मासिक पाँच लाख कमाउने किसानको सुझाव- हाम्रै माटोमा केही गरौँ
फाईल फाेटाे पाेखरा । केही गर्छु भन्ने दृढ इच्छा शक्तिका साथ लाग्ने हो भने बाँझो जग्गाबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने तथ्यलाई यहाँका कृषकले थप प्रमाणित गरेका छन् । पोखरा महानगरपालिका–१४ छिनेडाँडास्थित राधिका एकीकृत कृषि समूहमा आबद्ध कृषकले भैँसीको दूध र तरकारी बिक्री गरेर मासिक पाँच लाखभन्दा बढी आम्दानी गरेका छन् । उनीहरुले आफूले मात्र आम्दानी गरेको नभएर कैयौँ युवालाई रोजगारी पनि दिएका छन् । लामो समयदेखि बाँझो रहेको १६ रोपनी जग्गा भाडामा लिएर सञ्चालन गरेको व्यावसायिक पशुपालन र तरकारी खेतीमा हालसम्म रु एक करोड ५० लाखभन्दा बढी लगानी भएको सो फर्मका किसानले जनाएका छन् । सो कृषि फर्मले विभिन्न शीर्षकमा नेपाल सरकारबाट रु १४ लाख २५ हजार अनुदानसमेत प्राप्त गरेको छ । उक्त फर्ममार्फत कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (इकाइ) तरकारी सुपरजोनको रु १३ लाख ७५ हजार अनुदान र फर्मका तर्फबाट दुई लाख ५० हजारको लागतमा निर्माण गरिएको तापानुकूलित हाइटेक निर्माण गरी मौसमी एवं बेमौसमी तरकारी खेती गरिएको छ । गोठमा रहेका २४ वटा माहु भैँसीमध्ये १९ वटाले दैनिक ९० लिटर दूध दिन्छन् । प्रतिलिटर शुद्ध दूध रु एक सय ४० मा बिक्री गर्ने गरिएको छ । यसरी मासिक रु तीन लाख ७८ हजार बराबरको दूध बिक्री गर्ने गरेको उक्त कृषि समूह सञ्चालक समितिका अध्यक्ष मोहनबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार त्यस फर्मले भैँसीपालनतर्फ कृषि विज्ञ केन्द्र पोखराबाट रु ६० हजार मूल्य बराबरको उन्नतजातको राँगो र पोखरा महानगरपालिकाबाट बायोग्यास प्लान्टका लागि रु ५० हजार अनुदान प्राप्त गरेको छ । सरकारी स्तरबाट आवश्यक सहयोग प्राप्त हुने हो भने ५० वटा दुहुना भैँसी पु¥याउने फर्मको लक्ष्य रहेको उनको भनाइ छ । “फर्ममा उत्पादित दूध र तरकारी बिक्री हुँदैन कि भन्नै पर्दैन, ग्राहक बिहान–बेलुका फर्ममै आउँछन्”, उनले भने, “दूधमा गोठदेखि सबैतर्फ शुद्धतामा ध्यान दिइएका छौँ, फर्ममा उत्पादित भैँसीको दूधमा आठ प्रतिशत फ्याट (बाक्लो या चिल्लोपन) हुन्छ, हामीलाई लाग्छ हामीले निकै शुद्ध र ताजा दूध उपलब्ध गराइरहेका छौँ ।” सर्लाही जिल्लाबाट रु एक लाख ४० हजारमा खरिद गरेर ल्याएको एउटा भैँसीले अहिले पनि दैनिक १५ लिटर दूध दिने गरेको छ । उन्नत जातका भैँसीका पाडी हुर्काउने अभियान नै सञ्चालन गरेको उनको भनाइ छ । छिमेकी मुलुक भारतबाट खरिद गरेर ल्याएको भैँसी दूध दिने अवस्थासम्म दुहुने र दूध घट्ने बित्तिकै मासुमा बिक्री गर्दा व्यक्तिलाई फाइदा भए पनि राज्यलाई आर्थिक रुपमा ठूलो नोक्सान हुने हुँदा पशुपालनसँगै