सार्वजनिक यातायातको भाडा बढ्यो, अब प्रति ४ किमि १६ रुपैयाँ

काठमाडौं । असार १ गतेदेखि सार्वजनिक यातायातको भाडा बढ्ने भएको छ । १२ प्रतिशतसम्म भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । सूचना अधिकारी खनालका अनुसार प्राविधिक समितिको सिफारिसमा यात्रु बोक्ने र मालसामान बोक्ने दुबै यातायातका साधनको भाडा बृद्धि गर्ने निर्णय भएको हो । विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गर्ने निर्णय भएको हो । महानिर्देशक दाहालका अनुसार अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ, यसअघि १४ रुपैयाँ तिर्नु पथ्र्यो ।

व्यवसायीबीच भयो सहमति, केरूङ जान थाले सवारी

काठमाडौँ । पालोको आधारमा केरूङ जान पाउनुपर्ने माग राख्दै रसुवागढी नाकामा गरिएको चक्काजाम बुधबारदेखि खुला भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार राजनीतिक दल, चक्काजाम गर्ने व्यवसायी र सुरक्षा निकायसमेतको छलफल र सहमतिबाट चक्काजाम खुला भएको हो । सबैको अधिकार सुनिश्चित गर्न जुन–जुन सवारीसाधन लाइनमा बस्छ त्यसैलाई पालोको हिसाबले मालसामान लिन जान पाउनुपर्ने माग पूरा भएको बताइएको छ । केरूङ जाने क्रममा चक्काजाम गरी टिमुरे क्षेत्रमा रोकिरहेका १०० सवारीसाधन क्रमशः प्रस्थान भइरहेको सीमा प्रहरी चौकी टिमुरेले बताएको छ । केरूङबाट सामान बोकी आएका स्याउका ६७ ट्रक कन्टेनर भने नेपाल प्रवेश गरिसकेको प्रजिअ भण्डारीले बताए । केही असहमत पक्षसँग भने संवाद चलिरहने बताइएको छ । रासस

टीभीएस स्ट्र्याकर मेलामा सुपर स्टार निखिल उप्रेतीसंग भेट्ने मौका 

काठमाडौँ । नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस स्ट्र्याकर मेलामा आउनुहोस् सुपर स्टार निखिल उप्रेतीसंग भेट्ने मौका पाउनुहोस्’ योजना अघि सारेको छ । जगदम्बा मोटर्स प्रालिले आफ्नो आधिकारिक बिक्रेताको रुपमा रहेको बिरगञ्जको म्याक्स अटो, जितपुरको सगरमाथा ट्रेडर्स, कलैयाको करण इन्टरप्राइजेज, निजगढको मा अजिमा ट्रेडर्स, चन्द्रपुरको गणपति अटो एण्ड सेन्टरबाट टिभीएस स्ट्याकर १२५ सीसीको ग्राहकलाई लक्षित गरी मेला आयोजना गरेको जनाएको छ । टिभीएस स्ट्याकर १२५ मेला शोरुम नजिकैको स्थानहरुमामा जेठ ३१ गतेबाट असार ३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा टिभीएस टिभीएस स्ट्याकर १२५ को खरिद क्यास , फाइनान्स र एक्सचेन्जको माध्यम बाट गर्न सक्ने कम्पनीले जनाएको छ । मेला अबधि भर टिभीएस स्ट्याकर १२५ खरिद गर्ने ग्राहकलाई कम्पनिले २ आर्थिक बर्षसम्म २०७५ र ७६ को कर फ्री साथै रेनकोट पनि कम्पनीले उपलब्ध गराउने भएको छ । मेलामा टिभीएस स्ट्याकर १२५ खरिद गर्ने ग्राहकहरुले असार ३ गते बिरगञ्ज, जितपुर र कलैयामा र असार ४ गते निजगढ र चन्द्रपुरमा ग्राहकहरुलाई नेपाली नायक सुपरस्टार निखिल उप्रेतीसंग भेटघाट तथा दुःखशुख हासो खुशी बाँड्ने छन् । मेला अवधिमा ४०० वोटा टिभीएस स्ट्याकर १२५ बेच्ने लक्ष राखेको जगदम्बा मोटर्सका मार्केटिंग म्यानेजर नबराज कोइरालाले बताए । विश्व विख्यात टिभीएस कम्पनीका मोटरसाईकलहरु तथा स्कूटरहरु नेपालमा पनि रुचाइएका छन् । विभिन्न आकर्षक मोडलहरु तथा पावर इन्जिनहरुमा उपलब्ध यी मोटरसाईकल तथा स्कूटरहरु टिभिएसले आफनो नेपाल भरिको ९० भन्दा बढी ठाउबाट थ्री एस सर्भिस सहित बिक्री वितरण गर्दै आइरहेको छ । बिभिन्न सीसीका उत्पादनहरुमा ५ वर्षको वारेन्टीको सेवापनि दिदै आएको छ ।