महिला हस्तकला मेला सम्पन्न

काठमाडौं । महिला हस्तकला मेला सम्पन्न भएको छ । १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा भएको तीन दिने मेला आइतबार सम्पन्न भएको हो । ‘हस्तकलाको प्रवद्र्धन, महिला सशक्तिकरणको सम्वद्र्धन’ भन्ने मुल नाराकासाथ ललितपुर महानगरपालिका परिसरमा यहि फागुन २२ गतेदेखि २४ गतेसम्म चलेको मेलाको समापन ललितपुर महानगरपालिकाकी उप–प्रमुख तथा मेला संयोजक गिता सत्यालले गरेकी थिइन् । उप–प्रमुख सत्यालले महिला सवलिकरणमा जोड दिँदै महिलाको आर्थिक स्थिती सवल नभएसम्म महिला सवलिकरण हुन नसक्ने र त्यसको लागि पुरुषहरुको सहयोग अपरिहार्य हुने बताइन् । उनले हस्तकलाका सामाग्री उत्पादनले महिलाको आर्थिक उपार्जनमा टेवा पुग्ने बताइन् । महिला सशक्तिकरणका लागि आर्थिक पाटो महत्वपूर्ण हुनेभएकाले सर्वप्रथम महिलाको आर्थिक पक्ष बलियो बनाउनु पर्नेमा जोडदिइन् । मेलामा समापन कार्यक्रममा स्टल नं. ९ कि रुकमीणी श्रेष्ठलाई उत्कृष्ठ महिला उद्यमी रुपमा सम्मान गरिएको थियो ।

होटल र्‍याडिसनमा तीन दिने ट्रेड फेयर सूरू, उपराष्ट्रपति पुनले गरे उद्घाटन (फोटो फिचर)

काठमाडौं । लाजिम्पाटस्थित होटल र्‍याडिसनमा तीन दिने ट्रेड फेयर सञ्चालनमा आएको छ । सोमबार नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सव तथा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रेड फेयरको उद्घाटन गरेका छन् । यस ट्रेड फेयरमा नेपाली उद्यमी महिलाहरूले उत्पादन गरेका कपडा, अचार, हस्तकला लगायत बिभिन्न सरसामानहरु राखिएका छन् । सोमबार उप–राष्ट्रपति नन्दबहादुर पुन मगरले स्टल भिजिट गरेर महिला उद्यमीहरुलाई प्रोत्साहन गरेका थिए । नेपालका लागि युरोपियन डेलिगेसनका प्रमुख नोना डेप्रेज, श्रीलंकाका राजदूत हिमाली सुभासिनी अरुना तिलका र अस्ट्रेलियन राजदूत फेलिसिटी जेनिभल्कले मेलाको अवलोकन गरेका थिए । सोमबारदेखि सुरु भएको व्यापार मेला बुधबारसम्म चल्नेछ । सबै तस्विरहरु : प्रकृति अर्याल       

नेपाली बजारमा पियाजियो अप्रिलियाको एसएक्सआर १६० स्कूटर, मूल्य ४ लाख ९ हजार ९ सय रुपैयाँ

काठमाडौं । नेपाली बजारमा आकर्षक नयाँ डिजाइनमा अप्रिलियाको स्कूटर उपलब्ध हुने भएको छ । पियाजियो र एम.भी.दुगड ग्रुपले अप्रिलिया एसएक्सआर १६० मोडलको स्कूटर उपलब्ध गराउन लागेको हो । नेपालका सबै डिलरमा ४ लाख ९ हजार ९ सय रुपैयाँमा यो स्कूटर उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो स्कूटर भारतीय बजारमा केही महिना पहिले लन्च भएको थियो । सोमबार राजधानीको म्यारियट होटलमा आयोजित एक विशेष कार्यक्रममा अप्रिलियाको एसएक्सआर १६० मोडलको स्कूटर लन्च गरिएको छ । एम.भी. दुगड ग्रुपका चेयरम्यान मोतिलाल दुगड, उपाध्यक्ष, विवेक दुगड, उपाध्यक्ष विजय महतो, पियाजियो इन्डियाका अध्यक्ष तथा प्रवन्ध निर्देशक डिएगो ग्राफ्फी, वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवालले संयुक्त रुपमा उद्घाटन गरे । नेपालमा डेढ महिना अगाडी नै यसको बुकिङ खुलिसकेको थियो । ‘इटालीमा डिजाइन गरिएको अप्रिलिया एसएक्सआर १६० ले नेपाली बजारमा उच्च मापदण्ड पूरा गर्नेछ ।’ पियाजियो इन्डियाका अध्यक्ष तथा प्रवन्ध निर्देशक डिएगो ग्राफ्फीले भने ‘हामी सबै ग्राहकहरूका लागि अप्रिलिया एसएक्सआर १६० लाई धेरै अपेक्षित प्रिमियम स्कूटरको रुपमा प्रस्तुत गर्न पाउँदा खुसी छौं ।’ ‘एम.भी.दुगड ग्रुप पियाजियो ग्रुपसँग साझेदारी गर्दै विश्वस्तरीय भेस्पा र अप्रिलियाका प्रिमियम उत्पादनहरु बिक्री बितरण गर्दै आईरहेको छ ।’ एम.भी.दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले भने ‘हामी गुणस्तरीय उत्पादनको कार्य क्षमता बिस्तार गर्न तयार भएका छौं । हाम्रा ग्राहकहरुलाई विश्व स्तरीय पियाजियोको अनुभव प्रदान गर्ने प्रयत्न गर्दैछौं ।’ नेपालका लागि आधिकारिक विक्रेता एम.भी. दुगड ग्रुपले टू ह्वीलरमा अनुशासित ढंगले काम गर्न पाउँदा खुसी भएको पियाजियो ग्रुपका वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवालले बताए । यस्तै दुगड ग्रुपकै उपाध्यक्ष विजय महतोले नयाँ, आकर्षक, अप्रिलिया एसएक्सआर १६० मोडलको स्कूटर सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । महतोले देशभर रहेका थ्रीएस सुविधा सहितका भेस्पा र अप्रिलियाका ३६ आउटलेटमार्फत यो स्कुटर उपलब्ध हुने बताए । अप्रिलियाको नयाँ स्कूटरमा के छ विशेषता ? अप्रिलियाको नयाँ स्कूटर एसएक्सआर १६० मोडलमा एक्ल सिलिन्डर, ४–स्ट्रोक, एयर –कुल्ड, ३ भल्भ फ्युल इन्जेक्सन, कमम कार्वन इमिसन इन्जिन टेक्नोलोजी (बिएसभिआइ) लगाएको छ । यसले गर्दा ७१०० आरपिएम मा ११ पीएसको पिक आवर प्रदान गर्छ । यसले ७ लिटर ईन्धन क्षमता राख्छ । यसमा ३ कोट एचडि बडि पेन्ट फिनिश, अप्रिलिया फिचर ग्राफिक्स, म्याट कालो डिजाइन सम्मिलत डार्क क्रोम एलिमेन्ट्सको साथ उपलब्ध गराइएको छ । एन्टि–लक ब्रेकिंग सिस्टम ९एबीएस० भएको यस स्कुटरमा भेन्टिलेटेड डिस्क ब्रेक र ट्वीनस पट् क्यालिपर हाइड्रोलिक ब्रेकको साथ आउछ । जसले उच्च ब्रेकिंग सुरक्षा प्रदान गर्दछ । यो स्कूरट आकर्षक ग्लसी रेड, म्याट निलो, ग्लसी ह्वाइट र म्याट ब्ल्याक रंगहरूमा उपलब्ध हुनेछ ।