पाडापाडी हुर्काउनेलाई सरकारी स्तरबाट उचित अनुदानको व्यवस्था गर्नुपर्नेमा पशुपालक कृषकको जोड रहेको छ । विसं २०७३ मा दर्ता गरी सञ्चालनमा आएको फर्मले यस पटक छवटा पाडा बिक्री गरेर ९० हजार आम्दानी गरेको छ । भारतमा गएर भैँसी खरिद गर्नुभन्दा गोठमै पाडी हुर्काउने लक्ष्य फर्मको छ । गोठमा अहिले विभिन्न उमेरका १६ वटा पाडापाडी हुर्कंदै गरेका छन् । दानामा नभई घाँसमा आधारित भैँसीपालनलाई जोड दिँदै आएको फर्मले १०० रोपनी जग्गामा उन्नत जातको मकै, नेपियर लगायतका विभिन्न दुधालु जातका घाँसका बिरुवा लगाएको छ । उत्पादित घाँसलाई दानामा मिसाएर भैँसीलाई खुवाउँदा दूधमा फ्याटको मात्रा बढी हुनाका साथै भैँसीको स्वास्थ पनि राम्रो हुने गरेको उनको भनाइ छ । पशुपालनसँगै नेपाल सरकार कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (इकाइ) तरकारी सुपरजोनको अनुदानमा निर्माण गरिएको हाइटेक (हरितगृह) मा यतिखेर गोलभेँडा लटरम्म फलेका छन् । भैँसीको मललाई विभिन्न जैविक घाँसहरु राखेर १५ दिनसम्म छोपेपछि बनेको कम्पोष्ट मल तरकारी बारीमा राख्दा टनेलभित्र लगाएको तरकारीले राम्रो उत्पादन दिनुका साथै उपभोक्ताको स्वास्थ्यको समेत ख्याल गरी अर्गानिक उत्पादनमा जोड दिँदै आएको सञ्चालक समितिका सचिव ललितबहादुर बानियाँले जानकारी दिए । एक रोपनी क्षेत्रफलमा रहेको जमीनमा पोखरा–२० भलामस्थित हमाल एग्रिकल्चर एन्ड भेजिटेबल नर्सरीबाट खरिद गरेर चैतको अन्तिम सातामा रोपेका ७३० वटा बिरुवाले यतिखेर लटरम्म फल दिन थालेका छन् । अहिले दैनिक कम्तीमा ३० केजी गोलभेँडा उत्पादन हुने गरेको छ, प्रतिकेजी रु ७० मा बिक्री गर्दै आएको उनको भनाइ छ । “यस मौसममा गोलभेँडा बिक्री गरेर न्यूनतम रु १० लाख आम्दानी गर्ने हाम्रो लक्ष्य छ”, उनले भने, “बारम्बार आउने हावाहुरीसहितको असिना पानीले टनेलको प्लाष्टिक उडाउँदा रोगको प्रकोप बढेसँगै उत्पादनमा समेत कमी आउने गरेको छ ।” बेलायतमा पाँच वर्ष बसेर स्वदेश फर्कनुभएका उहाँले जन्मभूमिमै परिवारसँगै बसेर पनि केही गर्न सकिन्छ भन्ने सोचका साथ स्थानीय १५ जनाको समूह बनाएर फर्म दर्ता गरी अरूलाई पनि पशुपालन र तरकारी खेती गर्न प्रेरित गर्दै आएका छन् । सो समूहले आफ्नाे निजी खर्च रु १८ लाखको लागतमा निर्माण गरेको टनेलभित्र लगाएको भक्तपुरे लोकल काँक्रोका ६०० बिरुवाले चैतदेखि उत्पादन दिन शुरु गरेको थियो । काँक्रो बिक्रीबाट यस मौसममा रु ९० हजार आम्दानी भएको सो फर्म सञ्चालक समितिका सदस्य हरिबहादुर कार्कीले बताए । “बजारमा शुरुमा प्रतिकेजी रु ८० र पछिल्लो समयमा रु ५५ मा काँक्रो बिक्री भयो”, उनले भने, “उत्पादित काँक्रो फर्मबाटै बिक्री हुने गरेको छ भने केही बाँकी आसपासका उपभोक्ता बस्तीमा