नाडाले सम्पन्न गर्याे एकदिने प्रशिक्षण कार्यक्रम, व्यवसायीलाई भीसीटीएस सम्बन्धी जानकारी
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को पहलमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ६९औं विश्व भन्सार दिवसको अवसरमा भन्सार विभागका महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्यतामा सो प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो । अटोमोवाइल व्यवसायीहरुले आफनो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा भीसीटीएस सम्बन्धी यावत समस्याहरु भोग्दै आईरहेको सन्दर्भमा व्यवसायीहरुले कर, भन्सार तथा भीसीटीएस सम्बन्धी विद्यमान प्रणालीहरु बारे यथार्थ जानकारी राख्नु अति आवश्यक भएको देखिएकोले उक्त कर, भन्सार तथा भीसीटीएस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नाडाले जनाएको छ । सो कार्यक्रमका प्रमुख अतिथि तथा भन्सार विभागका महानिर्देशक सुमन दाहालले अटोमोवाइल व्यवसायीहरुले कर, भन्सार तथा भीसीटीएस सम्बन्धी यावत समस्याहरु भोग्दै आईरहेको सन्दर्भमा व्यवसायीहरुलाई यस बारे आवश्यक जानकारी दिन यस्तो कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए । त्यसैगरी सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आफना सदस्य कम्पनीहरुले कर, भन्सार तथा भीसीटीएस सम्बन्धी यावत समस्याहरु भोग्दै आईरहेको सन्दर्भमा यस्तो कार्यक्रमहरुले व्यवसायीहरुलाई आवश्यक सूचना तथा जानकारीहरु प्राप्त हुने मात्र नभई व्यवसायीहरुलाई आफनो व्यवसाय विस्तार गर्न थप सहज समेत हुने भएकोले विगत केही वर्ष अघिदेखि नाडाले यस्तो कार्यक्रमहरु राजधानीमा र प्रदेशस्तरमा समेत सम्पन्न गर्दे आइरहेको जानकारी दिए । उक्त प्रशिक्षण कार्यक्रममा भन्सार विभागकातर्फबाट निर्देशक ज्ञानेन्द्र ढकाल, आन्तरिक राजश्व विभागबाट निर्देशक सुर्यप्रसाद पोखरेल तथा राजश्व अनुसन्धान विभागका निर्देशक शिव शर्माले प्रशिक्षण दिएका थिए । त्यसैगरी नाडाकातर्फबाट सि.ए साहिल अग्रवालले प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा नाडाका कूल ४६ सदस्य कम्पनीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा नाडाका अध्यक्ष दुलालले प्रमुख अतिथी तथा भन्सार विभागका महानिर्देशक सुमन दाहाललाई मायाको चिनो प्रदान गरेका थिए । त्यसैगरी, अध्यक्ष दुलालले सो कार्यक्रममा सहभागी ४६ जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत वितरण गरेका थिए । उक्त कार्यक्रममा नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुुप बराल, कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रिय कार्यसमिती सदस्यहरु अभिक ज्योती, धुव्र बहादुर थापा, सुरज भट्टराई र कपिल सिवाकोटी समेतको उपस्थिति रहेको थियो ।
कफी पिउने र बनाउनेकाे जक्सन बन्दै दरवारमार्गकाे अरेबिका कफी
काठमाडौं । कोरोना महामारीको असरले सबै क्षेत्रलाई आक्रान्त बनाईरहेको छ । धमाधम कम्पनीहरु बन्द हुँदैछन् । चलिरहेका मध्ये कतिले कर्मचारी कटौति गर्दैछन् । ठिकठिकै चलिरहेको व्यवसायबाट सन्तुष्ट नभएर कतिपय पलायन हुने क्रम बढ्दो छ । कोरोनाले संकट निम्त्यिाएको बेला सिन्धुपाल्चोकका विकास भण्डारीले २ करोड रुपैंयाँको लगानीमा नयाँ क्याफे सुरु गरेका छन् । दरबारमार्गस्थित नबिल बैंकको केन्द्रिय कार्यालयको गेटै अगाडी छ, अरेबिका कफी । यसलाई नेपाली ब्राण्डका रुपमा स्थापित गर्न खोज्दैछन् विकास । अरेबिका