नुवाकोटको बट्टारमा अग्नि ग्रुपको नयाँ आधिकारिक सर्भिस सेन्टर

काठमाडौं । अग्नि ग्रुपले नुवाकोटको बट्टारमा महिन्द्राका युटिलिटि भेइकल्सका लागि आफ्नो आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले आधारिकारिक सर्भिस सेन्टरका रुपमा उत्सुक अटोमोबाइल्स् प्रा.लि.लाई नियुक्त गरेको हो । उक्त सर्भिस सेन्टरको उद्घाटन विदुर नगरपालिकाका मेयर सन्जु पण्डित तथा उद्योग बाणिज्य संघ नुवाकोटका अध्यक्ष तारा बहादुर कार्कीले गरेका थिए । नयाँ स्थापना गरिएको सर्भिस सेन्टरबाट महिन्द्रा युटिलिटि भेइकल्सहरुको सर्भिसिङ्ग तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुने छन् ।अग्नि ग्रुपको मुख्य उद्देश्य भनेकै ग्राहकहरुलाई सहज एवं गुणस्तरीय सेवा प्रदान गर्नु रहेको छ साथै उक्त सर्भिस सेन्टरले नुवाकोट तथा तथा आसपासका वासिन्दाहरुलाई न्यूनतम मूल्यमा विश्वस्तरीय सेवा तथा सुविधा पाउने विश्वास लिएको कम्पनीले जनाएको छ । अग्नि ग्रुप प्रा.लि अन्तर्गतअग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।

स्याकार ट्रेडिङ्ले ‘जिम्मेवार चालकम’ रोड सेफ्टी अभियानको आयोजना गर्दै

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरका आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ले ‘जिम्मेवार चालकम’ नामक सीएसआर अभियानको लागिरोड सेफ्टी अभियानको आयोजना गरेको छ । ट्रेडिङ्ले रोटर्याक्ट क्लब अफ काठमाडौं मिड टाउन र करुणामय फाउण्डेसनसँग सहकार्य गर्दै साउन १७ गतेदेखि संचालन गर्दै अाएकाे छ । उक्त अभियान ६ महिनासम्म चल्नेछ । “जिम्मेवार चालकम” होण्डाकोे सडक अनुशासनलाई प्रोत्साहन दिन गरिएको एक प्रयास हो । मोडहरुमा साइड लाईट बाल्ने, आवश्क परिस्थितिमा मात्र हाई बिम लाईटको प्रयोग गर्ने र वाँया साइडबाट ओभरटेक नगर्ने यस रोड सेफ्टी अभियानको प्रतिज्ञा रहेको छ । पछिल्लो पटक “जिम्मेवार चालकम” अभियान असार, २०७१ मा नेपालभर रहेकाहोण्डा शोरुमबाट संचालन हुँदै आइरहेको छ । सन् १९७६ माहोन्डा मोटरसाइकलहरुकोे बिक्री वितरण सँगै स्थापना भएको स्याकार ट्रेडिङ्ग कम्पनी नेपालकै अग्रणी र प्रतिष्ठित कम्पनीहरु मध्ये एक हो जसका आधिकारिक वितरकहरु आज नेपालभर फैलिएका छन् ।

अब डीआईडी ब्राण्डको चेन किट नेपाली बजारमा

काठमाडौं । डाइडो इन्डियाले उत्पादन गरेको डीआईडी ब्रान्डको बाइक चेन नेपाली बजारमा भित्र्याएको छ । सत्यदिप इन्टरनेसनलले डीआईडी ब्रान्डको चेन किट नेपालमा भित्र्याएको हो । एक कार्यक्रमका बीच डाइडो इन्डियाका म्यानेजिङ डाइरेक्टर कात्सुसी कियोसिगे र डेपुटी जनरल म्यानेजर अंकुश जैन तथा सत्यदिप इन्टरनेसनलका प्रबन्ध सञ्चालक दिपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जिव हमालले संयुक्त रुपमा चेन किट सार्वजनिक गरे । जापानमा मूख्य कार्यालय रहेको डाइडो कोग्योले सन् २०१४ देखि भारतमा चेन किट उत्पादन थालेको हो । नेपालमा भारतमा निर्मित चेन किट उपलब्ध हुनेछ । विश्वका दुई पांग्रे सवारी साधनहरु मध्ये ६० प्रतिशत भन्दा बढीमा यही ब्रान्डको चेन किट प्रयोग गरिएको कम्पनीको दावी छ । विश्वमै नम्बर एक चेन किट उत्पादक कम्पनीका रुपमा परिचित डीआईडीका चेन हिरो, बजाज, टीभीएस, होन्डा, यामाहा आदि कम्पनीका रेसिङ बाइकहरुमा समेत प्रयोग गरिएको कम्पनीका डेपुटी जनरल म्यानेजर अंकुश जैनले बताए । भारतको राजस्थानमा अवस्थित डाइडो इन्डियाको कारखानामा प्रत्येक वर्ष ४० लाख चेन किट उत्पादन गर्ने क्षमता छ । कारखानामा विभिन्न प्रविधि प्रयोग गरी गुणस्तरीय चेन उत्पादन गरिन्छ । विश्वका विभिन्न ११ देशका १४ स्थानमा डीआईडी चेन उत्पादन हुन्छन् । अन्य कम्पनीको चेन भन्दा हलुका, टिकाउ र गुणस्तरीय हुनुका साथै विश्वसनिय समेत भएकाले नेपालमा यसको राम्रो बजार सम्भाव्यता भएको कार्यक्रममा जानकारी प्रदान गरिएको थियो ।