पु¥याएर समेत बिक्री गर्ने गरेका छौँ ।” उनका अनुसार टनेलभित्र बेमौसमी तरकारी खेती गरिँदै आएको र काँक्रो हटाएपछि साग रोपिएको छ । अहिले सागले पनि आम्दानी दिन शुरु गरेको छ । विशेषतः टनेलमा गोलभेँडा, काँक्रो, सिमी, धनियाँ, सागबाट राम्रो आम्दानी हुने गरेको छ । फर्ममा हाल आठजनाले प्रत्यक्ष रोजगार पाएका छन् । उनीहरुको मासिक पारिश्रमिकमा मात्र रु एक लाख १० हजार खर्च हुने गरेको छ । उनीहरुका लागि खाना र बासको समेत फर्मले छुट्टै व्यवस्था गर्दै आएको छ । पशुपालन एवं तरकारी खेतीको लागि अत्यावश्यकरुपमा रहेको पानीका लागि रु २२ लाखको लागतमा डिप बोरिङ खनेर पानीको व्यवस्था गर्दै आएको फर्मले सहुलियत ब्याजदरमा विभिन्न बैंकबाट रु ७५ लाख ऋण लिएको जनाएको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिम कम गर्नका लागि घोषित बन्दाबन्दीका कारण फर्ममा भैँसीपालन र तरकारी खेतीमा प्रत्यक्ष प्रभाव परेको छ । गुणस्तरीय दाना र आवश्यक परालको अभावमा दिनप्रतिदिन भैँसी कमजोर बन्दै गएको र दूध उत्पादनसमेत घट्दै गएको छ । ढुवानी सेवा प्रभावित हुँदा विशेषगरी पशुपालनमा समस्या सिर्जना भएको हो । यतिखेर घाँसमा जोड दिइएको छ ।
सवारी साधन किन्न खोज्नेलाई सुवर्ण अवसरः मासिक ८ हजार ८ सय किस्तामै नयाँ कार, बाइक पुरै उधारोमा
काठमाडौं । कोरोना भाइरस संक्रमण (कोभिड १९) नियन्त्रण र रोकथामका लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी रुपमा लागू गरेको लकडाउनले नयाँ सवारीसाधन किन्न चाहनेलाई अवसर बनेर आएको छ । सरकारले जारी गरेको लकडाउन जेठ २५ देखि खुकुलो बन्दै गएपछि दुई पांग्रे तथा चार पांग्रे सवारी साधनको आधिकारिक नेपाली विक्रेताले आकर्षक योजना ल्याएका छन् । यस्ता योजनामा मासिक १० हजार रुपैयाँ किस्तामा नयाँ कार पाइनेदेखि एक रुपैयाँ पनि डाउनपेमेन्ट नगरी बाइक किन्न पाइने स्कीम छन् । सरकारले साढे २ महिनाभन्दा लामो समयदेखि बजार बन्द गराएको कारण केही सहज भएसँगै सवारी साधन विक्रेता आक्रामक ढंगले बजार विस्तारमा लागेका हुन् । सरकारले जारी गरेको लकडाउनको समयमा उद्योग व्यवसायको लागि कर्जाको माग हुन छोडेपछि बैंक तथा वित्तीय संस्थाहरु पनि उपभोग कर्जामा बढी केन्द्रीत भएका छन् । यही सन्दर्भमा हामीले मोटरसाइकल, स्कुटर तथा कारमा विभिन्न कम्पनीले अहिलेसम्म जारी गरेका नयाँ योजना के कस्ता छन भन्ने विषयमा केही जानकारी दिने प्रयास गरेका छौं । कार हुन्डाईका कार किन्दा किस्तामा ५० प्रतिशत छुट हुन्डाई ब्राण्डका कार किन्नेले मासिक किस्तामा ५० प्रतिशत छुट पाउने भएका छन् । नेपालको लागि हुन्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोरोना भाइरसले ल्याएको चुनौतिहरुसँग सामना गरी अघि बढ्न हिम्मत र हौसला प्रदान गर्नको लागि भन्दै आफ्नो गाडी खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्ताको ५० प्रतिशत रकम तिरिदिने जनाएको छ । ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, आगामी आर्थिक वर्षको निःशुल्क सडककरका साथै स्पट एक्स्चेन्ज र सरल फाइनान्सको सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । मासिक किस्ता ८ हजार ८ सयमा सेन्ट्रो हुन्डाई मोटर्सले उत्पादन गरेको सेन्ट्रो कार मासिक ८ हजार ७ सय ७६ रुपैयाँ किस्तामा पाइन्छ । कम्पनीले सार्वजनिक गरेको अफरमा सुरुको एक वर्षसम्म मासिक किस्ताको ५० प्रतिशत रकम कम्पनीले र ५० प्रतिशत रकम ग्राहकले तिर्नु पर्ने हुन्छ । हुन्डाईका गाडी किन्न चाहने ग्राहकले न्यूनतम १०.२२ प्रतिशत व्याजदरमा अटोलोन पाउने व्यवस्था मिलाइएको छ । सेन्ट्रोको सबैभन्दा सस्तो कार इराको मूल्य २३ लाख ९६ हजार रुपैयाँ छ । यसमा कम्पनीले १ लाख रुपैयाँ नगद छुट दिने जनाएको छ । छुटसहित हिसाव गर्दा ग्राहकलाई यसको मूल्य २२ लाख ९६ हजार रुपैयाँ मात्र पर्नेछ । ग्राहकले यसलाई ८ वर्षको लागि किस्ता बनाएर किन्न सक्ने छन् । सुरुवातमा ५० प्रतिशत डाउन पेमेन्ट गरेपछि बाँकी ११ लाख ४८ हजार रुपैयाँलाई ग्राहकले मासिक किस्तामा तिर्दा १७ हजार ५ सय ५३ रुपैयाँका दरले तिर्नुपर्ने हुन्छ । मारुती सुजुकी कार किन्न २५ प्रतिशत डाउन पेमेन्ट गरे पुग्ने मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले कोरोना भाइरसको संक्रमणको कारण लामो लकडाउनले मानिसको आम्दानीमा ह्रास आएको समयमा २५ प्रतिशत डाउन पेमेन्टमा कार किन्न सक्ने योजना ल्याएको छ । कम्पनीको यो योजनामा ग्राहकले मूल्यको २५ प्रतिशत मात्र डाउन पेमेन्ट गरे पुग्नेछ । यो अफर मारुती सुजीकीको स्वीफ्ट कारमा हो । अहिले नेपालमा स्वीफ्टका दुई भेरियन्ट भिएक्सआई र जेडएक्सआई मोडल विक्री भइरहेका छन् । यी कारको मूल्य क्रमशः २९ लाख ९९ हजार र ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यी दुबै मोडल किन्न चाहने ग्राहकलाई कम्पनीले १ लाख रुपैयाँ नगद छुट दिएको छ । त्यसैकारण भिएक्सआई भेरियन्टको खरिद मूल्य २८ लाख ९९ हजार र जेडएक्सआई भेरियन्टको ३१ लाख ९९ हजार रुपैयाँ हुन्छ । ड्याटसनकाे कारमा ३ लाख छुट, मासिक किस्ता १५ हजार नेपालमा पाइने कारमा ड्याटसनको रेडी गो सबैभन्दा सस्तो कार हो । डाट्सनको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले अहिले गाडी किन्नेलाई ६ महिनापछि मात्रै किस्ता तिर्दा हुने योजना ल्याएको छ । यो कारको मूल्य १९ लाख ९९ हजार रुपैयाँ छ । यो मूल्यमा पनि कम्पनीले ७५ हजार रुपैयाँ नगद छुट प्रदान गरेको छ । यस हिसावले यो गाडीको मूल्य १९ लाख २४ हजार