नाडा अटो शो सुरु, नयाँ सवारी साधन सार्वजनिक गर्ने प्रतिष्पर्धा

काठमाडौं, १४ भदौं । राजधानीको भृकुटीमण्डपमा अटो मोबाइलको कुम्भ मेला सुरु भएको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले उद्घाटन गरेको अटो शोमा दर्जनौ कम्पनीले नयाँ सवारी साधन सार्वजनिक गरेका छन् । १९ गतेसम्म सञ्चालन हुने मेलामा ७४ वटा कम्पनीका १२५ वटा स्टलहरू रहेका छन् । शोमा १६ वटा ब्राण्डका चार पाङग्रे, १५ वटा ब्राण्डका दुई पाङग्रे तथा ५ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरू रहने छन् । चार पाङग्रेमा डाट्सुन, फियट, फोर्ड, होण्डा, हुण्डाई, किया, महिन्द्रा, एमजी, निशान, रेनाउल्ट, स्कोडा, सुजुकी, टाटा, टोयोटा, भल्कसवागेन र साङयोङ रहेका छन् । यीमध्ये अधिकांश कम्पनीले नयाँ सवारी साधन सार्वजनिक गरेका छन् । दुई पाङग्रेमा बजाज, बेला, बेनेली, हिरो, होण्डा, केटिएम, महिन्द्रा, रोयल इनफिल्ड, रनर, स्कोमाडी, सुजुकी, टिभिएस, युएम ग्लोबल, भेस्पा र यामाहा कम्पनी सहभागी छन् । हेवी कमर्शियलमा अशोक लिलेण्ड, आइसर, इस्कोर्ट, महिन्द्रा र टाटा रहेका छन् । अटो शोमा बिभिन्न वित्तिय संस्था, नया प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको पनि सहभागिता रहने छ । मेलामा नयाँ सवारीका साथै लुब्रिकेनट, स्पेयर्स तथा वर्कशप, बैंकलगायत सहायक सेवा तथा बस्तुहरुको पनि प्रदर्शनी रहेको छ । ६ दिन सम्म चल्ने नाडा अटो शोमा ५० हजार आगन्तुकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने २ अर्बको कारोबार हुने अनुमान गरिएको छ । नाडा अटो शोमा नयाँ सवारी साधन ल्याउने प्रतिष्पर्धा, धमाधम नयाँ गाडी सार्वजनिक हुँदै 

अटो लोनमा बैंकहरुबीच प्रतिष्पर्धा, न्यूनतम व्याजदर ४.५ प्रतिशतसम्म

  काठमाडौं, १४ भदौ । अटो लोनमा बैंकहरुबीच तीब्र प्रतिष्पर्धा देखिएको छ । राजधानीमा मंगलबारदेखि सुरु भएको ११ औं नाडा अटो शोमा बैंकहरुले अटो लोनमा तीब्र प्रतिष्पर्धा गरेका हुन् । ग्लोबल आइएमई, एनएमबी, हिमालयन, जनता, सिभिल, माछापुछ्रे, मेगा र सानिमा लगायतका बैंकले न्युनतम ब्याजदरमा अटो लोन प्रवाह गर्न प्रतिष्पर्धा सुरु गरेका हुन् । बैंकहरुले न्युनतम सेवा शुल्क सहित अधिकतम कर्जा अवधीमा अटो लोन उपलब्ध गराएउन लागेका हुन् । हिमालयन बैंक हिमालयन बैंकले एनबीएल हायर पर्चेज लोनका नाममा शुन्य दशमलब २५ प्रतिशत सेवा शुल्कमा ८० प्रतिशतसम्म अटो लोन प्रवाह गरिरहेको छ । अटो शोका दौरान नाम गराएर ३० दिनपछिसम्म यो अफर अनुसार सवारी साधन खरिद गर्न सकिन्छ । कम्पनीले जुनसुकै कम्पनीका कारको खरिदमा यस्तो सुबिधा उपलब्ध गराउँछ । एनआइसी एसिया बैंक एनआइसी एसिया बैंकले अटो लोन नाममा ६ दशमलब २५ प्रतिशत ब्याजदरमा ८० प्रतिशतसम्म ऋण सात वर्षका लागि उपलब्ध गराउँछ । यसको सेवा शुल्क शुन्य दशमलब ७५ प्रतिशत कायम गरिएको छ । बैंकले अन द स्पट फाइनान्सको सुबिधा समेत उपलब्ध गराएको छ । ग्लोबल आइएमई बैंकले ६ दशमलब ९९ प्रतिशतमा ब्याजदरमा स्पेशल अटो लोन उपलब्ध गराएको छ । यसको सेवा शुल्क शुन्य दशमलब ७५ प्रतिशत तोकिएको छ भने कर्जा अवधी ७ बर्ष रहेको छ । बैंकले ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँछ । एनएमबी बैंक यो बैंकले पाँच बर्षे कर्जा अवधीका लागि एक प्रतिशत सेवा शुल्क लिएर ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिरहेको छ । एनएमबीको ब्याज दर ६ दशमलब ४९ प्रतिशत रहेको छ । यो बैंकले पनि स्पट फाइनान्सको सुबिधा दिएको छ । मेगा बैंक मेगा अटो लोनका नाममा बैंकले ७ प्रतिशतको ब्याजदरमा शुन्य दशमलब ७५ प्रतिशत सेवा शुल्क तोकेर ८० प्रतिशतसम्म अटो लोन दिईरहेको छ । यसले पनि ७ वर्षको कर्जा अबधि तोकेको छ । मेगाले दुई दिनमै कर्जा प्रवह गर्ने समेत बताएको छ । माछापुछ्रे बैंक एमबीएल इजी कार लोन अफरसहित माछापुछ्रे बैंकले शुन्य दशमलब ६५ प्रतिशतको सेवा शुल्कमा ८२ प्रतिशत अटोलोन प्रवाह गर्छ । यसको ब्याजद ६ दशमलब ७५ प्रतिशत मात्रै रहेको छ । बैंकले तीन दिनमा कर्जा प्रवाह गर्ने बताउँदै कर्जा अबधि ७ वर्ष नै तोकेको छ । सानिमा बैंक सानिमाले ६ दशमलब ९९ प्रतिशतको ब्याजदरमा एक प्रतिशत सेवा शुल्क लिएर ८० प्रतिशतसम्म अटो लोन प्रवाह गरिरहेको छ । बैंकले ७ बर्षे कर्जा अवधी तोकेको छ । लक्ष्मी बैंक लक्ष्मी बैंकले पनि शुन्य दशमलब ५ प्रतिशत सेवा शुल्कमा ६ दशमलब ९९ प्रतिशतको ब्याजदरमा सात वर्षका लागि अटो लोन दिईरहेको छ । लक्ष्मी बैंकले पाँच बर्षे कर्जा अबधिका लागि ९० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँछ । सिभिल बैंक सिभिल बैंकले फियट र स्कोडाका कारहरुको खरिदमा ४ दशमलब ५ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउँदैछ । यसको सेवा शुल्क पनि शुन्य दशमलब ५ प्रतिशत मात्रै तोकेको छ । यसको कर्जा अबधि पनि ७ वर्ष नै रहेको छ । सिभिलले अन्य कम्पनीका सवारी साधनमा भने ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

