पायोनियर मोटो कर्पद्वारा निसान गाडीहरूका लागि मनसुन एक्सचेन्ज मेला आयोजना, ५ लाखसम्म छुट
काठमाडौँ । नेपालमा निसान गाडीको आधिकारिक वितरक कम्पनि पायोनियर मोटो कर्पले निसान गाडीका लागि मनसुन एक्सचेन्ज मेला आयोजना गरेको छ । मनसुन एक्सचेन्ज मेला असार १६ देखिअसार २२ गते सम्म सन्चालन हुनेछ । मनसुन एक्सचेन्ज मेलाको सिमित अवधिसम्म ग्राहकहरूले विभिन्न आकर्षक अफरहरु जस्तै रू. ५ लाख सम्मको छूट, रू. ३ लाखसम्मको एक्सचेन्ज बोनस, रू. २५,००० सम्मको लोयल्टी बोनस, रू. २७,००० मुल्यको गाडी–एक्सेसरिजहरु, १ वर्ष सम्मको निःशुल्क बाटो कर, ३ वर्ष सरवीसिङका साथै ३ वर्षको वारेन्टीको सेवा आदि प्राप्त गर्न सक्छन् । मेलामा पुराना गाडीको अनुगमन गरी उचित मूल्याङ्कन र किस्ताबन्दीको सुविधापनि मेलामा नै तुरून्तै प्राप्त गर्न सकिनेछ । टेस्ट ड्राइभ गर्दा पनि ग्राहकहरुले उपहारहरु प्राप्त गर्नेछन् ।
धराशायी हुँदै गएको साझामा प्रदेश सरकार र महानगरको ४५ करोड लगानी, सोमबार २० सिटी बस एक साथ सञ्चालन
काठमाडौं । निरन्तर घाटामा गएपछि करिब १२ वर्ष बन्द भएर पुनः सञ्चालनमा आएको साझा यातायात फेरि विगतकै बाटोमा फर्किने संकेत गरेको बेला प्रदेश नम्बर ३ को प्रदेश सरकार, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र साझा यातायातले ४५ करोड लगानी गर्ने भएको छ । ३ नम्बर प्रदेशले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड, ललिपुर महानगरपालिकाले २ करोड ५० लाख र साझा यातायातले २ करोड ५० लाख बसमा लगानी गर्न लागेको हो । नेपाल विद्युत प्रधिकरले भने चार्जजिङ स्टेसनको व्यवस्था गर्ने भएको छ । साझा यातायातले ल्याएका २० वटा नयाँ बस असार १६ बाट सञ्चालनमा आउने भएको छ । साझा यातायातले आफ्नो २० वटा सिटी बस एक साथ सञ्चालनमा ल्याउन लागेको हो । ललितपुर महानगरपालिका मेयर चिरीबाबु मर्हजनले भने ‘ प्रदेश सरकार, काठमाडौं महानगरपालिकार, ललितपुर महानगरपालिकाले साझामा लगानी गर्न लागेको हो ।’ भोलि सहमती पत्रमा हस्तक्षर हुने मेयरले जानकारी दिए । कमजोर व्यवस्थापन र उच्च व्यवस्थापनकै शंकास्पद गतिविधिका कारण साझाको घाटा वर्षैपिच्छे बढ्दै गएसँगै सिञ्चित नोक्सान चुलिँदा साझाले सोही बाटोको पुनरावृत्तिको संकेत गरेको हो । आर्थिक वर्ष २०७२ र ७३ मा १ करोड ९८ लाख रुपैंया नाफा कमाएको साझाले २०७३ र ७४ देखि निरन्तर घाटा व्यहोर्दै गएको छ । साझाको कार्यसञ्चालनमा सुधार हुनुको सट्टा झन् फितलो हुँदै गएपछि चालु आर्थिक वर्ष समेत थप नोक्सान बेहोर्ने संभावना छ । साझाले आर्थिक वर्ष २०७३ र ७४ मा १ करोड ८२ लाख रुपैंया खुद घाटा बेहोरेको थियो । त्यस्तै, २०७४ र ७५ मा १ करोड ७८ लाख घाटामा गएको भएको वित्तीय विवरण उल्लेख छ । दैनिक रुपमा भरिभराउ यात्रु बोकेर काठमाडौंका प्रमुख रुटहरुमा गुड्ने साझा यातायातको प्रमुख कार्य मानिने यातायात सेवा नै घाटामा गएको देखिएको छ । बस सञ्चालनबाट मात्रै साझाले आर्थिक वर्ष २०७४ र ७५ मा २ करोड ९३ लाख रुपैंया घाटा व्यहोरेको छ । २०७३ र ७४ मा २ करोड ३४ लाख रुपैंया घाटा व्यहोरेको थियो । सर्भाइभलको ग्यारेन्टीबिनै प्रदेश सरकार र महानगरको अर्को लगानी त्यसो त घाटामा गएको साझामा लगानी थप्न सरकारी निकायहरुले गरेको हतारो समेत अचम्म लाग्दो छ । अघिल्लो दुई वर्षदेखि निरन्तर घाटामा रहेको संस्थामा लगानी थप्न काठमाडौं प्रदेश सरकार, महानगरपालिका र ललितपुर महानगरपालिका भोलिबाट लगानी गर्दे र थप्दै छन् । नयाँ बसको सञ्चालन र नाफा वा कम्तीमा घाटा पूर्तिको सुनिश्चितता नै नगरी काठमाडौं महानगरपालिकाले साझालाई थप २० ओटा बस खरीद गर्न साझाको शेयर किनिदिने गरी सहमति गरिसकेको छ ।
साझा यातायातमा कार्डबाटै भाडा, प्रयोगमा ल्याए पाँच सय जनाले
काठमाडौं । साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको छ । यात्रुलाई सुविधा पुर्याउने उद्देश्यले शुरु गरिएकामा यो सेवाप्रति यात्रु आकर्षित भइरहेको संस्थाले जनाएको छ । नियमित रुपमा साझा बस चढ्ने यात्रुलाई सुविधा पुर्याउन यो सेवा शुरु गरिएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उनका अनुसार संस्थाले अहिले सबै बसहरुमा ‘ई–टिकेटिङ’ सेवा लागू गरिसकेको छ । यात्रुले बसमा कार्यरत सहचालक वा साझा यातायातको पुल्चोकस्थित कार्यलयबाट कार्ड खरिद गर्दा त्यसमा यात्रुले पूरै रकम पाउने उनले बताए । उनले भने, “रु २०० को कार्ड किन्दा यात्रुले रु २०० नै पाउनुहुन्छ ।” कार्डको प्रयोग गर्दा यात्रुसँग सहचालकलाई दिने जति ठिक्क छ छैन वा बसले बढी भाडा लिन्छ भन्ने चिन्ता नहुने साझाले जनाएको छ । यात्रुहरु आकर्षित भइरहे पनि अरू बसले पनि यो सेवा शुरु गरेपछि नै यसको प्रयोग व्यापक बन्दै जाने पाण्डेयले बताएका छन् । नियमित रुपमा बसमा यात्रा गर्ने कर्मचारी, विद्यार्थीलगायतलाई यो सेवाले फाइदा पुर्याइरहेको उनले बताए । उनले भने, “यात्रुले यसबारेमा बुझ्दै जाँदा प्रयोग बढ्दै जाने विश्वास छ ।” नेपालमा सार्वजनिक यातायातमा नयाँनयाँ प्रविधि भित्र्याइरहेको साझा यातायातको अहिले काठमाडौँ उपत्यका र उपत्यकाबाहिर चल्ने गरेर ७१ बस सञ्चालनमा छन् । साझाका एउटा ‘लो फ्लोर’ बससमेत सञ्चालनमा छ । साझाले स्थानीय सरकारसँगको सहकार्य बढाउँदै जाँदा उपत्यकाका धेरै पालिकाले साझाको शेयर खरिद गरिरहेका छन् । रासस