बाहिरका गाडीलाई चक्रपथभित्र प्रवेशगर्न नदिईने, हुनुपर्ने बजेटमा भइदियो ट्राफिक जामको बहस
फाइल तस्बिर संसदीय अभ्यास र नियामावलीअनुसार संसद्को छलफद सभामुखद्धारा तोकिएको कार्यसुची खास विषय मा मात्रै हुन्छ । तर बजेट छलफलको सन्दर्भ हेर्दा लाग्छ सदनमा जतिबेला जे विषयमा पनि बहस हुन्छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलगत्तै असार १९ देखि शुरु भएको विनियोजन विधयेकमाथीको मन्त्रालयगत छलफल सांसदहरुले उठाएको प्रश्नको आईतवारदेखि सम्बन्धित मन्त्रीहरुले जबाफ दिने क्रम शुरु भएको छ । निर्वाचन आचार संहितका कारण पूर्ववर्ती सरकराले ल्याएको कामचलाउ बजेटको प्रतिपक्षिबाट विरोध र सत्तापक्षबाट बचाउनको परम्परागत रस्साकस्सी नभएका कारण मन्त्रीहरुको जवाफपछिको स्पष्टिकरण पनि फिक्का भएको छ । कान्तिपुर दैनिकबाट ।
मल्टिक्सको थ्री-इन-वन भेहिकल नेपाली बजारमा, मूल्य १२ लाख ५० हजार रुपैयाँ मात्र
काठमाडौं । नेपालमा मल्टिक्स ब्राण्डका गाडिहरुको एक मात्र बिक्रेता बाबा समूह अन्तर्गतको बाबा अटोमाटा ट्रेडिङ प्रालिले मल्टिक्स ब्राण्डका गाडिहरु नेपालमा औपचारिक रुपमा बिक्री शुरु गरेको छ । यस गाडिको उत्पादक भारतको आइसर पोलारिस प्रालिका प्रमुख कार्यकारी अधिकृत पञ्कजदुवे र बाबा समूहका निर्देशक विशाल शाहले बिहीबार संयुक्त रुपमा यसको उद्घाटन गरेका हुन् । व्यक्तिगत देखि व्यवसायीक प्रयोजनका लागि निकै उपयोगी मल्टिक्समा रहेको इन्डेपेन्डेन्ट सस्पेन्सनले नेपालका तराईदेखि पहाडी जुनसुकै उबड खावड बाटोमा सजिलै गुड्न सक्ने क्षमता राख्ने कम्पनीले बताएको छ । १८ लाख किलोमिटरसम्म कच्ची सडकमा निरन्तर परिक्षणबाट यसको सुरक्षा र दिगोपना प्रमाणित गरिएको छ । गाडि पल्टि हाल्दा पनि यसको ट्यूबलर फ्रेम बडीका कारण ठूलो क्षति हुनबाट रोक्छ । फोर स्ट्रोक डाइरेक्ट इन्जेक्शनडिजल इन्जिन रहेको यो साधनले सजिलै २५ देखि ३० किलोमिटरको माइलेज दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १७२ एमएम तथा २२४ एमएमसम्मको हाइ ग्राउण्ड क्लियरेन्स रहेको मल्टिक्सको बढी अत्यधिक टिकाउ सामग्री फ्लेक्सि टपले बनेको छ । पाँच सिट क्षमताको मल्टिक्समा परिवारका सदस्यहरु आरामसँग बस्न र घुम्न सक्दछन् । साथै एक हजार ९१८ लिटरसम्म बोक्न सक्ने क्षमता भएकाले यो साधन व्यवसायिक यात्राको लागि समेत उत्तिकै उपयोगी छ । तुरुन्तै सिट फोल्ड गरेर सामानहरु राख्न पर्याप्त स्पेस निर्माण गर्न सकिने मल्टिक्स ब्राण्डका गाडिहरु व्यवसायमा संलग्न परिवारको आवश्यकता पूर्ति गर्ने उद्देश्यले नै सन् २०१२ मा निर्माण गरिएको हो । मल्टिक्सका दुई मोडल र विभिन्न चार रंगमा बजारमा उपलब्ध छन् । साथै, यसले तीन किलोवाटसम्म विद्युत उत्पादन गर्नसक्ने भएकाले यसलाई फ्यामिली, विजनेश र पावर जेनरेटर (थ्रीइनवान) भनिएको हो । यसको बिजुलीले घरलाई सजिलै उज्यालो बनाउन, सार्वजनिक कार्यक्रममा म्युजिक सिस्टम देखि कृषियन्त्रहरु सञ्चालन गर्ने आदि काममा वैकल्पिक उर्जाको स्रोतको रुपमा सजिलै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाली बजारमा यस गाडीको मूल्य १२ लाख ५० हजार रुपैयाँ रहेको छ । साथै, कम मूल्यमा यसको मर्मत र स्पेयर पार्टसहरु खरिद गर्न सकिन्छ । नेपालमा यसको स्पेयर पार्टसहरु सजिलै उपलब्ध हुन्छ । बाबा ग्रुपका डाइरेक्टर विशाल शाहाका अनुसार परिवारदेखि व्यवसायमा प्रयोग गर्न सकिने मल्टिक्सले नेपालमा जुनसुकै पिच तथा अफ रोडमा शानदार क्वालिटी र भरोशा दिलाउँछ । मूल्यका हिसावले पनि नेपालका हरेक बर्गको पहुँचमा यो साधन पर्ने शाहले बताए ।
कहाँ गए दर्ता छुटमा भित्र्याएका माओवादी नेताका ९४ गाडी, कुन गाडी को सँग ?
काठमाडौं । शान्ति प्रक्रियामा आउँदा दर्ता छुट दिइएका गाडी माओवादी नेताले आफूखसी प्रयोग गर्दै आएका छन्। सरकारले १० वर्षअघि माओवादी लडाकूलाई ५७, नेतालाई ३५ र केन्द्रीय कार्यालयलाई दुई गरी ९४ वटा गाडी दर्ता छुटमा उपलब्ध गराएको थियो। माओवादीले ती गाडी पार्टी केन्द्रीय कार्यालयको सम्पत्तिका रूपमा नेताका नाममा दर्ता गराएको थियो। तर, अहिले ती गाडी कुन अवस्थामा छन् भन्ने विवरण माओवादी केन्द्रीय कार्यालयसँग छैन। २०७२ साल फागुनमा बसेको माओवादी स्थायी समिति बैठकले पार्टीका सम्पत्ति पार्टी केन्द्रीय कार्यालयमा अभिलेखीकरण गर्ने निर्णय गरे पनि अहिलेसम्म केन्द्रीय कार्यालयले त्यसको रेकर्ड राख्न सकेको छैन। ‘पार्टीको सम्पत्तिका नाममा केही गाडी छन्, ती जजसले प्रयोग गरिरहनुभएको थियो, उहाँहरूले नै आफ्नो तजबिजका साथ प्रयोग गरिरहनुभएको छ, पार्टीले त्यसको अभिलेख राखेको छैन’, माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव प्रल्लाद बुढाथोकीले भने, ‘कतिपय नेता पार्टी छाडेर अन्य पार्टीमा हुनुहुन्छ। पार्टी विभाजनपछि माग्ने कुरा भएन, उहाँहरूले पनि बुझाउनुभएको छैन।’ कहाँ छन् ती गाडी ? ९४ गाडीमध्ये ५७ वटा माओवादी लडाकु नेपाली सेनामा समायोजन हुँदा शान्ति मन्त्रालयमा बुझाइएको माओवादी नेता बताउँछन्। बाँकी ३७ गाडी भने अहिले विभिन्न समूहमा विभाजित माओवादी नेतासँगै छ। त्यसमध्ये २६ माओवादी केन्द्र, चार मोहन वैद्यको क्रान्तिकारी माओवादी, तीनवटा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका नेतासँग र चारवटा नेत्रविक्रम चन्दको पार्टी नेकपाका नेतासँग छन्। कतिपय माओवादी नेताले यो अवधिमा राज्यका तर्फबाट गाडी सुविधासमेत पाएका छन्। त्यसरी सुविधा पाएपछि पार्टी बैठकले दोहोरो सुविधा नलिन निर्देश गरेको थियो। तर, त्यो निर्देशन कार्यान्वयन नभएको माओवादी नेता बताउँछन्। ‘दुई वर्षअघि नै स्थायी समितिले