सिप्रदिद्धारा मोबाइल सर्भिस भ्यान सन्चालनमा, स्पेयर पार्ट्सहरु तुरुन्त उपलब्ध गराउने
काठमाडौं । नेपालका लागि टाटा हिटाचीको अधिक्रित बिक्रेता सिप्रदि अर्थमुभर्स प्रालीले मोबाइल सर्भिस भ्यान सन्चालानमा ल्याएको छ । सोमबार आयोजित एककार्यक्रममा सिप्रदि कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा हिटाचीका सिनियर जनरल म्यानेजर हेमन्त मथुरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त सर्भिस भ्यानले टाटा हिटाचीका ग्राहकहरुलाई छिटो र छरितो सेवा प्रदान गर्नुका साथै स्पेयर पार्ट्सहरु पनि तुरुन्त उपलब्ध गराउनेछ । उपभोक्ताले टाटा हिटाचीका इस्काभेटर रह्विल इकुप्मेन्टहरु बिग्रेको स्थानबाट सम्पर्क गरिसकेपछि उक्त मोबाइल सर्भिस भ्यानले सोहि स्थानमा गएर मर्मत गर्नेछ । यो भ्यानले अहिलेलाई काठ्मान्डू भ्याली भित्र,धादिङ्ग, नुवाकोट, बनेपा र अन्य बाग्मती क्षेत्रमा भरपर्दो सेवा प्रदान गर्नेछ भने भबिष्यमा सो सेवालाई बिस्तार गर्दै देशका सम्पुर्ण भागहरुमा पुर्यार्इने कम्पनिको योजना रहेको छ । “उपभोक्ताको आवश्यकतालाई सक्दो छिटो र सुलभ ढंगले उपलब्ध गराउन सकियोस भन्ने उद्देश्यका साथ उक्त भ्यान सन्चालनमा ल्याइएको हो,”राजनबाबु श्रेष्ठले भने । यस अघि सिप्रदिले टाटाका गाडीहरुको मर्मतको लागि मोबाइल सर्भिस भ्यान सन्चालनमा ल्याइसकेको छ। बिगत ३५ बर्षदेखि अटोमोबाइल सेवा प्रदान गर्दै आएको सबैभन्दा ठुलो कम्पनी र सबैभन्दा बढि कर तिर्न सफल कम्पनी सिप्रदिले नेपालमा टाटाका कमर्सियल र प्यासेन्जर भेइकल, टाटाका स्पेयर पार्ट्स, एक्साइड ब्याट्ट्रि, म्याक लुब्रिकेन्ट्स, मिस्लिन टायर र टाटाहिटाचिका कन्सट्रक्सन इक्विप्मेन्टहरु बिक्रि गर्दै आएको छ ।
दलालको चलखेल बुझ्न मन्त्री आफैं लाइसेन्सको लाइनमा, दलालको भागाभाग
ललितपुर । सधैं भीडभाड र कोलाहल हुने यातायात व्यवस्था कार्यालय एकान्तकुनामा एक व्यक्ति लाइनमा उभिए। दायाँबायाँ लाइसेन्स लिन लामबद्धहरुले उनलाई आफूजस्तै सेवाग्राही ठाने। ती व्यक्तिले सेवाग्राहीसँग ‘लाइसेन्स लिन कति गाह्रो है, तपाईंको मिलाएको हो ?’ भनी एक दुई जनासँग संवाद पनि गरे। त्यसरी लाइनमा बसेर सेवाग्राहीसँग संवाद गर्ने ती व्यक्ति यातायात मन्त्री वीरबहादुर बलायर थिए। मन्त्री बलायरले दलालको चलखेल बुझ्न परिचय लुकाएर अनुगमनमा गएको बताए। ‘म अनुगमनमा निस्केको कुरा यातायातका जानकारी थिएन, सेवाग्राहीले पाएको दुःख देखेर चिन्तित भएँ’ उनले भने। सुरुमा सादा पोसाकमा गएको प्रहरी टोलीले कार्यालयअगाडि भेटिएका दलालसँग सवारी अनुमति पत्र बनाइदिन अनुरोध गरे। दलालले पनि आग्रह ठानेर,‘ अहिले गाह्रो छ तर, मिलाउन पनि सकिने’ भन्दै सम्पर्कमै रहन अह्राए। तर, प्रहरीसहित मन्त्रीले अनुगमन गरेको थाहा पाएपछि दलालको भागाभाग भएको थियो। बारम्बार सर्भर डाउन हुने र दलालको बिगबिगी बढ्न थालेपछि आफू निरीक्षणमा आएको मन्त्री बलायरले बताए। ‘यातायात कार्यालय वरिपरि बस्ने दलाललाई हटाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको छु’ उनले भने ‘कार्यालयमा जनशक्ति अभावले पनि समस्या भएको देखिन्छ।’ उनले सरकारी निकायबीच समन्वय नहुँदा भद्रगोल अवस्था बनेको बताए। ‘दक्ष कर्मचारीको व्यवस्थापन गर्छु उनले भने।’
टाटाको एस हुपर टिपर नेपाली बजारमा, फोहोर मैला सहज रुपमा संकलन गर्न सकिने
काठमाडौं । सिप्रदी ट्रेडिङप्रा. लि. ले टाटा मोटर्सको एस हुपर टिपर नेपाली बजारमा ल्याएको छ । कम्पनीले आइतबार एक कार्यक्रमबीच उक्त गाडीको उद्घाटन गरेको हो । कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ प्रा. लि. का प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले आजको बढ्दो शहरीकरण, जनसंख्याको चाप, पूरानातथा सांघुरा सडक गल्लीहरु भएको हाम्रो जस्तो देशमा फोहोर मैला सहज रुपमा संकलन गर्न र व्यवस्थापन गर्न टाटा मोटर्स एस हुपर टिपर एक मात्रविकल्प रहेको जानकारी गराए । कार्यक्रममा फोहोर मैला व्यवस्थापन संघका पदाधिकारी लगायत टाटा मोटर्सको प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै संघका अध्यक्षले नेपाली बजारमा ठेला गाडामा फोहोर उठाउने गरेको र यो साह्रै कष्टकर रहेको हुदा यसको आधुनिक विकल्पको रुपमा हुपर टिपर आएको र यस्ले काम अझ सहज र छिटो गर्न सकिने जानकारी गराए । घर–घर बाट फोहोर संकलन गर्न सकिने र संकलित फोहोरलाई सजिलै लोड अनलोड गर्न मिल्ने १.८ क्यूबीक मिटर क्षमता भएको यस टिपरमा सड्ने र नसड्ने किसिमकाफोहोरहरु राख्नदुईवटा छुट्टै कम्पार्टमेन्ट रहेको र सानो साईजको र राम्रो टर्निङ रेडिएस भएको गाडी भएकोले शहरका सांघुरा बाटोहरुमापनि सजिलै गएर फोहोर संकलनगर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले जानकारी दिए । पावर टेक अफ(पीटीओ) यान्त्रिक व्यवस्था भएको यस टिपरमा चालकलाई प्रयोग गर्न सजिलो हुने गरी बनाईएको छ । संकलित फोहोरलाई ठूलो कम्प्याक्टर गाडीमा अनलोड गर्न सजिलोको लागि टु बटन रिमोट राखिएकोले संचालन गर्न अझ सजिलो छ । बलियो डिजाईन र मजबुत लिन्केजेसहरु भएको यो गाडीले ८५–९० डिग्रीसम्म ढल्काएर फोहोर मैला अर्को गाडीमा खन्याउन सक्छ । संकलित फोहोर मैला गाडीबाट नखसोस र दुर्गन्ध पनि नफैलियोस भनेर दुवै कम्पार्टमेन्टलाई छोपेर बन्द गर्नको लागि गाडीमा रोलिङ कभर पनि राखिएको छ । यसमा भएको हाइड्रोलीक लिलाई गाडीको च्यासिस सँगै बलियोसँग समावेश गरिएको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।