तीन लाख ८० हजार डाउनपेमेन्टमै सुजुकी कार, मासिक किस्ता १४ हजार मात्रै
काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले कार किन्ने ग्राहकको सपनालाई साकार बनाउने उद्देश्यले ‘नयाँ सुरुवात’ नामको फाइनान्स स्किम ल्याएको छ । यो स्किम अन्तर्गत ग्राहकले न्युनतम तीन लाख ७९ हजार नौ सय रुपैयाँ डाउनमेपेन्ट देखि सुजुकीका पेसेन्जर कार र दुई लाख ९९ हजार ७५० रुपैयाँ डाउनपेमेन्ट देखि सुजुकीका कमर्शियल गाडी खरिद गर्न सक्नेछन् । यो योजनामा डाउनपेमेन्टमा सुजुकीका पेसेन्जर कार खरिद गर्दा मात्र १३ हजार नौ सय १३ रुपैयाँ देखि र कमर्शियल मोडेल खरिद गर्दा मात्र ९ हजार सात सय ३४ रुपैयाँ देखि मासिक किस्ता तिर्नुपर्ने हुन्छ। फरक सुजुकीका मोडेलमा फरक डाउनपेमेन्ट र मासिक किस्ता लागू हुनेछ । यसमा फाइनान्स स्किमका अलावा सुजुकीले अधिकतम दुई लाख २५ हजार रुपैयाँसम्म आकर्षक नगद छुट, अधिकतम दुई लाख रुपैयाँ एक्सचेन्ज भ्यालुएसन र एक वर्षको इन्स्योरेन्सको व्यवस्था समेत गरेको छ । फरक सुजुकीका मोडेलमा फरक नगद छुट, एक्सचेन्ज भ्यालुएसन र इन्स्योरेन्सका लागू हुने कम्पनिले जनाएकाे छ । यो स्किम नेपालभर फैलिएका सुजुकीका सबै ३५ वटा सेल्स आउटलेटमा उपलब्ध रहेनेछ ।
लक्ष्मी हुण्डाईद्वारा विशेष प्याकेजको सुरुवात
काठमाडाैं । नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.(लक्ष्मीहुण्डाई) ले हाल कोभिड-१९ को बदलिँदाे परिस्थितीलाई सहज बनाउन र आफ्ना ग्राहकहरुको यात्रामा निरन्तर साथ दिनको लागि सानो प्रयास स्वरुप एक विशेष प्याकेज ल्याएको छ । जस अन्तर्गत ग्राहकहरुले विभिन्न किसिमका छुुट र अन्य फाईदाहरु प्राप्त गर्न सक्नेछन् । हाल कोभिड-१९ ले ल्याएको चुनौतीहरुसँग सामना गरी अघी बद्न हिम्मत र हौसला प्रदान गर्नको लागि लक्ष्मी हुण्डाईले एक सानो प्रयास स्वरुप विशेष प्याकेजको सुरुवात गरेको छ । ग्राहकहरुका लागि यस विशेष प्याकेज अन्तर्गत हुण्डाई गाडीको खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्तामा लक्ष्मी हुण्डाईले ५०५को साथ दिनेछ । यस्का साथै ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको नि: शुल्क बीमा, नि: शुल्क सडक कर (आ.व.७७/७८) का साथै स्पट एक्स्चेन्ज र सरल फाइनान्सको पनि फाईदा लिन सक्नेछन् । यस बिसम् परिस्थितीमा कोरोना भाइरस बिरुद्ध तत्पररही लडी रहेका स्वास्थ्यकर्मीहरुका लागि पनि लक्ष्मी हुण्डाईले विशेष प्याकेज उपलब्ध गराएका छन् । यससँगै ४ वर्ष को नि: शुल्क सर्भिस र तीनवर्षको वारेन्टी पनि उपलब्ध रहेको छ । लक्ष्मी हुण्डाईले यस बिसम् परिस्थितीमा आफ्नो ग्राहकहरुको मनोबल बढाउनुको साथै, आफ्नो कम्पनीको ‘मानवताको प्रगति’ को प्रतिज्ञातर्फ दृढ प्रतिबद्धता देखाएको छ । यस कम्पनी उत्कृष्ट सेवा र अनुभव प्रदान गर्नुका लागि सधै प्रतिबद्ध रहेको छ ।
अब १० हजारमै फक्सवागनको गाडी चढ्न पाइने, यस्ता छन् अन्य सुविधा
काठमाडौं । पूजा इन्टरनेशनल नेपाल प्रा.लिले फक्सवागन गाडी खरीद गर्ने इच्छुक ग्राहकहरुलाई आउदो १ बर्षसम्मको लागि कम किस्ता तिरे पुग्ने अफर ल्याएको छ । यस अफर अन्तर्गत आउँदो १ वर्षसम्म मासिक १० हजार रुपैयाँ किस्ता तिरे मात्र पुग्नेछ । त्यसपछि ग्राहकहरुले नियमित किस्ता तिर्नुपर्ने हुन्छ । कोरोना कोभिड-१९ द्वारा सिर्जित वातावरणमा धरै व्यक्तिहरुको सुरक्षित सार्वजनिक सवारीसाधनहरुको अभावमा मोटरसाइकल वा गाडी किनुपर्ने वाध्यता भएको परिप्रेक्ष्यमा सर्वसाधारणसम्म फक्सवागन पोलो गाडीको पहुच होस् भन्ने अभिप्रायले यो योजना लागु गरिएको हो । पूजा इन्टरनेशनल नेपाल प्रा.लि. को बजार प्रबन्धक बिराज श्रेष्ठका अनुसार कोरोना कोभिड १९ को संक्रमण १ वर्ष भित्र अन्त्य भई ग्राहकहरुको क्रयशक्ति पुरानो स्वरुपमा आउने छ भन्ने आशाका साथ यो योजना लागु गरिएको छ । साथै यस योजना अन्तर्गत अफर गरिएको प्रिमियम हयाचब्याग गाडी पोलोमा सुरक्षाका विभिन्न व्यवस्था जस्तै एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), एयर ब्याग, गाल्भनाइज्ड बडि, पावर विन्डो, रियर भ्यू क्यामेरा, पोलन फिल्टर सहितको एयर कन्डिसन, पावर स्टरिङ आदि समावेश गरिएको छ । लगातार ३ वर्षसम्म विश्वमा सर्वाधिक गाडीहरु बिक्रि गर्न सफल फक्सवागनको विश्व स्तरीय गाडी उत्पादन गर्ने कम्पनी हो । खरिद गर्नु अगाडी, टेस्ट डाईभ गर्दा संरक्षित वातावरणमा गरिने कुरामा पूजा इन्टरनेशनल नेपाल प्रा.लि. बताएको छ । यस योजना अन्तर्गत अन्य सुबिधाहरु फ्रि एक्ससोरिज, सुलभ फाईनान्सिङ सुबिधा, प्रथम वर्षको सडक शुल्क, २ वर्षसम्मको कि मि बन्देज नभएको वारेन्टी, ४ वर्षसम्मको निशुल्क सर्भिस र डेलिभरीको लागि कुर्नु नपर्ने कम्पनीले जनाएकाे छ ।