मोटरहेड बाइकको आठौं शोरुम दाङको तुलसीपुरमा
काठमाडाैं । मोटरहेड मोटरसाइकलले आफ्नो आठौं शोरुम दाङको तुलसीपुरमा खोलेको छ । मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले तुलसीपुरमा डाइनामिक अटोमोवाइल्स मार्फत् आफ्ना मोटरसाइकलहरु बिक्री वितरण गर्ने भएको छ । मोटरहेडले २२३ सीसीको टेक्कन २५०, २२३ सीसीकै स्पोर्ट २५०, २२३ सीसीकै स्क्र्याम्ब्लर २५०, १९९ सीसीको एम एच २००, १४९ सीसीको एम एच १५० र त्यसैगरी २२३ सीसीको एक्सटर्क गरी ६ ओटा मोडलका बाइकहरु नेपाली बजारमा बिक्री गर्दै आइरहेको छ । यी बाइकहरुमध्ये एम एच १५० मा ५ गियर रहेको छ भने बाँकी सबैमा ६ गियर रहेको छ । अमेरिकन कम्पनी मोटरहेडले उत्पादन गरेको यी बाइकहरुलाई चाइनिज कम्पनी फ्यूगो पावर्सले एसेम्वल गरेको हो । मोटरहेडका सम्पूर्ण मोडलहरुमा एल्युमिनियम मिसाइएको मेटल बढी भएको हुनाले खिया लाग्ने समस्या हुँदैन । त्यसैगरी यी मोडलहरु अफरोड बाइक हुन् तरपनि यिनीहरुको टायर पिच सडकलाई पनि हुने गरी तयार पारिएको छ ।
न्युहोल्याण्ड कन्स्ट्रक्शनकाे एक्स्चेन्ज स्कीमः मेसिन किन्न ज्याेति विकास बैंकबाट ८०% सम्म ऋण पाइने
काठमाडौं । राशी अटोमोबाइल्स प्रा.लि.ले न्युहोल्याण्ड एक्स्चेन्ज स्कीम सार्वजनिक गरेको छ । यो स्किम अन्तर्गत एक्स्चेन्ज गरी नयाँ न्युहोल्याण्ड ब्याकुलोडलर लिने ग्राहकले नयाँ मेसिनमा २ वर्ष सम्मको वारेन्टी पाउने कम्पनीले जनाएकाे छ । साथै, नयाँ मेसिन खरिद गर्ने ग्राहकलाई ज्योति विकास बैंकबाट ८० प्रतिशत सम्मको ऋण लिन सक्ने गरि बैंकसँग सम्झौता भएको राशी अटोमोबाइल्सका महाप्रबन्धक रामबाबु तिवारीले जानकारी दिए । उक्त स्कीम अन्तर्गत पुराना ब्याकुलोडरहरु ग्राहकहरुले साट्न सक्ने छन् । स्कीमबारे जानकारी दिदै राशी अटोमोबाइल्सका प्रबन्ध निर्देशक कपिल शिवाकोटीले यो एक्स्चेन्ज स्कीम अन्तर्गत पुरानो ब्याकुलोडर सञ्चालन गरिरहेका ग्राहकहरुले आफ्नो पुरानो ब्याकुलोडर राशी अटोमोबाइल्सको सातदोबाटो स्थित शो-रुममा दिएर नयाँ न्युहोल्याण्डको ब्याकुलोडर लिएर जान सक्ने बताए । यसरी एक्स्चेन्ज गर्दा पुरानो ब्याकुलोडर चालु अवस्थाको हुनुपर्ने तथा ग्राहकले पुरानो ब्याकुलोडरको सरकारले तिर्नु बुझाउनु पर्ने सबै करहरु तिरेको हुनु पर्नेछ । पुराना ब्याकुलोडरहरुलाई “ जति मोडेल-त्यती दाम ” अनुसार भ्याल्युएसन गरिने पनि कम्पनीले जनाएको छ । अर्थात, सन् २०१२ मा बनेको मेसिनलाई १२ लाख, सन् २०१३ मा बनेको मेसिनलाई १३ लाख, चौध मोडेलको लाई चौधलाख, पन्ध्र मोडेकोलाई पन्ध्र लाख हुने गरि मुल्याङन गरिने बिएस मोर्टसका निर्देशक अंकित भुषालले जानकारी दिएका छन् । । पुरानो ब्याकुलोडर साटेर नयाँ न्युहोल्याण्ड ब्याकुलोडर मेसिन लिएर जाने ग्राहकहरुलाई ग्राहकहरुकै घर दैलो सम्म निःशुल्क डेलिभरीको ब्यवस्था गरिएको र पुरानो ब्याकुलोडर पनि कम्पनीले कुनै शुल्क नलिई मेसिन रहेको स्थानबाट उठाएर लिएर जाने ब्यवस्था गरिएको जानकारी राशी अटोमोबाइल्सका योगेश काफ्लेले दिएका छन् ।
सुन्दर यातायातले ६ महिनापछि विद्युतीय सवारीको एसेम्बल गर्ने, प्लान्ट निर्माण कार्य तीव्र
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको एसेम्बल प्लान्ट स्थापना गर्नका लागि आजबाट रुपन्देहीमा प्लान्ट स्थापना गर्ने काम शुरु गरेकाे छ । नेपालको सुन्दर अटो इन्जिनियरिङग् र चीनको सेचुवाँ गोहङ अटोमोबाइल्स् कम्पनीको सहकार्यमा नेपालमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने लागिएकाे हो । यसमा नेपालको २० प्रतिशत र चीनको ८० प्रतिशत लगानी रहने छ । विद्युतीय सवारी सञ्चालनमा चासो बढ्दै गएपछि चीनको सेचुवाँ गोहङ अटोमोबाइल्स् कम्पनीले प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको हो । मङ्सिर १० गते काठमाडौं आएको थियो । नेपाल र चीनका टोलीले अध्ययन गरी प्लान्ट स्थापनाका लागि अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्डलगायत निकायसँग छलफल गरी सहमति जुटाएर काम अगाडि बढाएको हो । नेपालका लागि आधिकारीक वितरक तथा सञ्चालक सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले प्लान्टका लागि ५ नम्वर प्रदेश सरकारको उपस्थितिमा प्लान्ट निर्माण उद्घाटन हुने बताए । उनले भने ६ महिना भित्र नेपालमा नै दुई पाङग्रे बाहेक अरु सबै किसिमको सवारीसाधनहरु नेपालमा नै एसेम्बल हुने बताए । बिजुलीको पहुँच पुगेको स्थान तराईमा प्लाट स्थापना गर्न लागिएकाे हाे । बुटवल औद्योगिक क्षेत्रमा नै प्लान्ट स्थानमा गरी विद्युतीय सवारीधानहरु एसेम्बल हुनेछ । बुटवल औद्योगिक क्षेत्रमा १६ बिगाहमा प्लान्ट स्थापना हुन लागेको हो । पछिल्लो समय विश्वभर नै विद्युतीय सवारीसाधनको प्रयोग र माग बढिरहेका बेला नेपालमा पहिलोपटक प्लान्ट स्थापनाको पहल भएको हो । उक्त कम्पनीले पार्टपुर्जा आयात गरी नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्नेछ । नेपालका विभिन्न सहरहरुमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको सुन्दर यातायात प्रालिले विद्युतीय बसहरू चीनको सेचुवाँ गोहङ अटोमोबाइल्स् कम्पनीबाट नेपाल भित्रने क्रममा रहेको छ ।