कफीको नारा नै राखेका छन्, कफी मेरो साथी । कफी भन्ने बित्तिकै हुरुक्कै हुन्छन् विकास । कफीप्रति उनको मोह गहिरो छ । २९ वर्षे यी युवाले कफीकै कारण २८ देश चहारिसके । कतै कफी मेकिङको तालिम लिन त कतै कन्फ्रेन्समा भाग लिनका लागि पुगे । नयाँ–नयाँ कुरा सिकौं भन्ने हुट्हुटिले फरक–फरक देश चहार्नु उनको नशा नै बनिसकेको छ । ‘हामी ग्राहकहरुको रोजाई अनुसार कफी बनाउछौं’ केही दिन अगाडी दरबारमार्गको अरेबिका कफीमा एक साँझ गफिदै विकासले सुनाए, ‘अन्य क्याफेमा त्यस्तो सुविधा पाईदैन ।’ अलि बढी आत्मविश्वासी देखिएका उनले अरेबिकाको विशेषताका बारेमा बिस्तृतमा सुनाए । यस क्याफेको मेनुमा लाइट् रोस्ट, मिडियम रोस्ट र डार्क रोस्ट गरी तीन थरी स्पेशल कफी उपलब्ध छन् । सञ्चालक विकासका अनुसार यहाँको कफी वल्ड क्लास कफी इक्वीप्मेन्ट प्रयोग गरेर बनाइन्छ । ९ वर्षको अनुभव संगालेका सेफ अजय थापाका अनुसार कफी बाहेक थाइ सुप (हट्, सावर, स्वीट्, स्पाइसी), पास्ता, बर्गर, मम: र स्यान्ड्वीच यस क्याफेको मेनुमा उपलब्ध छन् । विहान ७ बजे खुल्ने क्याफे राती १० बजेपछि बन्द हुन्छ । दरबारमार्गमा अरेबिका कफी अंग्रेजी नयाँ वर्ष २०२१ देखि सञ्चालनमा आएको हो । कफीसप, सेटअप, शोरुम, फर्निचर लगायत सबै गरेर यसको लागत खर्च २ करोड रुपैंयाँ पुगेको सञ्चालक विकासले बताएका छन् । तीन हप्तामै राम्रो प्रतिक्रिया पाएको उनी बताउछन् । दरबारमार्गमा क्याफे सुरु गर्नुअघि दुई वटा क्याफे चलाईसकेका उनले कफीका रियल पारखी भने दरवारमार्गमै भेटे । दिनमा एकै जनाले फरक समयमा ५, ६ कपसम्म कफी पिएको उनले भेटेका छन् । लोकेसनका हिसाबले पायकपर्ने ठाउँ भएर होला यहाँ कफी पारखीहरुको बाक्लै जमघट भईरहन्छ । नियमित क्याफे चहारिरहने बैंकर्स, कुटनीतिज्ञ, कर्पोरेट हाउसका कर्मचारी, सेलिब्रिटीहरुसँग नियमित उनको संवाद भईरहन्छ । कम उमेरमै क्याफे चलाएको देख्दा उनको तारिफ गर्नेहरु पनि उत्तिकै छन् । ९ जना स्टाफबाट सुरु भएको अरेबिका कफीमा ५ जना स्टाफ थपिदैछन् । क्याफेको अन्डरग्राउन्डमा ठूलो स्पेश छ । जहाँ वरिस्ता स्कूल, रोस्टरी मेसिनको शो रुम हुनेछ । दैनिक तीन सिफ्टमा कफीको तालिम सञ्चालन हुँदैछ । एक सिफ्टमा पाँच जना मात्र राखिने छ । विकासले कफी बनाउने कलाबारे तालिम दिनेछन् । उनले स्पेसियालिटी कफी एसोसियन (एससिए) को कोर्ष नेपालमै दिने तयारी गरिरहेका छन् । विश्वकै ठूलो कफी एशोसियन स्पेसियालिटी कफी एसोसियन (एससिए) को आधिकारिक ट्रेनर हुन् उनी । १५ दिनको यो कोर्ष गर्नका लागि २० हजार रुपैयाँ खर्चिनु पर्ने छ । एकदमै सीप भएको जनशक्ति उत्पादन गर्ने आफ्नो योजना भएको उनले बताए । अरेबिका कफीले कफी मात्र बेच्दैन । कफी मेसिन, कफी ग्रान्डर (कफी पिस्ने मेसिन), रोस्टेड विन, काँचो कफी, सुगर पनि बिक्रि गर्दै आएको छ । कफीको व्यापार गर्न चाहनेहरुलाई विकासले कन्सल्ट्यान्टको काम पनि गर्दै आएका छन् । चोकै पिच्छे, पाइलै पिच्छे अचेल क्याफेहरु खुलिरहेका छन् । चुनौतिहरु पनि उत्तिकै थपिएका छन् । यो क्षेत्रमा एक प्रकारको अस्वस्थ प्रतिष्पर्धा भईरहेको विकासले नजिकबाट नियालेका छन् । उनले बजारमा जनशक्तिको कमी पनि उत्तिकै देखेका छन् । बजार सानो छ । तर, गुणात्मक भन्दा संख्यात्मक बृद्धि भईरहेको, देखासिकीमै क्याफेहरु खुलेको उनको धारणा छ । विकासको कफी प्रेम विकास कफीमा लागेको १० वर्ष भयो । कफीकै व्यापार गरेको भने चार वर्ष भयो । कफीका अन्तर्राष्ट्रिय