदेखि अत्यन्त रुचाईरहनुभएको छ । टाटाका नयाँ जेनेरेशनका प्यासेन्जर गाडीहरु सार्वजनिक गर्न पाउादा हामीलाई धेरै खुसी लागेको छ ।’ टाटा मोटर्स् इन्टरनेशनल बिजनेश हेड (प्यासेन्जर भेहिकल्स्) मायकं बाल्डीले भने ‘डिजाईन, सुरक्षा र आराम टाटा गाडी निर्माणका मुख्य तिन आधारहरु हुन् ।’ बि.एस. सिक्स रेन्जका अत्याधुनिक बिशेषतायुक्त गाडीहरु आफ्नो श्रेणिका अन्य गाडीहरु भन्दा संरचनागत र प्राविधिक दुबै दृष्टीकोणले अगाडी रहेका छन् । यसैगरी सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने ‘यी गाडीहरुले नेपाली उपभोक्ताहरुको बदलिदो आवश्यकता र अपेक्षालाई पुरा गरी नेपाली बजारको ठुलो हिस्सा ओगट्न सफल हुने विश्वास लिएका छौं ।’ यस्ता छन् टाटा मोटर्स्का गाडीहरू १. नयाँ टियागो १२०० सि.सि. ईन्जिन क्षमताको नयाा टियागोको बनावट आकर्षक (स्पोर्टी) रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरु भएको यो गाडी रातो, पहेलो, निलो लगाएत ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएको छ । यसको सुरुवाती मुल्य रु २८ लाख रुपैयाँ रहेको छ । २. नयाा टिगोर १२०० सि.सि. ईन्जिन क्षमताको नयाा टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ्ग क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु रहेका छन् । मनमोहक बनावट सहित उत्कृष्ट सुरक्षाको बिशेषता भएको यो गाडी पााचवटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेको छ । यसको सुरुवाती मुल्य ३२ लाख ५० हजार रुपैयाँ रहेको छ । ३. नयाँ नेक्सन १२०० सि.सि. ईन्जिन क्षमता भएको नयाा नेक्सनमा इरा (क्ष्च्ब्) जस्ता समुच्च प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहााउदो भएको कुरा कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो । इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगाएतका नयाा बिशिष्ट बिशेषताहरु भएको नेक्सन ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । यसको सुरुवाती मुल्य ३९ लाख ९५ हजार रुपैयाँ रहेको छ । ४. नयाँ अलट्रोज १२०० सि.सि. ईन्जिन क्षमता भएको टाटाको नयाा अल्ट्रोजको सम्पुर्ण बनावट अल्फा (ब्ीाब्) वास्तुकलामा आधारित छ । नेक्सनमा जस्तै आईआरए प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोवल एनक्याप मार्फत प्रमाणित भैसकेको छ । साथै हृयाचब्याक सेग्मेन्टमा ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ । यो रिदम, स्टाईल, लुक्स र अर्वन गरि चारवटा प्रकृतिमा उपलब्ध रहेको छ । यसको मुल्य ३५ लाख ५० हजार रुपैयाँ रहेको छ । ५.नयाँ एच फाईभ २००० सि.सि. ईन्जिन क्षमता भएको एच फाईभको सम्पुर्ण बनावट बिशिष्ट इ:भ्न्ब्च्ऋ वास्तुकलामा आधारित छ । शक्ति, सुविधा र कार्यकुशलताको दृष्टीकोणले यो गाडी अतुलनीय भएको कम्पनिले जनाएको छ । एच फाईभ बिभिन्न आकर्षक रङ्गहरुमा उपलब्ध रहेको छ । यसको सुरुवाती मुल्य ८४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।