यामाहाको बेस्ट सेलिङ्ग स्कुटर रे जेड; फ्यासिनो र रे जेड आर पछिपछि

जापनिज टू-व्हिलर्स उत्पादक कम्पनी यामाहा आफ्नो पावरफुल मोटरसाइकलहरुका लागि चर्चित रहेको छ । नेपाली बजारमा लगभग १० अलग मोडेलका मोटरसाइकलहरु बिक्रीवितरण हुँदै आएको यामाहाका स्कुटर तर्फ भने ३ ओटा मोडेलहरु बिक्री भइरहेका छन् । यामाहाले फरक टेस्ट भएकाहरुलाई लक्षित गर्दै फरक किसिमका स्कुटरहरु नेपालमा उपलब्ध गराएको छ । यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रा.लि.का अनुसार यामाहाले स्कुटर सेग्मेन्टतर्फ २५ प्रतिशतको हाराहारीमा स्थान ओगटेको छ । एमएडब्लूले नेपालमा फ्यासिनो, रे जेड तथा रे जेडआर गरी सो ब्राण्डका ३ मोडेलहरु बिक्री गर्दै आइरहेको छ । रे जेड रे जेड यामाहाको बेस्ट सेलिङ्ग स्कुटर हो । पुरुष वर्गलाई लक्षित गरेर निर्माण गरिएको यो स्कुटर हेर्दा स्पोर्टी देखिन्छ । त्यसैगरी, यसको लामो र चौडा सिटले राइडरका साथै पछाडितर्फ बस्नेलाई पनि आरामदायक यात्रा प्रदान गर्न मद्दत पुर्याउँछ । यस स्कुटरमा ११३ सीसीको इञ्जिन समावेश गरिएको छ जसले ७ बीएचपीको पावर र ८.१ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी, यस स्कुटरको दुवै चक्कामा ड्रम ब्रेक जडान गरिएको छ भने यस स्कुटरमा ५ लिटर पेट्रोल अटाउने क्षमता रहेको छ । फ्यासिनो रेट्रो डिजाइन प्रदान गरिएको यस स्कुटरको विभिन्न पार्ट्सहरुमा क्रोमको फिनिसिङ्ग दिइएको छ । यामाहाले प्रिमियम स्कुटरको रुपमा निर्माण गरेको फ्यासिनोलाई नेपाली बजारमा विशेषगरी महिलाहरुले बढि रुचाएको पाइएको छ । यस स्कुटरको इञ्जिन क्षमता ११३ सीसीको रहेको छ भने यसले ७ बीएचपीको पावर र ८.१ एनएमको टर्क उत्पादन गर्दछ । दुवै चक्कामा ड्रम ब्रेक जडान गरिएको यस स्कुटरमा ५.२ लिटर पेट्रोल अटाउने क्षमता रहेको छ । रे जेड आर रे जेड भन्दा अझ स्पोर्टी लुक्स प्रदान गरेर यामाहाले रे जेड आरलाई बजारमा ल्याएको हो । यसका ‘डिस्क’, ‘ड्रम’ र ‘स्ट्रीट र्याली यूबीएस’ गरी तिन भेरियन्टहरु उपलब्ध रहेका छन् । रे जेड आर डिस्कमा अगाडिको चक्कामा डिस्क ब्रेक समावेश छ भने रे जेड आर ड्रममा चाहिँ दुईओटै चक्काहरुमा ड्रम ब्रेक समावेश छन् । त्यसैगरी, रे जेड आर स्ट्रीट र्याली यूबीएसमा चाहिँ डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ट्युवलेस टायर, अगाडिको चक्कामा डिस्क ब्रेक, नकल गार्ड, ठूलो बुट स्पेस र यूबीएस जस्ता विशेषताहरु समावेश रहेका छन् । यूबीएस अर्थात् युनिफाइड ब्रेकिङ्ग सिस्टम त्यस्तो ब्रेकिङ्ग प्रविधि हो जसले पछाडिको ब्रेक लगाउँदा अटोमेटिक अगाडिको ब्रेक पनि लाग्न जान्छ । यसले दुवै ब्रेकमा चाहिएको प्रेशर प्रदान गरेर स्कुटरलाई चाहेकै ठाउँमा सुरक्षित साथ रोक्नमा मद्दत गर्दछ । इञ्जिन तर्फ भने यी सवै भेरियन्टहरुमा ११३ सीसीको इञ्जिन समावेश गरिएको छ जसले ७ बीएचपीको पावर र ८.१ एनएमको टर्क उत्पादन गर्दछ । यस्तो छ मूल्य