प्रदर्शनी र मेलाहरुमा सकेसम्म उनले भाग लिए । कफी मोहका कारण उनी २८ देश पुगे । उनले कतै तालिम लिए, कतै कफी फार्म भिजिट् गरे । उनी एक वर्ष अस्ट्रेलिया बसे । विश्वको सबैभन्दा बढी कफी कल्चर भएको देश अस्ट्रेलियामा एक वर्ष उनले कफीकै बारेमा अध्ययन गरे । अध्ययनसँगै उनले एक वर्ष क्याफेमा काम गरे । विदेशमा बस्ने थुप्रै अवसरहरु भएपनि स्वदेशमै केही गर्ने इच्छाले विकास नेपाल फर्किए । जे गरे पनि आफ्नै देशमा गर्छु, आफ्ना लागी गर्छु र आफै गर्छु भन्ने कुरामा उनी अडिग छन् । ‘म चरा जस्तै स्वतन्त्र हुन चाहन्छु ।’ उनले सुनाए, ‘मेरो योजना भनेको हरेक वर्ष नया देश पाइला टेक्ने हो ।’ अहिलेसम्म २ हजार बढीलाई तालिम दिईसकेको विकास सुनाउँछन् । ‘कफी नै मेरो साथी भईसक्यो ।’ हँसिलो चेहरामा उनी भन्छन्, ‘मलाई भगवानले नै कफीको व्यापार गरेर खाउ भने जस्तो लाग्छ ।’ यो पेशामा टिकिराख्न धैर्यता, लगनशिलता, इमानदारिता, मिहिनेतको जरुरी हुने उनी बताउँछन् । भावी योजना विकास नेपाली कफीलाई अन्तराष्ट्रिय बजारमा फैलाउन चाहन्छन् । अरेबिका कफीलाई नेपालका विभिन्न शहरमा विस्तार गर्ने योजनामा छन् उनी । यसैको फ्रेन्चाइज खोलेर सबैमा राम्रो गुणस्तर दिने उनको सोच छ । उनी चाहन्छन्, नेपालमा सबै वर्गले कफी पिउन सकोस् । उचित मूल्यमा कफी बिक्री गर्ने उनको इच्छा छ । आउने ५ वर्षमा के के गर्ने ? उनले योजना बुनिसकेका छन् । केही वर्षमै उनले इटालिको युनिभर्सिटी डि इलीबाट कफी इकोनोमिक्स एण्ड साइन्समा एम गर्ने उनले तयारी गरिरहेका छन् । ३५ देखि ४० वर्षको बीचमा भने अमेरिकाबाट पिएचडी गरिसक्ने उनले सोच छ । कमाएको १० प्रतिशत रकम सामाजिक सेवामा खर्चिरहेको विकासले सुनाए । टुहुरा वालवालिका, शारीरिक असक्त, अपांग, अवसर नपाएका वालवालिकाको शिक्षाका लागि सहयोग गरिरहेको उनले बताए । ‘म रकेट टाइपको मानिस हो ।’ छुट्टिने बेला उनले सुनाए ‘बिना योजना हिंड्यो भने मानिस दुर्घटनामा पर्छ । धोका पाइन्छ ।’
अशोक लेलैण्डको ‘मेघा विन्टर सर्भिस क्याम्प २०२१’ शुरू
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लि. द्धारा प्रवद्धित अशोक लेलैण्डले ‘मेघा विन्टर सर्भिस क्याम्प’ देशैभरी आफ्ना १३ सर्भिस सेन्टरहरुमा लागु हुनेगरी आज(माघ ४ गते) बाट सुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकलाई केन्द्रित गर्दै पार्टस र लुब्रिकेन्टमा ८ प्रतिशत छुट, लेबर चार्जमा ३० प्रतिशत छुटका साथसाथै ४५ पोइन्ट फ्रि चेकअप पनि उपलब्ध हुने कम्पनीले बताएको छ । यस सर्भिस क्याम्पको दौरान ग्राहकले विभिन्न आकर्षक उपहार साथै ड्राईभरहरुले सुरक्षित ड्राईभिङ्ग सम्बन्धी जानकारी पनि लिन सक्नेछन् । यो सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ । यो क्याम्पिङ्गमा ग्राहक वर्गहरुले अशोक लेलैण्डका नेपालभरि रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्ने छन् भने डिस्काउन्ट कुपन पनि प्राप्त गर्न सक्ने छन् । सुरक्षित गाडिका लागि जेन्युअन पार्टस् प्रयोग गरौ भन्ने नाराका साथ सुरु भएको यस योजना माघ ४ गतेदेखि १५ गतेसम्म मात्र लागु हुने छ । आइएमई मोटर्सले ग्राहकको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । देशभर विभिन्न पार्टस तथा सर्भिस आउटलेटबाट ग्राहकमा सेवा प्रदान गर्न सफल मात्र नभइ उक्त गाडीहरुलाई चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाई पनि प्रयाप्त मात्रामा गर्दै आएको छ ।