बाजुराका ग्रामीण सडकको भाडा निर्धारण, प्रतिकिमी ११ रुपैयाँ

बाजुरा । बाजुरा जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । प्रशासनले सर्वपक्षीय भेलाबाट उक्त भाडा दर कायम गरेको हो । पूर्वी उत्तरी भेगमा जोडिएको मार्तडी–कोल्टी, मार्तडी गौमुल, मार्तडी आटिचौरलगायत सडकको प्रतिकिलोमिटरमा ११ का दरले भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए । जीप व्यवसायीले चर्को भाडा लिने गरेको चौतर्फीरुपमा गुनासो आएकाले व्यवसायी, राजनीतिक दल, सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीलगायत सर्वपक्षीय भेलाबाट उक्त भाडा लिने सहमति भएको गैह्रेले बताए । जीप व्यवसायीले मनोमानी भाडा असुल्ने र क्षमताभन्दा बढी यात्रु राख्ने गरेकाले सोमबार जिल्ला प्रहरी कार्यालय बाजुरामा व्यवसायीहरुलाई बोलाएर मार्तडी–कोल्टी र अन्य सडकमा सञ्चालन हुने जीपका लागि भाडा कायम गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले राससलाई जानकारी दिए । मार्तडीदेखि कोल्टीको प्रतिकिलोमिटर ११ का दरले ४७३ भाडादर कायम गरिएको र सो भाडा अन्य ग्रामीण सडकमा चल्ने जीपका व्यवसायीले समेत लागू गर्नुपर्ने प्रहरीप्रमुख महराले बताए । सर्वपक्षीय भेलाले रुट अनुमति नभएका सवारी साधन र सवारी चालक अनुमतिपत्र नभएका चालकले सवारी साधन चलाउन नपाउने र चलाएको पाइएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको छ । चलानी पत्र र टिकट अनिवार्य काट्नुपर्ने तथा जीपमा भाडादर टाँस्नुपर्ने सो नगरिएमा कानूनी कारवाही गरिने भएको छ । यस्तै जथाभावीरुपमा सवारी साधन पार्किङ गर्न नपाइने, दुनिहाट बजारका हकमा साँझ ७ र बिहान १० बजेसम्म मात्र सामान लोड अनलोड गर्ने र सो नगरिएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सर्वपक्षीय बैठकमा गरिएको मार्तडी कोल्टी र अन्य ग्रामीण सडकमा सञ्चालन हुने जीपको भाडा प्रतिकिलोमिटर ११ का दरले ४७३ कायम गरिएकोमा व्यवसायीहरुले असुन्तुष्टि जनाएका छन् । व्यवसायीहरुले मार्तडीदेखि कोल्टीसम्मको ८०० रुपैया भाडा बनाई दिन माग गरेपनि सर्वपक्षीय बैठकले ४७३ रुपैया भाडादर कायम गरेपछि असन्तुष्टी जनाएका हुन् । जय मालिका यातायात प्रालि बाजुराका उपाध्यक्ष पृथ्वी रावलले कोल्टी क्षेत्रमा जीपहरु सो भाडामा सञ्चालन गर्न नसकिने भएकाले रिजर्भबाहेकमा जीपहरु पुनः सञ्चालन नगर्ने बताए । जीप व्यवसायी, बडीमालिका नगरपालिकाका नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधि, प्रहरीप्रमुख र पत्रकारहरुको सर्वपक्षीय बैठकले उक्त भाडा निर्धारण गरेको हो । रासस

