तिहारमा बिजबजारको भव्य उत्सव, ७६ प्रतिशत सम्म छुट
काठमाडौं । बिजबजारले दीपावलीलाई लक्षित गर्दै बिज बजारभव्य उत्सवू नामक योजना सञ्चालनमा ल्याएको छ। चाडपर्वमा सेवाग्राहीले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा ग्राहकको माग अनुसार यो योजना बजारमा ल्याएको बिजबजारले जनाएको छ। यो अफरअन्तर्गत सबै वर्गका सेवाग्राहीले विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७६ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ । साथै भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहार जित्ने मौका समेत प्राप्त गर्नेछन् । बिजबजारले तिहारका बत्तिहरुमा ६५ प्रतिशत अफर, दाजुभाईका लागि खरिद गर्ने गिफ्टका समानहरुमा ४० प्रतिशत, दिदीबहिनीहरुका लागि दिइने गिफ्टका समानहरुमा ४५ प्रतिशत, मिठाइका परिकारमा १० प्रतिशत, पुजाका सामाग्रीहरुमा १५ प्रतिशत, अन्य विविध सामाग्रीहरुमा ७६ प्रतिशत, फेसनका सामानहरुमा ५० प्रतिशत बढी,कपडाका सामानहरुमा ७५ प्रतिशत बढी र विभिन्न चाडबाडका सामाग्रीहरुमा पनि अफरको व्यवस्था मिलाएको जनाएको छ । साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ । बिजबजार प्रतिको सकारात्मक दृष्टिकोणले सञ्चालनको छोटो समयमै सेवाग्राही माझ लोकप्रिय हुन सफल भएको छ । नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित ई-कमर्स प्लेटफर्म संचालन गरिरहेको छ ।
फेरी बढ्याे डलरको मूल्य, नेपाली रुपैयाँ कमजोर बन्दै
काठमाडौं । अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यसबाट नेपाली मुद्रा थप कमजोर बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४८ पैँसा रहेको छ भने बिक्रीदर १३२ रुपैयाँ ८ पैसा तय गरिएको छ । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमासमेत नकारात्मक असर पर्ने अनुमान गरिएको छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ । कोरोनाका कारण पर्यटकको आवागमनसमेत उल्लेख्य मात्रामा वृद्धि हुन नसक्दा डलरको मूल्यवृद्धिले थप सङ्कट पैदा गर्नेछ । नेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमय दर भएकाले पनि डलरको मूल्यमा असर परेको हो । भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामासमेत पर्न गएको छ ।
लक्ष्मी ग्रुपले सार्वजनिक गर्याे बाेस ब्राण्डका होम अपलाइन्स, ग्राहकको मन जित्नेमा ढुक्क
काठमाडौं । लक्ष्मी समहूले विश्व प्रशिद्ध ब्राण्ड बाेस होम अपलाइन्स (घरायसी सामान) हरुको नेपालमा आधिकारिक रुपमा सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि जर्मन कम्पनी बाेसका घरायसी सामाग्रीहरु नेपालमा सार्वजनिक गरेको हो । नेपालका लागि जर्मनका राजदुत थोमस प्रिन्जको प्रमुख आथित्यमा नेपालमा बाेस कम्पनीले उत्पादन गरेका होम अपलाइन्स सार्वजनिक गरिएको हो । बाेस कम्पनीका उक्त ब्राण्डेड घरायसी सामानहरु लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इलोक्ट्रोटेकलाई आधिकारिक रुपमा बिक्री वितरण गर्नेछ । लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले लक्ष्मी समूहले विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेकोमा अबदेखि बाेसका ब्राण्डेड घरायसी सामानहरु पनि बिक्री गर्ने बताए । सन् १९७६ मा स्थापना भएको लक्ष्मी समूहको स्थापना पश्चात् व्यावसायिकतालाई निरन्तराता दिँदै आएको अध्यक्ष श्रेष्ठले बताए । हालसम्म समूहले प्याकेजिङ, डेरी, अटोमोबाइल, स्टिल लगायतको व्यवसाय गर्दै आइरहेको छ । उच्च स्तरका बाेस ब्राण्डको होम अपलाइन्समा पनि आफ्नो योगदान रहने उनको भनाइ छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इलोक्ट्रोटेकलले आधिकारिक रुपमा बाेसका सामाग्रीहरु बिक्री वितरण गर्ने उनले बताए । यस कम्पनीका होम अपलाइन्सहरु अत्याधुनिक प्रविधिका साथै विश्वसनिय र आकर्षित हुने गरेको उनले जानकारी गराए । बाेस कम्पनीले घरहरुमा आवश्यक पर्ने विश्वका एक नम्बर ब्राण्डेड सामाग्रीहरु उत्पादन गर्ने गरेको उनले बताए । बाेस कम्पनीका होम अपलाइन्सहरुमा रेफ्रिजेरेट (फ्रिज), वाटर ड्रायर, वास मेसिन लगायतका सामाग्रीहरु नेपाली बजारमा उपलब्ध गराएको छ । प्रमुख अतिथि राजदूत प्रिन्जले आफु सानै हुँदादेखि बस्चका सामग्रीहरु प्रयोग गरेको स्मरण गर्दै बाेसको सामग्री गुणस्तरमा स्तरीय भएको धारणा राखे । अब नेपालमा पनि यसले आफ्नो बजार बढाउनेमा दुइमत नभएको उनको भनाइ छ । ‘म सानै छँदा जर्मनमा बाेस ब्राण्डका सामन प्रयोग गर्थेँ, अहिले म नमर्नको राजदूतको रुपमा नेपालमा छु, अहिले आएर पुनः नेपालमै बसेर बाेस ब्राण्डका सामग्री प्रयोग गर्ने अवसर पाएको छु, यसमा म धेरै खुसी छु, यसले नेपाली बजारमा आफ्नो स्वामित्व बढाउनेमा म विश्वस्त छु,’ उनले कार्यक्रममा भने । यस्तै, बिएसएच हाउसहोल्ड अप्लायन्सका भारतका प्रमुख कार्यकारी अधिकृत निरज बाहालले नेपालमा बाेस ब्राण्डका सामानले ग्राहकको मन जित्नेमा आफु ढुक्क भएको धारणा राखे । उनले विश्वका अधिकांश देशहरुमा यो ब्राण्डले सफलता पाएको बताउँदै नेपालमा पनि सफल हुनेमा आफु विश्वस्त भएको उनको भनाइ छ । नेपालमा बाेसका उत्पादन भारतबाट आउने बताउँदै उनले नेपाल र भारतीय बजारमा धेरै विषयमा समानता भएको बताए । बिएसएच हाउसहोल्ड अप्लायन्सका भारतका बिजनेस हेड आशिस सशिधरणले पनि बस्च ब्राण्डले गुणस्तरमा कम्प्रमाइज नगर्ने धारणा राखे । उनले आफुहरुले नेपाली बजारमा यस ब्राण्डको विषयमा अध्ययन गरेर मात्रै बिक्री सुरु गरेको बताउँदै लक्ष्मी ग्रुपले पनि यसमा सफलता पाउने धारणा राखे ।