रुपैयाँ हुन्छ । यो कारको मूल्य १९ लाख २४ हजार रुपैयाँ कायम भएपछि यसलाई किन्न चाहने व्यक्तिगत ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । त्यसको लागि ग्राहकले ९ लाख ६२ हजार रुपैयाँ जम्ममा गर्नु पर्ने हुन्छ । बाँकी ९ लाख ६२ हजार रुपैयाँ कर्जा लिएर गाडी किन्न पाइन्छ । कर्जाको व्याजदर ७ वर्षसम्मको लागि १० प्रतिशत कायम गरिएको छ । यो हिसावले मासिक किस्ता १५ हजार ९ सय ७० रुपैयाँ हुन्छ । कम्पनीले ६ महिनाको किस्ता आफैले तिरिदिने घोषणा गरेको छ । ६ महिनापछि ग्राहकले आफैँ मासिक किस्ता नियमित रुपमा बैंकलाई बुझाउनु पर्ने हुन्छ । कम्पनीले डाउन पेमेन्टमा थप सहजता प्रदान गरिएको जनाएको छ । व्यक्तिगत ग्राहकले मूल्यको ५० प्रतिशत अनिवार्य डाउन पेमेन्ट गर्नु पर्छ । त्यसअनुसार डाउन पेमेन्ट गर्नु पर्ने ९ लाख ६२ हजार रुपैयाँ मध्ये गाडी किन्नेले सुरुवातमा ५ लाख ७७ हजार २०० रुपैयाँ डाउन पेमेन्ट गर्दा हुने योजना छ । बाँकी रकम ३ लाख ८४ हजार ८ सय रुपैयाँलाई चार महिनाभित्र तिरिसक्ने गरी कम्पनीले व्यवस्था मिलाएको जनाएको छ । यसमा कुनै व्याज नलाग्ने कम्पनीको भनाई छ । पायोनियर मोटोकर्पका अनुसार कम्पनीले एउटा रेडी गोमा करिब ३ लाख रुपैयाँ छुटको अफर दिएको छ । मासिक १० हजार किस्तामा फक्सवागन पोलो विश्व प्रसिद्ध जर्मन ब्राण्ड फक्सवागनले मासिक १० हजार रुपैयाँ किस्तामा नयाँ कार दिने अफर ल्याएको छ । फक्सवागनले पोलो कारमा यस्तो अफर ल्याएको हो । यो कारको नेपालका लागि आधिकारिक विक्रेता पुजा इन्टरनेशनल हो । पोलो कारको मूल्य नेपाली बजारमा २९ लाख ४५ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले अहिले पोलो किन्ने ग्राहकलाई फ्रि एसोशरिज, एक वर्षको सडक दस्तुर, सरल फाइनान्स सुविधा, ४ वर्षसम्म निःशुल्क सर्भिसिङ जस्ता अफरहरु गरेको छ । प्रायः सबै गाडीमा यस्तो सुविधा भने पाइन्छ । कम्पनीले ल्याएको अफरमा ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ भने बाँकी रकमलाई ७ वर्षको मासिक किस्तामा किन्न सकिन्छ । १० प्रतिशत व्याजदरमा पोलो किन्दा मासिक किस्ता २४ हजार ४ सय ४५ रुपैयाँ हाराहारीमा पर्छ । तर, उक्त मासिक किस्ता एक वर्षसम्म ग्राहकले मासिक १० हजार रुपैयाँ तिरे पुग्छ भने बाँकी रकम कम्पनीले तिरिदिने छ । गाडीको १३ औं किस्ताबाट ग्राहकले पुरै लाग्ने २४ हजार ४ सय ४५ रुपैयाँ तिर्नु पर्ने हुन्छ । मोटरसाइकल र स्कुटर टीभीएसका बाइकको मासिक किस्ता ९९ रुपैयाँ टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई कम्पनीले सजिलो फाइनान्स सुविधा सहितको स्कीम ल्याएको छ । टीभीएसका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ योजना ल्याएको हो । कम्पनीले नगद रकम तिरेर