एनसेल एपको नयाँ संस्करण सार्वजनिक, थप सुविधासहित डाउनलोडमा निःशुल्क डेटा पाइने

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सोमबार (फागुन १० गते) विविध थप सुविधा सहित एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याएको छ । यससँगै अब सबै एनसेल ग्राहकले सजिलै एनसेल एपबाटै विभिन्न ग्राहक सेवा लिनुका साथै आफ्नो आवश्यकता अनुसार सेवाहरु सुचारु गर्न पाउनेछन् । नयाँ संस्करण संचालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डेटा निःशुल्क प्रदान गर्दछ । यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ । यो संस्करण प्रयोग गर्ने एप प्रयोगकर्ताले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरु तत्कालै सुचारु लगायत विभिन्न कार्यहरु गर्न सक्छन् । एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाहरुको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउन सक्छन् । ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको डेटा र भ्वाइस प्याकहरु लिन सक्छन् । त्यसैगरी यस संस्करणमा एप मार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ् लगायतका कार्यहरु गर्न सक्छन् । यसमा सहज रुपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि रहेको छ । यस नयाँ संस्करणबाट ग्राहकले एनसेलको सेवा, सुविधाहरु एउटै प्लेटफर्मबाट आफै स्वतःस्फुर्त रुपमा प्रयोग गर्न सक्छन् । एपमा ग्राहकले आफुलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधा पनि रहेको छ र बिना यूएसएसडी कोडको प्रयोग गरी सेवाहरु सुचारु गर्न सक्छन् । उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न एनसेल सदैव तत्पर रहेको छ र यसै अनुरुप ग्राहक अनुभवलाई थप गुणस्तरीय बनाउन नविनतम सेवाहरु ल्याउने गरेको छ । निकै सराहाना गरिएकोे एनसेल एपमा थप गरिएको सुविधाहरुले एप मार्फत लिइने सेवालाई थप परिस्कृत तथा सहज बनाउन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ । विशेष गरी ग्राहक जहाँ भएपनि छिटो छरितो ग्राहक सेवाको लागि यो एप निकै सहयोगी हुने विश्वास लिइएको छ । ग्राहक अनुभवलाई थप गुणस्तरीय बनाउन एनसेल सदा प्रतिवद्घ रहेको छ । यसै प्रतिवद्धता अन्तर्गत एनसेलले गत महिनामात्र च्याटबोट सेवा ‘माया’ ल्याएको थियो । एनसेल एपमा यो च्याटबोट सेवा पनि समावेश रहेको छ । एनसेलका ग्राहकले गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा गई नयाँ संस्करणको एनसेल एप आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्छन् ।

अब बुटवलमा पनि औजार, छोटो समयमै २० भन्दा बढी सुबिधा सहित अगाडी बढ्न सफल

काठमाडौं । औजार एक सोलुसन प्रा लिले बुटवलमा नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले प्रजातन्त्र दिवसको दिन पारेर उक्त शाखा विस्तार गरेको हो । स्थापनाको छोटो समयमा नै ५० भन्दा बढी व्यवसायिक तथा आवासीय घरहरुमा आफ्नो सेवा दिन सफल औजारले चैत भित्रै केन्द्रिय राजधानी बाहिर २ स्थानमा शाखा विस्तार गर्ने लक्ष्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो । भौतिक उपस्थिति जनाउन असमर्थ रहेकोले भर्चुअल उद्घाटन गर्नु परेको औजारका प्रबन्ध संचालक उत्सव भट्टराईले बताएको हो । असोज १ गतेदेखि व्यवासायीक रुपमा कार्यालय तथा आवासहरुमा मर्मत तथा सम्भार सम्बन्धि कार्य गर्न स्थापना भएको एक संस्था हो औजार । एकल व्यक्तिबाट सुरुवात भएको औजार पाँचौं महिनासम्म आउँदा प्रत्यक्ष १२ तथा बाह्य ४५ गरि जम्मा ५७ जनाको परिवार भैसकेको छ । औजार परिवार भित्र दक्ष प्राविधिक, इन्जिनीयर, आर्किटेकहरुको एक बिश्वशिलो समूह छ जस्को कारणले छोटो समयमा नै मर्मत सम्भारको क्षेत्रमा एक अलग पहिचान बनाउन सफल रहेको औजारका प्रबन्ध संचालक उत्सब भट्टराईले बताए । स्थानीय युवा व्यवासायी केशब राज पाण्डेको साथ लिएर अगाडी बढेको औजारले पाण्डे जस्तो जुझारु, मिहेनती तथा दुरदर्शी युवासँग अगाडी बढ्न पाउँदा आफुहरुलाई निकै हर्सित तुल्याएको औजारका प्रबन्धक तथा बजार व्यवस्थापक अजय कुमार त्रिपाठीले बताए । छोटो समयमा नै २० भन्दा बढी सेवा दिन सफल भैसकेको औजारले आफ्नो कार्य अवधिमा भए गरेका कमी-कमजोरी हरुलाई सच्याउँदै ग्राहक वर्गको सन्तुस्टीलाई प्रथम प्राथमिकतामा राखी अगाडी बढिरहेको सस्थाका प्रबन्धक तथा बजार व्यवस्थापक अजय त्रिपाठीले बताए । काठमाडौं, ललितपुर तथा भक्तपुर मा सेवा प्रधान गरिसकेको औजारले गुणस्तर तथा उच्चस्तरको सेवामा जोड दिने गरेको छ । प्लाम्बिंग, कार्पेन्टर, एलेक्ट्रिसियन, पेन्टर जस्ता अत्यावश्यक सेवाहरु तत्कालै दिन सकिने तथा अन्य सेवाहरु समयसंगै थपिदै जाने औजार बुटवल का केशब राज पाण्डेले बताए । जे जस्तो परिस्थिति आइपरे पनि ग्राहकको सेवामा सँधै तल्लिन रही औजारको मुल्य मान्यता तथा साखलाई अगाडी बढाउदै बुटवल बासिन्दालाई मर्मत सम्भारको झन्झटबाट मुक्त गर्ने आफ्नो लक्ष्य अब छिटै पुरा हुनेमा पाण्डे विस्वस्थ छन् ।