सुनकाे मूल्य घट्याे, ताेलाकाे कति ?
आज सुनकाे मूल्ले १ सय रुपैयाँले घटेकाे छ । हिजो सोमबार छापावाला सुनको मूल्य ९१ हजार ३ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो भने आज मंगलबार १ सयले घटेर ९१ हजार २ सयमा कारोबार भइरहेको बताइएकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य ९० हजार ७ सय ६५ ले कारोबार भइरहेको छ। यस्तै, चाँदीकाे मुल्य यथावत रहेर प्रतितोला ९ सय ४५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफर अन्तर्गत अधिकारीले जिते हुन्डाई स्ट्यान्ट्रो
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरको विजेताहरुको नाम घोषणा गरेको छ । त्यसैगरी ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरको पहिला बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर ३२९ का शालिकराम अधिकारीले हुन्डाई स्ट्यान्ट्रो जितेका छन् । साथै, ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १२७२ का नागेश्वर प्रसाद शाहले हुन्डाई भेन्यु जितेका छन् । ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरको विजेताको घोषणा लक्की ड्र मार्फत असार १५ गते सोमबार गरिएको थियो । उक्त अफर अनुरुप, ४ रात ५ दिनको दुबई भ्रमणको १० जना भाग्यशाली जोडीहरुको छनोट मुख्य अतिथि बिमला खनालद्धारा लक्की ड्र गरिएको थियो । भाग्यशाली बिजेताहरुको नाम र कुपन नं यस प्रकार छन्ः १) भरत सिंह पौडेल (कुपन नंः ३९७) २) चन्द्र मणि पौडेल (कुपन नंः २७५) ३) श्रीजेश घिमिरे (कुपन नंः ९९६) ४) महेश्वर लाल सिंह (कुपन नंः ९९९) ५) कृष्ण प्रकाश पौडेल शर्मा (कुपन नंः ९४४) ६) राजु शाह (कुपन नंः ७६) ७) दल बहादुर बि.क. (कुपन नंः ७४४) ८) विजय अग्रवाल/गणेश हार्डवेयर (कुपन नंः ७१६) ९) एनआईसी एशिया बैंक लि./निर्भिक सापकोटा (कुपन नं: ११५८) १०) खातु ईन्टरनेशनल प्रा. लि. (कुपन नं: ३५) यस लक्ष्मी इन्टरकन्टिनेन्टलले याे योजना २ भदौदेखि १७ कात्तिक २०७६ सम्म लागु गरिएको थियो । सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्की ड्र मार्फत १० भाग्यशाली जोडीलाई ४ रात ५ दिनको लागि दुबई भम्रण तथा बम्पर लक्की ड्रबाट २ विजेतालाई हुन्डाई स्यान्ट्रो र हुन्डाई भेन्यू जित्ने मौका थियो ।
नेपाल बङ्गलादेश बैंकको ९६औं शाखा काठमाडौंको काँडाघारीमा
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा आफ्नो ९६औं शाखा काठमाडौं जिल्लाको काँडाघारीमा संचालनमा ल्याएको छ । यस बैंकले असार १५ गतेबाट काठमाडौं जिल्लाको काँडाघारीमा शाखा उद्घाटन गरि औपचारिक कारोबार शुभारम्भ गरेको हो । उक्त शाखाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले गरेका हुन् । बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । काँडाघारी शाखा सहित बैंकले ९६ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।