‘टिभीएस एनटर्क १२५ रेस एडिसन’ सार्वजनिक, पोखराका १० जनाले पाए नयाँ स्कुटर

पोखरा । दुई पाङग्रे र तीन पाङग्रे गाडीहरुका लागि टिभीएस मोटर कम्पनीले ‘टिभीएस एनटर्क १२५ रेस एडिसन’ पोखरामा सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रम आयोजन गरी उक्त स्कुटर सार्वजनिक गरेको हो । कार्यक्रममा स्वस्तिमा खड्का, टिभीएस एनटर्क १२५ की ब्राण्ड एम्बेसेडर र जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले पोखराका पहिलो १० जना ग्राहकहरुलाई टिभीएस एनटर्क १२५ रेस एडिसन हस्तान्तरण गरेका छन् । यो रेस एडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिन्छ । स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै “रेस इडिसन” ले टिभीएसको रेसिङ पेडिग्रीलाई झल्काउछ । यो स्कुटर शानदार तीन संयोजन-म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको छ । टिभीएस मोटर कम्पनीका, इन्टरनेशनल बिजनेश, एक्जुकेटिभ भाइस-प्रेसिडेन्ट आर दीलिपले भने, “टिभीएस एनटर्क १२५ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको जेन जेड ग्राहकहरुमाँझ निकै लोकप्रिय बन्न पुगेको छ । यसको आकर्षक एपिरियन्स र टिभीएस स्मार्ट एक्सकनेक्ट विशेषता बाहेक, यसको प्रदर्शन टिभीएस एनटर्क १२५ को हलमार्क बनेको छ । यो स्कुटर टिभीएस रेसिंगको ३७ वर्षको समृद्ध पेडीग्रीबाट निर्माण गरिएको हो र यसलाई मनाउनका लागि रेस एडिसन सार्वजनिक गरिएको हो । विश्वभर आज हामीसँग एनटर्कमा करिब ४ लाख भन्दा बढि गौरवान्वित युवा उपभोक्ताहरु छन् र यो सार्वजनिकसँगै अझ बढि ग्राहकहरु विकास गर्ने कुरामा हामी विश्वस्त छौं ।” जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, “टिभीएस एनटर्क १२५ को सार्वजनिकले नेपालको स्कुटर बजारमा ठुलो परिवर्तन ल्याएको छ । यो स्कुटर तल्कालै सबैमाँझ लोकप्रिय बन्न पुग्यो र हामी निश्चित छौं कि रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्नेछ ।” टिभीएस एनटर्क १२५, नेपालको स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो जुन प्रदर्शन, स्टाइल र प्रविधिका लागि परिचित छ । यो स्कुटर एक्सक्लुसिभ एप्लिकेसनसँग पेयर्ड गरिएको छ । टिभीएस कनेक्ट र रेस एडिसन प्रयोगकर्ताले स्पेशल रेस इन्सपायर्ड युजर इन्टरफेस एक्सेस गर्न सक्छन् । यो स्कुटर स्टेट-अफ-आर्ट सीभीटीआई-आरईभीभी १२४.७९ सीसी, सिंगल सिलिन्डर, ४-स्ट्रोक, ३ भल्भ, एयर कूल्ड इन्जिन रहेको छ जसले ९.४ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।

टाटा मोटर्सले ल्यायो नयाँ कार योजना, गाडी एक्स्चेञ्जमा एक लाख बोनस पाइने

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले नयाँ वर्ष २०२० को अवसरमा ‘नयाँ वर्ष नयाँ कार’ योजना ल्याएको छ । यो योजना जनवरी २०२० सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ । उक्त योजनामा सहभागी हुन ग्राहकले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलाई स्योर सर्ट सिंगापुर क्रुज डिनर लगायतका विशेष आर्कषणहरु रहेका छन् । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, “टाटा मोटर्सको प्यासेन्जर कारहरूका लागि अल न्यू ज्यानुअरी थिम प्रस्तुत गर्न पाउँदा एकदमै खुसी छौँ । यो थिमले एउटा ग्राहकले नयाँ वर्षको सुरुवातमा के चाहान्छन् भन्नेलाई सम्बोधन गर्दछ । एउटा राम्रो कारले तपाईँलाई आफ्नो परिवारसँग मिलन गराउँछ । आरामदायी यात्रा, सुरक्षा तथा थप विशेषता भनेकै टाटाले ब्रान्डका रूपमा आफ्ना ग्राहकहरूलाई प्रदान गर्ने कुराहरू हुन् ।” टाटा मोटर्सका कन्ट्री म्यानेजर अजित नारायण सिंहले भने, “न्यू इयर कार थिम ज्यानुअरी महिनाभरि नै लागू हुनेछ । यो थिम अन्तर्गत धेरै इभेन्टहरू छन् । त्यसैले यो महिनाभरिका लागि कुनै पनि टाटा प्यासेन्जर कारहरूको खरिदमा एकजोडीलाई सिंगापुर क्रुज प्याकेज पनि पुरस्कार दिइने घोषणा गर्दछौँ । एक्सचेन्ज सहज बनाउनका लागि हामीले रुपैयाँ एक लाखसम्मको एक्सचेन्ज बोनस दिदँछौँ । त्यसैले नयाँ वर्ष २०२० लाई घरमा टाटा मोटर्सका कारहरू भित्र्याई खुसी साथ स्वागत गरौँ ।”