दोहोरो सुविधा लिइरहेका नेताहरूलाई आफूले प्रयोग गरिरहेका पार्टीको नामका गाडी केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको थियो तर दोहोरो सुविधा पाएका नेताले नै बुझाउनुभएको छैन’, केन्द्रीय कार्यालयका अर्का एक नेताले भने। पार्टी बैठकको निर्णय कार्यान्वयन गर्ने हो भने अहिले सरकारमा सहभागी उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जर्नादन शर्मालगायत नेताले आफूसँग रहेको गाडी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने थियो। यसअघि मन्त्री भएका नेताहरूले पनि नबुझाएपछि महरा र शर्माले पनि कार्यालयमा गाडी बुझाउनुभएको छैन। माओवादी स्रोतका अनुसार पार्टीको गाडी लगेको र राज्यबाट पनि सुविधा पाइरहेका नेताले प्रदेश कार्यालय र पार्टीकै काममा प्रयोग हुँदै आएको बताएर केन्द्रीय कार्यालयमा बुझाएका छैनन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई पूर्वप्रधानमन्त्रीको हैसियतमा राज्यले गाडी सुविधा दिएपछि उनले चढ्दै आएको गाडी नेता नारायणकाजी श्रेष्ठले प्रयोग गरिरहेका छन्। नेताहरूले मर्मतमा ध्यान नदिँदा अधिकांश गाडी अहिले प्रयोग गर्न छाडेका छन्। चक्रपाणि खनाल, जर्नादन शर्मा, लेखराज भट्ट, हितमान शाक्यलगायत नेताले अहिले गाडी प्रयोग गर्न छाडेका छन्। ‘कन्डिसनभन्दा बाहिर रहेको र प्रयोगहीन अवस्थामा पुगेका कारण गाडी चढिँदैन’, एक नेताले भने, ‘मर्मत खर्च धान्नै नसकिने भएपछि चढ्नै छाडिदिएको छु।’ कुन गाडी कोसँग ? माओवादी केन्द्रसँग बा.९ च ६४०० पुष्पकमल दाहाल बा.९ च ६४३९ रामबहादुर थापा बा.९ च ७६३७ हितमान शाक्य बा.९ च ६९२९ पम्झा भुसाल बा.९ च ६६९४ अग्निप्रसाद सापकोटा बा.९ च ७१९९ जनार्दन शर्मा बा.९ च ६५९५ टोपबहादुर रायमाझी बा.९ च ६५९९ दिनानाथ शर्मा बा.९ च ७४२८ गोपाल किराती बा.९ च ७६३६ लेखराज भट्ट बा.९ च ७४५० केन्द्रीय कार्यालय बा.९ च ६९२२ वर्षमान पुन बा.९ च ६९३० हरिबोल गजुरेल बा.९ च ७४३५ लोकेन्द्र विष्ट मगर बा.९ च ६३९५ कृष्णबहादुर महरा बा.९ च ६३९७ पोष्टबहादुर बोगटी बा.९ च ७४३१ शक्तिबहादुर बस्नेत बा.९ च ७४३९ चक्रपाणि खनाल बा.९ च ६३९८ केन्द्र्रीय कार्यालय बा.९ च ७२०० नन्दबहादुर पुन (हाल उपराष्ट्रपति) बा.९ च ६३९९ केन्द्रीय कार्यालय बा.९ च ६४२९ नारायणप्रसाद शर्मा बा.९ च ६६९७ कुलप्रसाद केसी वैद्य माओवादीसँग बा.९ च ७९२९ मोहन वैद्य बा.९ च ६६९३ चन्द्रप्रसाद गजुरेल बा.९ च ६५९८ इन्द्रमोहन सिग्देल बा.९ च ६७१५ हरिभक्त कँडेल भट्टराई पक्षसँग बा.९ च ७६३८ बाबुराम भट्टराई बा.९ च ६९२१ देवेन्द्र पौडेल बा.९ च ६३९६ हिसिला यमी चन्द पक्षसँग बा.९ च ७१९८ धर्मेन्द्र बाँस्तोला बा.९ च ६५९६ खड्गबहादुर विश्वकर्मा बा.९ च ७४२७ नेत्रविक्रम चन्द बा.९ च ६५९७ हेमन्तप्रकाश ओली , अन्नपूर्ण पोस्टबाट ।