डिशहोमको स्पेन घुम्ने दुई भाग्यशाली विजेताको घोषणा

काठमाडाैं । डिशहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ ।  े पुष १६ गते शुक्रबार गरिएको लक्की ड्र मार्फत क्यास आइडी नं ०२६५६४०७८६९६ र ०२५५८२५५८२४ ण्द्दछछडद्दछछडद्दद्ध छानिएका हुन् । यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो । २०७८ कार्तिक १९ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभि को नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए । विजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यवस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन् ।

आइतबार सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कोरोबार

काठमाडाैं । सुनचाँदी बजारमा साताको पहिलो कारोबारदिन आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ७०० ले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० तोकिएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला ९२ हजार २०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २७० पुगेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२९ डलर आसपास कारोबार भइरहेको छ ।

शुक्रबार उकाले लाग्यो सुनको मूल्य

काठमाडाैं । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ९२ हजार ७०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार २०० छ जुन बिहीबार प्रतितोला ९१ हजार ६०० थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर एक हजार २६० पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबारका मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१८ डलर आसपास कारोबार भइरहेको छ ।