चौधदिन सम्म संचालन हुने भारतिय व्यापार मेला बुधबार देखि नयाँ दिल्लीमा सुरु

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित प्रगति मैदानमा बुधबारदेखि “India International Trade Fair 2018” सुरु भएको छ । आयोजक राष्ट्र भारत र नेपाल सहित विश्वका १९ राष्ट्रहरुको उक्त मेलामा सहभागिता रहेको थियो । मेलामा विषेशगरी घरेलु सामान, विद्युतीय सामान, जुटजन्य कपडा, कस्मेटिक सामानहरु, इलेक्ट्रिक सामान स्वास्थ्य सम्बन्धि उपकरणहरु, हस्तकलाका सामग्री एवंम गरगहना, पश्मिनाका कपडाहरु आदी प्रदर्शनमा राखिएका छन् । India Trade Promotion Organization ले आयोजना गरेको उक्त मेलामा Partner Country को रुपमा अफगानिस्तान रहेको छ भने Focus Country मा नेपाल रहेको छ । नोभेम्बर १४ देखि २७ सम्म संचालन हुने उक्तमेलामा भारतका केन्द्रिय वाणिज्य एवं उद्योग राज्य मन्त्री सि.आर चौधरी र केन्द्रिय संस्कृति राज्य मन्त्री महेश शर्माले संयुक्त रुपमा उद्घाटन गरेका थिए । नेपाल, चीन, हङ्कङ्, इरान, म्यानमार,नेदरल्याण्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिया, थाईल्याण्ड, टर्की, ट्युनिसिया, भेयतनाम, संयुक्त अरब ईमिरेट्स, अफगानिस्तान लगायतका राष्ट्रहको स्टल अन्तराष्ट्रिय पेभिलियमको ९ र १० नं. को हलमा रहेको छ । नेपालबाट खासगरि काष्ठकला  सामान, सोभिनियर खुकुरी, धातुबाट बनेका सामान, हस्तकलाका सामानहरु, पश्मिनाका कपडा एवं आर्टका सामान प्रदर्शन र विक्री वितरणमा राखिएको छ ।भारतीय अन्तर्राष्ट्रिय ८ सयवटा स्टल रहेको उक्त मेलामा नेपालजस्तो विकासन्मुख राष्ट्रले आफ्नो देशमा उत्पादन भएका सामानहरु प्रदर्शन गर्दा निर्यात व्यापारमा फड्को मार्न सक्ने आशा रहेको छ । नेपाली बस्तु एवं सेवालाई अन्तर्राष्ट्रिय बजारमा पहिचान गराउने उद्देश्यले दिल्लीस्थित नेपाली दुतावासले नेपालबाट कलाकारहरु आमन्त्रण गरी मेलाको दोस्रो दिन आज सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

कामना सेवा विकास बैंकद्धारा नगद तथा जिन्सी प्रदान

काठमाडौं । कामना सेवा विकास बैंकले १२औं बार्षिक उत्सवको अवसरमा नगद तथा जिन्सी प्रदान गरेको छ । काठमाडौंमा भएको कार्यक्रममा बैंकका संचालक समिति अध्यक्ष सुदिप आचार्यबाट जीवनका लागि भोजन नेपाल, बुढानिलकण्ठकी अपरेसन म्यानेजर अपरा थापालाई दुई लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । त्यस्तैगरी, अर्को संस्था श्री भद्रकाली आधारभुत विद्यालय, बुढानिलकण्ठमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई जाडो बाट बच्नको लागि न्यानो कपडा (स्वीटर) उपलब्ध गराउने घोषणा गरेको छ । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद काफ्लेले सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकाहरुको उज्जवल भबिष्यको लागि आगामी दिनमा पनि अन्य क्षेत्रमा समेत सहयोग गर्दै जाने बताएका छन् । बुटवलमा भएको कार्यक्रममा तिलोत्तमा-१५, रुपन्देही स्थित नेपाल अनाथ आश्रममा रहेका बालबालिकाहरुको जिविकोपार्जनको लागि बैंकले ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । पोखरामा भएको विभिन्न कार्यक्रममा बैंकले पोखरा-३, नदीपुर स्थित महर्षि गुरुकुल विद्याआश्रमलाई २ थान कम्प्युटर, श्री कल्याण आधारभुत विद्यालय, कुमाल गाँउ, लेखनाथलाई १ थान र लेखनाथ आधारभुत विद्यालय, अर्चले, लेखनाथलाई १ थान गरि ४ थान कप्युटर हस्तान्तरण गरेको छ ।

