सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ४ सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । आज घटेकाे मूल्य अनुसार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ र चाँदी १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
तोलामा १ हजारले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोलामा १ हजार रुपैयाँले बृद्धि भई प्रति तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा ३० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
आज सुनको मूल्य घट्यो
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक सय रुपैयाँले घटेर ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । सुनको मूल्य अघिल्लो आइतबार प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार सात सय रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार आठ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार दुई सय ९५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।