नाडा अटो शोमा टाटाका गाडी किन्दा यस्ता छन् अफर

काठमाडौँ । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४औं संस्करणको नाडा अटो शो २०१९ मा टाटा मोटर्सका गाडीहरू खरिद गर्ने ग्राहकहरूका लागि विशेष र अविश्वसनीय अफरहरू ल्याएको छ । सिप्रदीका अनुसार नाडा अटो शोमाटाटा एच फाइभ, टाटा एनआरजी, टाटाटिगोर, टाटाटियागो र टाटा नेक्सन बिक्रीमा राखिदैँ छन् । नाडा अटो शोमार्फत् टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछ । सिप्रदीले ल्याएको योजनाअनुरूप नाडा अटो शोमा राखिएका टाटाका जुनसुकै गाडी किन्ने ग्राहकहरूले प्रत्येक गाडीको खरिदमा विदेश भ्रमण, नगद छुट र स्योर सट पुरस्कार जित्नेछन्तथा लक्की ड्रमा समेत सहभागी हुन पाउनेछन् । नाडा अटो शोमा टाटाका जुनसुकै गाडीहरु बुकिङ गर्ने प्रत्येक ग्राहकले विदेश भ्रमणमा एक जोडीका लागि दुबई भ्रमणका साथमा बुर्ज अल अरबमा डिनर तथा वाटर प्लेन फ्लाईटको मजा लिन पाउनेछन् अथवा एक वर्ष बराबरको सडक कर छुटका साथमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् । त्यस्तै स्योर सट पुरस्कारअन्तर्गत टाटाका गाडीहरू बुकिङ गर्ने प्रत्येक ग्राहकहरूले बुकिङ गरेपछि तथा नाडा अटो शोमा गाडीहरू डेलिभरी गर्ने बेलामा आईफोन एक्सआर फोन प्राप्त गर्न सक्नेछन् । त्यस्तै नाडा अटो शोमा टाटका गाडीहरू बुकिङ गर्ने ग्राहकहरूमध्ये लक्की ड्र मार्फत् एकजनाले ५५ ईन्चको स्काइ वर्थ स्मार्ट टेलिभिजन जित्नेछन् ।

बाल्ट्राको डिलर मिट टूगेदर अहेड सम्पन्न

काठमाडौँ । बाल्ट्रा होम एप्लाइन्सेस्ले काठमाडौंको याक एण्ड यति होटलमा आफ्नो डिलर मिट सम्पन्न गरेको छ । डिलर मिटमा २५० भन्दा बढी काठमाडौंका डिलर तथा डिस्ट्रिब्यूटरहरुको उपस्थिति रहेको थियो । बाल्ट्राले आफ्नो डिलरहरुको निरन्तर साथ रसमर्थनको प्रशंसामा उक्त टूगेदर अहेड नामक इभेन्ट आयोजना गरेको थियो । उक्त इभेन्टको अवसर पारेर बाल्ट्राले आफ्नो बिग एप्लाईन्सेस्का नयाँ रेञ्जहरु लन्च गरेको थियो ।

‘रेनो शुभ दिन छ’ अफर घोषणा

काठमाडौँ । रेनोको लागि नेपालको आधिकारिक वितरक एड्भान्स अटो मोवाइल प्रालिले दशैँ तिहार चार्डपर्व अफर घोषणा गरेको छ । कम्पनीले ‘रेनो शुभ दिन छ’ स्किम संचालनमा ल्याएको हो । यो स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्ने छन् । यो स्किम दशैँ तथा तिहारलाई मुख्य लक्ष्य बनाएर ‘अब रेनो सँग हरेक दिन शुभ दिन’ भन्ने नारा सहित सार्वजनिक गरिएको हो । ‘रेनो शुभ दिन छ’ लाई शुभ र दिनबाट लिइएको हो, जसले रेनो गाडी भएमा हरेक दिन शुभ हुन्छ भन्ने बुिझन्छ । हरेक रेनो गाडीको खरिदमा ग्राहकहरुले ५ लाखसम्मको नगद छुटका साथ विभिन्न फाइदाहरु पउन सक्नेछन् । यस योजनामा रेनोका ग्राहकले नगद छुट, फ्रि इन्सयोरेन्स, फ्रि एशेसरिज, लोयल्टी बोनस, एक्सचेन्ज बोनस र ५ वर्षको वारेन्टी रहेको छ । यस्ता मुख्य सुविधाहरु कम्पनीले आफ्ना ग्राहकको खुसीको लागि ल्याउने गरेको छ । यो स्किम रेनोको रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विडमा लागु हुने छ ।