मोटरसाइकल किन्नेलाई १२ हजार र स्कुटर किन्नेलाई १० हजार रुपैयाँ नगद छुटको योजना ल्याएको छ । डाउन पेमन्ट नगरी किन्न पाइने र कर्जाको व्याज तिर्नु नपर्ने जस्ता अन्य योजना पनि कम्पनीले सार्वजनिक गरेको छ । डाउन पेमेन्ट नगरी मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले केही महिनाको लागि मासिक ९९ रुपैयाँ मात्र तिरेर अहिलेको अफ्ठ्यारो समयमा मोटरसाइकल किन्न सक्ने छन् । यो योजनामा संगठित क्षेत्रमा काम गर्ने मानिसले मात्र सहभागिता पाउने कम्पनीको योजना छ । यस योजनामा मोटरसाइकल तथा स्कुटरको सम्पूर्ण रकम २६ महिनामा तिर्नु पर्ने हुन्छ । सुरुको ४ महिना ९९ रुपैयाँ मासिक किस्ता र त्यसपछि बाँकी २२ किस्तामा सम्पूर्ण रकम भुक्तानी गर्नु पर्ने कम्पनीले जनाएको छ । शुन्य प्रतिशत व्याज योजनामा ग्राहकले सुरुमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ भने बाँकी रकम १२ किस्तामा तिर्नु पर्ने हुन्छ । यामाहाका बाइक किन्दा डाउन पेमेन्ट नचाहिने, व्याज तिर्दिन भन्न पनि पाइने यामाहा कम्पनीका मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लुले नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अफरमा शुन्य प्रतिशत व्याजदर, शुन्य डाउनपेमेन्ट र नगद १० हजार डिस्काउन्टसमेत गरि तीन योजना छन् । लकडाउनका कारण सबै प्रकारका काम बन्दको असहज परिस्थितिमा मोटरसाइकल किन्न चाहने ग्राहकले तीन मध्ये कुनै एक योजना छनोट गर्न सक्ने छन् । यी तीन प्रकारकै योजना यामाहाका सबै प्रकारका मोटरसाइकल तथा स्कुटरमा लागू हुने कम्पनीले जानकारी दिएको छ । होन्डाका बाइक किन्दा १ रुपैयाँ डाउन पेमेन्ट, १ रुपैयाँ मासिक किस्ता र १ प्रतिशत व्याज होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले १ रुपैयाँ डाउन पेमेन्ट, १ प्रतिशत व्याज र १ रुपैयाँ मासिक किस्ताको अफर गरेको छ । यो योजना होन्डाका अधिकांश मोटरसाइकल खरिदमा लागू हुने कम्पनीले जानकारी दिएको छ । तर, यो योजना अनुसार बाइक वा स्कुटर किन्दा निश्चित समयपछि भने तोकिए अनुसारको व्याज र किस्ता तिर्नुपर्छ । सुजुकीको मोटरसाइकलमा १५ हजार नगद छुट सुजुकी मोटरसाइकलको बिक्रेता कम्पनी भिजी सुजुकीले नगद छुटको अफर ल्याएको छ । सुजुकीले एउटा मोटरसाइकलमा १५ हजार रुपैयाँ छुटको अफर ल्याएको हो । ‘उतार चडाव आइरहन्छ, सुजुकीको साथ रहिरहन्छ’ नाराका साथ नयाँ योजना सार्वजनिक गरेको छ । कोरोनाको कारण जारी लकडाउनको मोडालिटी परिर्वतन भएसँगै कम्पनीले नयाँ योजना सार्वजनिक गरेको हो । सुजुकीको यो योजना असार १ गतेदेखि लागू भएर असार ३१ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ । यो योजनामा मोटरसाइकल किन्ने ग्राहकले नगद १५ हजार