दसैं र तिहारमा सयपत्रीको फूल बेचेर दुई लाखभन्दा बढी आम्दानी

वालिङ । यहाँका एक किसानले एकै याममा सात क्विन्टल सयपत्रीको फूल बेचेर दुई लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपखानीका चन्द्रबहादुर रानाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिकरुपमा गरेको फूल खेतीबाट उक्त आम्दानी लिन सफल भएका हुन् । ‘मौलाकालिका कृषि तथा पशुपक्षी फर्म’ मार्फत उनले एक हजार ५०० बिरुवा अमेरिकन सन ओरेन्ज मेरिगोल्ड र एक हजार ५०० बिरुवा मेरिगोल्ड गरी छ हजार फूलका बिरुवा लगाएका हुन् । ‘गाउँमा रहेको आफ्नै आठ रोपनी क्षेत्रफलको बारीमा व्यावसायिकरुपमा दुई महिनाअघि फूल खेती थालेको हुँ,’ व्यवसायी रानाले भने, ‘विदेशबाट आएको फूलमा हामीले पैसा खर्च गरिरहेका छौँ, हाम्रै गाउँपाखामा रहेका बाँझो बारीमा फूल लगाए पनि यसबाट राम्रो आम्दानी लिन सकिने ठानेर फूललाई नै व्यवसायका रुपमा अगाडि बढाएको हुँ ।’ दसैँ र तिहारको अवधिभरमा सात क्विन्टल फूल बिक्री गर्दा दुई लाख १० हजार आम्दानी गरेको व्यवसायी रानाले बताए । फर्ममा उत्पादन भएको फूल प्रतिकेजी तीन सयका दरले बिक्री गरेका हुन् । यहाँ उत्पादन भएको फूल पोखरामा पाँच क्विन्टल, भैरहवामा एक क्विन्टल, फर्मबाटै एक क्विन्टल बिक्री भएको हो । ‘दसैँ र तिहारका समयमा यहाँ उत्पादन भएको फूलको माग स्याङ्जा जिल्लासहित पोखरा, भैरहवा लगायतका स्थानमा पुग्यो,’ व्यवसायी रानाले भने, ‘माग अझै थियो तर पु¥याउन सकिन, अझै फुल्दै छ अब करीब दुई क्विन्टल फूल उत्पादन हुने अनुमान गरेको छु, उक्त फूल आउँदै गरेको ठूली एकादशी र मङ्सिरमा हुने विवाह लगायतका कार्यहरुमा बिक्री हुनेछ ।’ उत्पादनका क्रममा बाँकी रहेको फूलबाट न्यूनतम पनि रु साठी हजार आम्दानी हुने अनुमान उनको छ । आगामी दिनमा नर्सरीलाई अझै व्यवस्थित र आधुनिक यन्त्र उपकरण, औजारहरुको प्रयोगबाट कम लागतमा उत्पादन लिने गरी तयारी थालेको उनले बताए । एउटै याममा फूल बिक्रीबाट राम्रो आम्दानी लिन सफल भएपछि हौसला जागेकाले अझै ठूलो परिमाणमा खेती विस्तार गर्ने सोचमा उनी छन् । रासस

डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत स्पेन घुम्ने दुई विजेता घोषणा

काठमाडाैं । डिशहोमले यो वर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ । असोज ११ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभि को नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए । कार्तिक १७ गते बुधबार गरिएको लक्की ड्र मार्फत प्रभु टिभि जडान गर्ने काठमाडौंका धुर्व कार्की र डिशहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई छानिएका हुन् । यस ‘लक्की ड्र’ को प्रत्यक्ष प्रशारण सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो । विजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यबस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने पाउनेछन् । ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अझैपनि डिशहोम, प्रभु टिभी, सिम टिभी, डिशहोम फाइबरनेट कम्बो प्याकेज जडानमा र ला लिगाको सिजन टिकट खरिदमा उपलब्ध छ ।

एउटैकाे ३५ लाखसम्म पर्ने रुद्राक्षको व्यापारमा मन्दी, घर–घरमा पुग्ने भारतीय र चिनियाँ व्यापारी आएनन्

