सिजीले भाइरस हटाउने उपकरणमा २० प्रतिशत छुट दिने, यस्ता छन् विशेषताहरु

काठमाडौं । ई.ओ.एल. प्रा. लि., नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट काउन्टर टप भेजिटेबल कीटाणुनाशक उपकरणमा २० प्रतिशत छुट दिने भएको छ । यस उपकरणले साग-सब्जी , फलफूल र मासुबाट कीटनाशक, ब्याक्टेरिया र भाइरसहरू हटाउँदछ । केन्ट टेबल शीर्ष भेजिटेबल कीटाणुनाशक उपकरणलबाट तरकारी र फलफूलहरू उपभोगका लागि सुरक्षित बनाउन सकिन्छ । यसमा रासायनिक रहित ओजोन टेक्नोलोजी छ जसले हानिकारक कीटनाशक, रसायनहरू आदि हटाएर तरकारी र फलफूलहरू कीटाणु रहित गर्दछ । यसले ब्याक्टेरिया, भाइरस र अन्य कीटाणुहरूको हटाउने कुरा सुनिश्चित गर्दछ जुन बहु हात विनिमयको परिणाम स्वरूप ट्रान्सफर हुन सक्छ र खानालाई उपभोगका लागि सुरक्षित बनाउँदछ । यसले तपाईंको परिवारलाई स्वस्थ र स्वस्थ राख्न मद्दत गर्दछ । यस्ता छन् विशेषता : ओजोन कीटाणुशोधन टेक्नोलोजी तरकारी र फल कीटाणुनाशकले एक क्रान्तिकारी ओजोन कीटाणुशोधन टेक्नोलोजी प्रयोग गर्दछ जसले ब्याक्टेरियाहरू, भाइरस, ढुसी र अन्य रोगजनकहरूलाई मार्दछ जुन खानाले खानाबाट रोगहरू निम्त्याउन सक्छ । मासु र समुद्री खाना सफा सुरक्षित बनाउँदछ यो प्रभावकारी अवशिष्ट रसायनहरूको प्रभावकारी ढंगले अक्सिडाइज गर्दछ र मासु र समुद्री खानाको सतहबाट एन्टिबायोटिकहरू हटाइ खान योग्य बनाउँदछ । खाद्य वस्तुहरूको ताजाता कायम राख्छ यसले खानेकुरा चीजहरूको सतहबाट हर्मोनहरू सफा गर्दछ र लामो समयको लागि ताजा राख्छ र शेल्फ लाइफ बढाउँदछ । कम्प्याक्ट डिजाइन यसको मज्जाको र कम्प्याक्ट डिजाइन छ जसले ठाउँको बचत गर्दछ र टेबल टप प्लेसमेन्टको लागि आदर्श बनाउँदछ । उपभोग्य वस्तुहरू आवश्यक छैन यो उपकरणले ओजोन उत्पादन गर्न कुनै उपभोग्य वस्तुहरू प्रयोग गर्दैन । यो वातावरणमा भएको अक्सिजन प्रयोग गरी उत्पादन गरिन्छ । तसर्थ, यो कुनै पनि सेवा वा कुनै पनि अंश को प्रतिस्थापन को आवश्यकता छैन । यो उत्पादन एक बर्षे वारंटीको साथ आउँछ र सम्पूर्ण नेपालमा उपलब्ध छ । नेपालमा यस ब्रान्ड अन्तर्गत वाटर प्युरिफर, एयर प्युरीफायर, स्मार्ट घरेलु उपकरण, भ्याकुम क्लीनरहरू जस्ता अन्य उत्पादनहरू पनि उपलब्ध छन् ।

‘डिलर दाईको डिस्काउन्ट’ अफरलाई निरन्तरता दिँदै डिशहोम, रिचार्ज गर्नेलाई पनि लक्की ड्रमा राखिने

काठमाडौं । डिशहोमले संचालन गरेकोे डिलर दाईको डिस्काउन्ट अफरलाई निरन्तरता दिने भएको छ । २०७६ फागुन २ गतेदेखि सुरु भएको डिलर दाईको डिस्काउन्ट अफर ४४ हप्ताको लागि संचालन हुने भनिएको भए पनि ग्राहकहरुको अत्याधिक मागका कारण यो अफर जारि रहने भएको हो । डिशहोमको देशभर रहेको बिक्रेता वा नजिकैको डिलर मार्फत फन्ड ट्रान्सफर वाट बार्षिक रिचार्ज गर्दा विक्ली लक्की ड्रमा सहभागी हुन पाईनेछ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यायनेल नं १००, शोकेस २ च्यानेल नं १०१ र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुनेछन् । यो योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । फन्डट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ । ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अब अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो विक्ली लक्की ड्रमा सहभागी गराईने कम्पनीले जनाएकाे छ ।