नेपाली अटोबजारमा नयाँ ब्राण्डको प्रवेश, रेनो क्विड र डस्टर सार्वजनिक, मूल्य १६ लाख र ३५ लाख

काठमाडौं, १३ भदौं । फ्रान्सेली बहुदेशीय अटोमोबाइल कम्पनी रेनोका कारहरु नेपाली बजारमा प्रवेश गरेको छ । व्यावसायिक समूह विशाल ग्रुप अन्तरगतको एडभान्स अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालमा रेनोको क्विड र डस्टर सेगमेन्टको कारहरु भित्र्याएको छ । रेनो समूहका भारतीय उपमहादेशीय संचालनका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक सुमित सहानी र विशाल ग्रुपका निर्देशक निकञ्ज अग्रवालले नयाँ गाडी सार्वजनिक गरे । रेनो समूहका भारतीय उपमहादेशीय संचालनका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक सुमित सहानी र एडभान्स अटोमोबाइल्स प्रबन्ध निर्देशक निकञ्ज अग्रवालले नयाँ गाडी सार्वजनिक गरे । उक्त कार्यक्रममा बोल्दै सुमित सहानीले भने,ूरेनो द्रूत गतिमा अगाडि बढिरहेको विश्वव्यापी अटोमोटिभ ब्राण्ड हो । हामीले रेनो ब्राण्डलाई सार्क क्षेत्रका महत्वपूर्ण देशहरुमा लैजाने प्रयास गरिरहेका छौं । त्यसैक्रममा हामी नेपालमा पहिलो बितरकको रुपमा एडभान्स अटोमोबाइल्स प्रालिको समूद्घाटन गर्न यहाँ उपस्थित भएका छौं ।’ एडभान्स अटोमोबाइल्स काठमाडौं थापाथलीमा सविधा सम्पन्न शो रुमबाट बिक्री शुरु गरेको जनाएको छ । यस कम्पनीले कालोपुल र परोपकारमा अर्कशप सञ्चालनमा ल्याएको जानकारी दिएको छ । एडभान्स अटोमोबाइल्स प्रबन्ध निर्देशक निकुन्ज अग्रवालले रेनो क्विडको मूल्य १६ लाख र डस्टर ३५ लाख रुपैयाँ पर्ने बताए । उनले रेनो क्विड र डस्टर साँचिक्कै अन्तर्राष्ट्रिय कार भएको बताए । यी गाडी नाडा अटो शो २०७३ मा प्रदर्शनीमा राखिने भएको छ । रेनो समूहले सन् १८९८ देखि कारहरु उत्पादन गर्दै आएको छ । सन् २०१५ मा २८ लाख गाडिहरु १२५ देशहरुमा बिक्री गरेको छ । यसका ३६ वटा उत्पादन क्षेत्रहरु रहेका छन । विशाल समूह नेपालमा ठूलो व्यवसायिक समूहमध्ये एक हो । यसले समूहले बैंकिंग, बीमा, जलविद्युत, सिमेन्ट, फलाम र इस्पात, ब्रुअरी, होटल्स तथा रिजोर्टस् र बितरणको क्षेत्रमा संलग्न छ