रुपैयाँ छुट प्राप्त गर्ने छन् । ग्राहकले जुनसुकै अवस्थामा मोटरसाइकल खरिद गर्दा पनि यो योजनाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले नगद, एक्सचेन्ज र फाइनान्स जसरी मोटरसाइकल किनेपनि नगद १५ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् । बेनेली मोटरसाइकलमा ३५ हजारसम्म छुट, परिवारकै कोरोना बीमा सित्तैमा बेनेली नेपालको आधिकारिक शोरुम युनिटी ट्रेडिङले लकडाउन अफर सार्वजनिक गरेको छ । कम्पनीले कोभिड १९ को असरलाई लक्षित गर्दै स्कीम सार्वजनिक गरेको हो । कम्पनीले आफ्नो मोडल अनुसार छुट्टा छुट्टै अफर ल्याएको छ । योजनामा कम्पनीले बेनेलीको सेफ्टी गियर, नगद छुट तथा ग्राहकको परिवारको कोरोना बीमा समेत गर्ने योजना ल्याएको छ । बेनेली लियन्सीनो २५० खरिद गर्दा ग्राहकले बेनेलीको ज्याकेट, १ बर्षको रोड ट्याक्स, ३ हजार बराबरको हेलमेट, बाइक कभर, रेनकोट जस्ता सुविधा पाउने छन् । लियन्सीनो २५० मोटरसाइकल खरिदकर्ताको परिवारको कोराना बीमा कम्पनीले गरिदिने छ । यसमा कम्पनीले एक्सचेन्ज तथा फाइनान्स सुबिधा समेत उपलब्ध गराउने जनाएको छ । यस्तै टीएनटी १५ र टीएनटी १५ आई खरिद गर्ने ग्राहकले दुबै मोडलमा नगद ८ हजार रुपैयाँ छुट पाउने छन् । यसमा १ बर्षको रोड ट्याक्स, ३ हजार बराबरको हेलमेट, बाइक कभर, रेनकोट जस्ता अफर रहेका छन् । यो मोटरसाइकल किन्ने ग्राहकको परिवारको कोराना बीमा कम्पनीले गरिदिने छ । यसमा समेत एक्सचेन्ज तथा शून्य प्रतिशत व्याजदरमा फाइनान्स सुबिधा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । मिनी मोटरसाइकल टीएनटी १३५ मा ग्राहकले नगद ३५ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् । एक वर्षको रोड ट्याक्स, ३ हजार बराबरको हेलमेट, बाइक कभर, रेनकोट जस्ता अफर यसमा पनि पाउन सकिन्छ । यो मोटरसाइकल खरिदकर्ताको परिवारको कोराना बीमा कम्पनीले गर्ने छ भने ९ वटा फ्रि सर्भिस कुपन तथा एक्सचेन सुबिधा दिने जनाएको छ । केटीएम बाइकमा ४० हजार छुट अस्ट्रियन मोटरसाइकल कम्पनी केटीएमको लागि नेपालको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी नयाँ स्कीम ल्याएको छ । कम्पनीले केटीएम २५० मोटरसाइकलमा नगद ४० हजार रुपैयाँ छुटको योजना सार्वजनिक गरेको हो । यस योजनमा केटीएमको ड्यूक २५० मोटरसाइकल खरिदगर्दा ४० हजार रुपैयाँ नगद छुट पाइने छ । बिएमडब्ल्यूका मोटरसाइकलमा ६५ हजार छुट बिएमडब्ल्यू मोटरसाइकलको नेपालको लागि आधिकारीक वितरक टर्क मोटर्सले ६५ हजार बराबरको छुट अफर सार्वजनिक गरेको छ । बिएमडब्ल्यू मोटरसाइकल किन्नको लागि सजिलै फाइनान्स तथा एक्सचेन्जको समेत सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । मोटरसाइकल किन्दा बिएमडब्ल्यूको