खानेपानी क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै हर्क साम्पाङ्ग, दियालो टेक्नोलोजिजसँग सम्झौता

काठमाडौं । धरान उपमहानगरपालिाका मेयर हर्क साम्पाङ्गले खानेपानी क्षेत्रलर्ई पनि प्रविधि मैत्री बनाउन सुरू गरेका छन् । यसअघि खानेपानीको अभाव रहेको धरानमा विभिन्न स्थानबाट पानी ल्याइ व्यवस्थापन गरिरहनुभएका साम्पाङ्ग खानेपानी बोर्ड तथा समितिहरूलाई पनि प्रविधिमैत्री बनाउन सुरू गरेका हुन् । यसै क्रममा धरान खानेपानी ब्यबस्थापन बोर्ड र देशभरका खानेपानी समितिहरूलाई डिजिटलाइज गरिरहेको दियालो टेक्नोलोजीजबीच बोर्डलाई अटोमेशनमा लैजान सम्झौता भएको छ । सम्झौता पत्रमा दियालो टेक्नोलोजिजका तर्फबाट चिफ बिजनेस अफिसर रोशन गौतम र धरान खानेपानी बोर्डका तर्फबाट भेषराज अधिकारीले हस्ताक्षर गरे । सम्झौतासँगै खानेपानी बोर्डमा क्लाउडमा आधारित बिलिङ, लेखा ब्यबस्थापन सफ्टवेयर वाटमार्क प्रयोग गरि पूर्ण अटोमेशनमा लगिनेछ । उपभोक्ताले खानेपानीको महशुल घरबाटै तिर्न सकिने अनलाइन भुक्तानी सुविधाको मेयर साम्पाङ्गले यसअघि नै उद्घाटन गरिसकेका छन् । मेयर साम्पाङ्गले ग्राहक उपभोक्ताहरुलाई राहत दिलाउन खानेपानी बोर्डको कामलाई पनि प्रविधियुक्त पूर्ण अटोमेशनमा लैजाने बताए । यस्तै धरान खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले अबदेखि पानीको महशुल इसेवा, खल्ती वा फोन पेको माध्यमबाट घरबाटै तिर्न सकिने बताए । हालसम्म करिब ८ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोे दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहित वाटरमार्क सफ्टवेयर विकास गरेको हो । स्मार्ट वाटर प्रविधिको धरान खानेपानी बोर्डमा विस्तार गर्न सम्झौता गरिएको हो । करिब दशवर्ष अगाडी स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ । दियालोले मिटर रिडिङ्ग मोबाईल एप, बिलिङ्ग व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी, लेखा प्रणाली, जिन्सी व्यवस्थापन, मानव संशाधन व्यवस्थापन प्रणाली, एन.आर.डब्लु  (पानी चुवाहट विश्लेषण ) प्रविधि,ल्याव व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, ग्राहक गुनासो व्यवस्थापन, भूमिगत पानीको तह विश्लेषण, मोबाईल एप्लीकेशन,ट्याङ्कीको पानी तह मापन प्रविधि जस्ता प्रणालीहरुको विकास गरेको छ । यी प्रणाली नेपालमा खानेपानी क्षेत्रलाई अन्तराष्ट्रिय स्तरको बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