काठमाडौं । दानाको लाखौं रुपैयाँ पर्ने रुद्राक्षको व्यापारमा मन्दी आएको छ । विगतका वर्षहरुमा वर्षेनी ५ अर्ब रुपैयाँसम्म कारोबार हुने रुद्राक्षको व्यापारमा यो वर्ष भने सुस्त देखिएको हो । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण रुद्राक्षको व्यापार सुस्ताएको हो । कोराना भाइरसकै कारण लामोसमयसमम भएको लकडाउन, सटडाउन तथा निषेधात्राको कारण रुद्राक्ष निर्यातमा समस्या हुँदा व्यापार सुस्ताएको रुद्राक्ष व्यवसायी महासंघका अध्यक्ष मनोज कुमार चापागाईं बताउँछन् । उनका अनुसार विगतको वर्षहरुको तुलनामा गत वर्ष र यो वर्ष पनि रुद्राक्ष व्यापार सुस्ताएको छ । कोरोना भाइरस अगाडिको समयमा गाउँगाउँमा भारतीय र चीनियाँ व्यापरी आउँथे, तर लकडाउनपछि भने आउनै छोडे, वर्षेनी ५ अर्ब रुपैयाँसम्म हुने रुद्राक्षको कारोबार गत वर्ष निकै तल झर्यो,’ उनले भने । उनका अनुसार हाल देशका ४५ वटा जिल्लामा रुद्राक्षको व्यवसायिक खेति भइरहेको छ । रुद्राक्ष उत्पादनको मुख्य क्षेत्र भने पूर्वी नेपालको भोजपुर र संखुवासभालाई लिइन्छ । ‘यहाँ उत्पादन भएको रुद्राक्ष बढी जसो चीन र भारतमा निर्यात हुन्छ, कोरोनाको कारण निर्यात पनि रोकियो, व्यापारी नआउँदा व्यापार धेरै खुम्चियो, यो वर्ष पनि आएका छैनन्, विदेशी व्यापारी नआउँदा सम्पूर्ण व्यवसायीलाई चिन्ता लागेको छ, यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले समन्वय गर्न आवश्यक छ,’ उनले विकासन्युजसँग भने । उनले तीन वटै सरकारको समन्वय हुन नसकदा पनि रुद्राक्ष व्यवसायको व्यापार व्यवस्थापन हुन नसकेको बताए । मूल्य निर्धारण, बजार व्यवस्थापनदेखि निर्यातलाई प्रोत्साहन गर्ने काममा कुनै पनि सरकरले वास्ता नगर्दा व्यवसाय नै धरासायी हुने अवस्थामा पुगेको अध्यक्ष चापागाईँको भनाई छ । नेपालबाट चीन र भारतमा वार्षिक १५ देखि २० लाख केजी रुद्राक्ष निर्यात हुने गरेको उनले बताए । ‘तीन–चार वर्ष अघिसम्म रुद्राक्षको कारोबार ह्वात्तै उठेको थियो , मूल्य बढ्दा कृषकले समेत राम्रै आम्दानी गरेका थिए, तर गत वर्षदेखि व्यापार खस्कदै गएको छ, यसले सम्पूर्ण व्यवसायी तथा किसानलाई समस्या भएको छ, यसमा तीन वटै तहका सरकारले ध्यान दिन आवश्यक छ,’ उनले भने । हेर्दा राम्रो, आकार मिलेको, चिल्लो तथा कति मुखे रुद्राक्ष हो सोही अनुसार मूल्य निर्धारण हुने उनको भनाई छ । उनका अनुसार प्रति गोटा रुद्राक्षको मूल्य ५ सय रुपैयाँदेखि ३५ लाख रुपैयाँसम्म पर्ने गरेको छ । उनले स्थानीय तह, प्रदेश र संघीय सरकारले समन्वय गरेर रुद्राक्ष व्यवसायलाई प्रोत्साहन गर्न नसके व्यवसाय नै धरापमा पर्न सक्ने बताए । भारतीय व्यापारीले ठूलामुखे र चिनियाँ व्यापारीले तीनदेखि १४ मुखे रुद्राक्ष लिने गरेको उनी बताउँछन् । रुद्राक्ष व्यवसायले ५ लाख हजारभन्दा बढी मानिसलाई रोजगारी दिएको उनको भनाई छ ।