एड्भान्स प्याकेजमा ज्याकेट, टाउजर, ग्लोबस् र विभिन्न एसोसरिजहरु अफर गरिएको छ । यी ग्याजेट्सको मूल्य करिब ६५ हजार रुपैयाँ हुने कम्पनीको भनाइ छ । अर्काे योजनामा हेल्मेट, बीमा र ३ वर्षसम्मको बीमा सुविधा कम्पनीले उपलब्ध गराउने छ । यो अफर पनि ६५ हजार रुपैयाँ बराबरकै हुने कम्पनीको भनाइ छ । भेष्पा र अप्रिलियाका स्कूटरमा नगद छुट भेस्पा र अप्रिलिया स्कूटरको नेपालका लागि अधिकारिक बिक्रेता दुगर्ड ब्रोदर एन्ड सन्स पनि नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले भेष्पा र अप्रिलियामा नगद ५ हजार रुपैयाँ छुट दिने जनाएको छ । साथै, भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुट म्याट, स्कुटर कभर, किरिङ जस्ता मर्चेन्टडाइज उपलब्ध गराउने जनाएको छ । यसको अलावा कम्पनीले नै दुई वर्षको सडक दस्तुर तिरिदिने योजना ल्याएको छ । पल्सर बाइक किन्न आधा ऋण पाइने, व्याज तिर्नु नपर्ने पल्सर मोटरसाइकल नेपालमै एसेम्बल गरी विक्री गर्दै आएको बजाजले पनि नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनमा पल्सर १५० मोटरसाइकल शून्य प्रतिशत व्याजदरदेखि नगद छुटसम्ममा खरिद गर्न सकिने छ । रेगुलर मोडलमा मोटरसाइकल खरिद गर्दा ग्राहकले १२ हजार रुपैयाँ छुट प्राप्त गर्ने छन् । शुन्य प्रतिशत व्याजदरमा मोटरसाइकल खरिद पाइने अर्काे स्कीम पनि छ ।
पञ्चकन्या स्टिलल सार्वजनिक गर्यो नयाँ फलामे छड
काठमाडौं । पञ्चकन्या स्टिलले उत्कृष्ट लचकता भएको अर्को उत्पादन ५५०एक्स.डी. र ५०० एक्स.डी. नयाँ फलामे छड सार्वजनिक गरेको छ । पञ्चकन्या प्राईम स्टिलमा शुद्ध रासायनिक तत्व सल्फर, फोस्फरस तथा न्यून कार्बनको प्रयोग भएको छ । जसले गर्दा यसमा उच्च लचकता, लम्बाईको आकारमा पनि एकरुपता र आकर्षक रिवारले युक्त छ । ५०० डी मा जस्तै यसको शक्तिमा पनि एकरुपता तथा बारहरुलाई धेरै भन्दा धेरै तन्काउन सकिने क्षमता र ठुलो भुकम्पमा पनि क्षति नपुग्ने गरी लामो आयु भएको कम्पनीको दावी छ । नयाँ रिब्ड डिजाइन भएको ५०० एक्स्.डी. र ५५० एक्स.डी. प्रति युनिटको लम्बाईमा त्यसको पारदर्शीता स्पष्ट देखिने भएकाले यसलाई अझ बढी सुदृढ र बलियो बनाएको छ । यसले कन्क्रिटमा पनि सजिलै पकड गर्ने क्षमता राख्दछ । पञ्चकन्या ५०० एक्स्.डी. जुनसुकै विकासका पूर्वाधारका कामहरु र ५५० एक्स्.डी. का छडहरु ठुलाठुला आयोजना तथा अग्लाअग्ला निर्माणका लागि हुने दृढता साथ पैसाको पनि बचत हुने हुन्छ । उच्च लचकता भएका रिबारहरु ८ मी.मी. र ४० मी.मी. साईजमा उपलब्ध गराउन सकिनेछ । एक्स्.डी. ग्रेडका उच्च गुणस्तर भएका बारहरुमा कम्पनीले कुनै पनि मूल्य वृद्धि गरेको छैन र ५०० डी ग्रेड पुरानै मुल्य अनुसार नै उपलब्ध गराइने कम्पनीले जानकारी गराएको छ ।