रियलमीको सर्भिस सेन्टर अब पोखरामा

पोखरा । रियलमीले पोखरामा चौथो सर्भिस सेन्टर खोलेको छ । पोखरामा बढ्दै गइरहेको आफ्नो ग्राहक संख्यालाई ध्यानमा राख्दै उनीहरुलाई गुणस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्ने उद्देश्यले यस सेवा केन्द्र खोलिएको रियलमीले जनाएको छ । रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘पोखरामा पनि हाम्रो आफ्नै सेवा केन्द्र स्थापना गर्न पाउँदा हामी अत्यन्तै उत्सहित छौं । नेपालभरी छरिएर रहनुभएका हाम्रा समस्त ग्राहक वर्गहरुलाइ राम्रो स्तरको सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप हामीले पोखरामा चौँथो सेवा केन्द्र स्थापना गरेका छौं । हामीलाई आशा छ यो सेवा केन्द्र मार्फत हाम्रा ग्राहकहरुले स्मार्टफोन सम्बन्धि हरेक समस्याहरुको सहज रुपमा समाधान पाउन सक्नुहुनेछ।’ रियलमी नेपालको आधिकारिक वितरक जगदम्बा मोबाइल्स र शंकर ग्रुपका एग्जिक्युटिभ डिरेक्टर, सक्षम जाटियाले भने , ‘हाम्रो निरन्तर रुपमा वृद्धि भइरहेको लोकप्रियताले रियलमीप्रतिको नेपाली ग्राहकहरुको विश्वासलाई झल्काएको छ । यो साथ र विश्वासको लागि हामी सम्पूर्ण नेपाली ग्राहकवर्गहरु प्रति आभारी छौ ।’ यस नयाँ सेवा केन्द्रको उद्घाटनसँगै आफ्ना ग्राहकहरुलाई राम्रो स्तरको सेवा र सुविधा प्रदान गर्ने रियलमीको प्रयासलाई नयाँ उचाईमा पुर्यारएकोछ । यस सेवा केन्द्रमा ग्राहकहरुले अत्याधुनिक प्राविधिक सहयोग र असली पार्ट–पुर्जाहरु लगयत सफ्टवेयर सम्बन्धि मर्मत सेवाहरु प्राप्त गर्न सक्नेछन् । त्यस्तै यस सेवा केन्द्रमा दक्ष र तालिमप्राप्त कर्मचारीहरु छन् । ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै फोनमा आईपर्नसक्ने जुनैपनि समस्याहरुको चुस्त र सहज रुपमा समाधान गर्ने उद्देश्यको साथ यस सेवा केन्द्रको स्थापना गरिएको कम्पनिले जनाएको छ । रियलमीले कम मूल्यमा फ्ल्यागशिप स्तरका सुविधाहरू प्रदान गर्दै आएको छ जसका कारण यो ब्रान्ड नेपालमा चाँडै लोकप्रिय बन्न सफल भएको छ । पोखराको चिप्लेढुङ्गास्थित मोबाईल टावरमा खोलिएको यो नयाँ रियलमी सर्भिस सेन्टर बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म खुल्छ । ग्राहकहरूले आधिकारिक रियलमी वेबसाइट र एप मार्फत अनलाइन पनि सपोर्ट पाउन सक्नेछन् ।

महँगी घटाउन भारतले नेपालबाट टमाटर किन्दै, प्रतिकेजी २ सय भारुलाई ८० मा झार्ने

काठमाडौं । भारतले मूल्यवृद्धि रोक्नका लागि नेपालबाट टमाटर लिने भएको छ । अहिले भारतीय बजारमा विभिन्न तरकारी तथा फलफूलको मूल्य बढिरहेको बेला नेपालबाट टमाटर आयात गरेर महँगी कम गर्ने रणनीति भारतले बनाएको हो । यसको जानकारी भारतकी अर्थमन्त्री निर्मला सितारमणले गराएकी छन् । बिहीबार लोकसभामा बोल्दै उनले भारतीय बजारमा टमाटरको मूल्य कम गर्न नेपालबाट आयात गर्ने जानकारी गराइन् । यसअघि भारतमा विदेशी टमाटर आयात प्रतिबन्ध थियो । तर, भारतले अहिले बजारमा टमाटर महँगो भएपछि नेपालको टमाटर खरिद गर्ने योजना बनाएको हो । ‘हामीले टमाटरको आयात गर्नका लागि आयात प्रतिबन्ध हटाएका छौं, अब नेपालबाट हामी टमाटर आयात गर्नेछौं, यसले महँगी रोक्ने हाम्रो विश्वास छ,’ उनले भनिन् । हाल दिनप्रतिदिन बढिरहेको टमाटरको मूल्य नेपालबाट आयात गरेपछि प्रतिकेजी ७० रुपैयाँ कायम हुने भारतको विश्वास छ । अहिले भारतमा एककेजी टमाटरको मूल्य २ सय रुपैयाँसम्म पुगेको छ । नेपालबाट आयात भएको टमाटरको मूल्य स्थानीय बजारमा ८०÷८५ रुपैयाँसम्म पर्न जाने उनको भनाइ छ । अहिले नेपालमा पनि प्रतिकेजी टमाटरको मूल्य १६० रुपैयाँसम्म पर्छन । केही दिन अघि टमाटरले बजार नपाएको भन्दै किसानले सडकमै टमाटर फालेका थिए । अहिले मूल्य बढ्दै गएको हो ।