अनाधिकृत मोबाइल फोनको किनबेच नगर्न संघको आग्रह, गरेकाे पाइएमा कानूनी कारवाही हुने
काठमाडौं । मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन (एमपीआईए) र नेपाल मोबाइल वितरक संघले अनाधिकृत मोबाइल फोनको किनबेच नगर्न आग्रह गरेको छ । दुुवै व्यवसायिक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनका सदस्यहरुसंग आबद्ध सबै बिक्रेताहरुलाई अनाधिकृत तथा अवैध(इलिगल) मोबाइल फोनको खरीद बिक्री नगर्न नगराउन अनुरोध गरेका हुन् । साउन १ गते पश्चात कुनै बिक्रेताबाट अनाधिकृत मोबाइल फोनको खरिद/बिक्री गरेको प्रमाण पाईएमा एक पटकका लागि अवैध कारोवार गर्ने/गराउने बिक्रेतालाई आफ्नो दायित्व प्रति सचेत गराइने दुवै संगठनले जनाएका छन् । उक्त मितिपछि दोस्रो पटक पनि कुनै बिक्रेताबाट अनाधिकृत/अवैध मोबाइल फोनका खरिद/बिक्री गरेको प्रमाण पाईएमा यस्ता फर्म/बिक्रेतासंग यस मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनका कुनै पनि सदस्यले कारोवार वा व्यापारिक सम्बन्ध राख्न असमर्थ रहने विज्ञप्तिमा जनाइएको छ । साथै, यस एशोशिएसनद्वारा जारी गरिने कालो सुचिमा समावेश गर्न सिफारीस गरिने छ । कालो सुचिमा सूचीकृत फर्म/बिक्रेतासंग यस एशोशिएसनका कुनै पनि सदस्यले आफू अथवा क्षेत्रीय बितरक वा अरु कुनै माध्यमबाट कारोवार गर्ने छैन । उक्त कार्य गरेको पाइएमा सम्बन्धित सरकारी नियमक निकायलाई आवश्यक कानूनी कारवाहीका लागि सूचित गराइने संगठनले जनाएको छ ।
नेपाली ब्रान्ड सोनमले त्रिवि शिक्षण अस्पताललाई दियो एक सय थान पिपिई
काठमाडौं । नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्रान्ड सोनम गियर्सले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई सय थान व्यक्तिगत सुरक्षाकवच (पिपिई) सहयोग गरेको छ । कम्पनीका संस्थापक तथा सिइओ टासी चोम्बे नेपालीले मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठलाई उक्त पिपिई हस्तान्तरण गरेका हुन् । कम्पनीले आफ्नै कारखानामा उत्पादित पीपीई अस्पताललाई दिएको हो । ‘नेपाली ब्रान्ड भएको नाताले यो कठिन घडीमा समुदायका लागि केही योगदान गर्नु हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कर्तव्य हो,’ सिइओ टासीले भने । यसबाट कोभिड-१९ को महामारीबीच आफ्नो कर्तव्य निर्वाह गर्न उक्त संस्थाका स्वास्थ्यकर्मीलाई थोरै भए पनि योगदान पुग्ने कम्पनीको विश्वास छ ।
अब सुजुकी बाईक किन्दा १५ हजार नगद छुट वा शुन्य प्रतिशत ब्याज अफर
काठमाडौं । सुजुकी माेटरसाईकल तथा स्कुटरकाे नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजि अटाेमाेबाईल्स प्रालिले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै काेराेना विशेष स्किमकाे घाेषणा गरेकाे छ। बिगत ३ महिनाबाट लकडाउनले पारेकाे आर्थिक असरलाई केही सहजता हाेस् भन्ने उदेश्यकाे साथ ‘उतार चडाब आईरहन्छ, सुजुकीकाे साथ रहिरहन्छू’ भन्ने मुल नारा राखेर प्रत्येक माेटरसाईकल तथा स्कुटरकाे खरिदमा १५ हजार नगद छुट वा ० % ब्याजदरकाे स्किमकाे आह्वान गरेकाे छ। ग्राहकलाई १५ हजार नगद छुट वा ०५ ब्याज दर मध्ये जुन ठिक लाग्छ त्याे छानेर लिन सकिने कम्पनिले जानकारी दिएकाे छ। कम्पनीले अगाडि सारेकाे स्किम यहि श्रावण १ गते देखि ३१ गते सम्म नेपालभरका सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिने छ। एक्सचेञ्जमा समेत यौ स्किम लागु गरिएकाे कम्पनिले जानकारी गराएकाे छ । सुजुकीका जिक्सर २५० सिरिज, जिक्सर १५० सिरिज, ईन्ट्रुडर तथा हयाते बाईक छन भने स्कुटर तर्फ बर्गम्यान, एक्सेस तथा लेट्स रहेका छन। १ बर्ष अगाडि मात्र नेपाली बजारमा बिक्रि सुरु भएकौ जिक्सर भेरियन्ट युवा पुस्ताले निकै रुचाईएकाे बाईकमा पर्दछ भने बर्गम्यान म्याक्सि स्कुटर भएकै कारण पनि लाेकप्रिय रहेकाे छ।