बजारका बिचौलियालाई धक्काः सरकार आफैले व्यापारी छनोट गरी वस्तु खरिद बिक्रि गर्ने

काठमाडौं । सरकारले अब आफै व्यापारी छनोट गरी सामान खरिदविक्री गर्ने भएको छ । बजारमा खाद्य वस्तुको खरिद बिक्री तथा ढुवानीमा बिचौलियाहरुको बिगबिगी भएपछि सरकारले आफैले व्यापारी छनोट गरी सामान खरिदविक्री तथा ढुवानी गर्ने व्यापारीहरु छनोट गर्ने तयारी गरेको हो । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्यवृद्धि नियन्त्रण र स्वच्छ बजार निर्माणका लागि ‘वस्तु तथा सेवाको बजार तह र मूल्य निर्धारणसम्बन्धी मापदण्ड– २०७७’ को प्रारम्भिक मस्यौदा तयार गरी प्रक्रिया अगाडि बढाएको छ । कोरोना भाइरसको कारण उत्पन्न लकडाउनमा खाद्यवस्तु, सर्जरी सामान तथा अन्य सामग्रीहरुको खरिद बिक्री तथा ढुवानीमा बिचौलियाहरुको ठूलो सञ्जालले बनावटी रुपमा वस्तुको मूल्य बढाएको भन्दै सो सञ्जाललाई तोड्न सरकारले आफै व्यापारीको छनोट गरी मूल्य निर्धारण तथा खरिद बिक्री गर्ने तयारी गरिरहेको हो । आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तयार पारेको ‘वस्तु वा सेवाको बजारको तह र मूल्य निर्धारणसम्बन्धी मापदण्ड ०७७’ को प्रारम्भिक मस्यौदामा तीन तह राख्न प्रस्ताव गरिएको छ । मस्यौदामा उत्पादक, वितरक र बिक्रेता गरी तीन तहको मात्र बजार हुनुपर्ने र अन्तिम उपभोक्तासम्म वस्तु तथा सेवा पुग्ने गरी बजार प्रणाली विकास गर्नुपर्ने सुझाव दिइएको छ । यो निर्देशिका अनुसार अब विभिन्न जस्तुमा प्रवेश गर्ने बिचौलियाहरुको धन्दा सखाप हुनेछ । अनावश्यक रुपमा उपभोक्तलाई महँगो मूल्य तिर्न वाध्य पार्ने बिचौलियाहरुलाई सरकारको यो कदमले धक्का लागेको छ । विभागका प्रवक्ता रवीन्द्र आचार्यले बजारमाा बिचौलियाहरु बढेकोले यस्तो प्रस्ताव गरेको बताए । ‘लकडाउनको समयमा पनि बजारमा धेरे बिचौलियाहरु बढे, एउटा सामान्य वस्तुमा पनि विभिन्न तहका बिचौलियाले गर्दा त्यसको मूल्य उपभोक्ता महँगो तिर्नु पर्यो, यसको अन्त्यका लागि हामीले यस्तो तयारी गरेका हौं,’ उनले भने । बिचौलियाको कारण उपभोक्ताले वस्तु सही मूल्यमा खरिद गर्न नपाउने भएपछि हामीले तीन तहका व्यापारी छनोट गरेर अगाडि बढ्ने उनले बताए । अब उत्पादन गर्नेले नै तह निर्धारण गरी अर्थात बितरक बनाएर वस्तु खरिद बिक्रिी गर्ने तयारी भइरहेको उनको भनाई छ । ‘बजारको तह जति कम हुन्छ, उपभोक्ताले पनि कम मूल्यमा वस्तु पाउँछन्, उत्पादनकर्ता र पैठारीकर्ताले वस्तु एवं सेवाको प्रकृति, प्रतिस्पर्धाको अवस्था, उपभोक्ताको चाहना तथा भौगोलिक अवस्थितिलगायत आधारमा बजारको तह तीनभन्दा बढी नहुने गरी निर्धारण गर्नुपर्छ,’ उनले भने । मस्यौदामा उत्पादक, वितरक र विक्रेता गरी तीन तहको मात्र बजार हुनुपर्ने र अन्तिम उपभोक्तासम्म वस्तु तथा सेवा पुग्ने गरी बजार प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गरिएको उनले बताए । बजारमा बिचौलियाहरुको तह कम गरेर मुनाफासमेत निर्धारण गरिदिनुपर्ने मस्यौदामा उल्लेख भएको बताइएको छ । मस्यौदामा उल्लेल भए अनुसार उत्पादकलाई बढीमा २०, आयातकर्तालाई १५ र थोक बिक्रेतालाई १० प्रतिशत नाफा हुने गरी मस्यौदा तयार गरिएको उनले बताए । ‘एउटै वस्तुको उत्पादनदेखि उपभोक्तासम्म आइपुग्दा १०–११ तहसम्मका व्यापारीहरू संलग्न भएको पाइयो, जुन बजार अनुशासनबाहिरको विषय हो, चाहिने मात्र व्यवसायीको संलग्नता कायम गराई मूल्य घटाउने र बजारमा हाल कायम रहेको बेथिति हटाउने उद्देश्यले यो मापदण्ड ल्याउन लागेका हौं, उनले भने ।’