नेपालमै पहिलो पटक बाटोमा छाप्ने पानी सोस्ने व्लक बन्दै, अावश्यकताअनुसार आकार र रंगमा पाइने

काठमाडौं । नेपालमै पहिलो पटक मानिस हिडने बाटो छेउको पेटी तथा खुला कम्पाउण्डहरुमा छाप्ने पानी सोस्ने ब्लकको उत्पादन हुने भएको छ । गोर्खा इको प्यानल अन्तगर्तको गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रा.लि.ले भक्तपुरमै पहिलो पटक यस्तो व्लकको उत्पादन थाल्न लागेको हो । हाल पेटी तथा खुला कम्पाउण्डहरुमा प्रयोग भइराखेका व्लकहरुले पानी सोस्ने क्षमता राख्दैनन् । तिनीहरुको कापबाट निश्चित मात्रामा मात्रै पानी सोसेर जमिनमुनि जाने गर्दछन् । तर उत्पादन गर्न लागिएको यो व्लकले आकाशे पानीलाई पूरै सहतबाटै आफैंले पानी सोसेर सिधै जमिनमुनि पठाउने क्षमता राख्दछ । उत्पादन हुन लागेको यो व्लकमा विशेष प्रविधि अपनाई आकासे पानी सोसेर सिधै जमिनमुनि जानसक्ने गरी बनाइनेछ । यसो हुँंदा काठमाडौं उपत्यकामा पानी पुनर्भरण (ग्राण्ड वाटर रिचार्जिंङ) नहुने समस्या केही हदसम्म कम हुने विश्वास गरिएको छ ।काठमाडौंका सडकहरुमा कालोपत्रे भई वर्षाको पानी पुनर्भरण हुन नपाउँंदा उपत्यकामा वर्षेनी पानीको सतह गहिरिदै गएको छ । काठमाडौं उपत्यकामा वढदो सहरीकरणसँंगै त्यहाँं प्रयोग भएका कंक्रिटले आकाशे पानी जमिनमुनि जान पाएको छैन । आकाशे पानी ढल हुँंदै खोलाबाट समुद्रमा जाने गर्दा विगतका वर्षहरुमा काठमाडौं उपत्यकाका इनारहरु सुक्दै जानुका साथै बोरिंगको पानी धेरै गहिराइमा पुगेको हो । यदि यो पानी सोस्ने व्लक प्रयोग गर्ने हो भने केही हदसम्म यो समस्याको समाधान निस्कने विज्ञहरु बताउँंछन् । गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर राजन दुवालले दुई महिनाभित्र उत्पादन थाल्ने योजना रहेको सुनाए । यसका लागि चीनबाट अध्याधुनिक मेशिन हिडिसकेको पनि उनले जनाए । नेपालमा पानी सोस्ने व्लक उत्पादन हुन लागेको यो पहिलो कम्पनी भएको उनको दावी छ । ईन्जिनियर दुवालले भने, ‘चीनको विभिन्न सहरहरुमा घुमेर यसको प्रयोग भएका ठाउँंहरुको अध्ययनपश्चात त्यहाँंका विशेषज्ञहरुसँंग छलफल गरी नेपालको माटो सुहाउदो यो प्रविधि नेपालमा भित्राउन लागेका हौ ।’ व्लकमा विशेष प्रकारको केमिकल मिसाई गुणस्तरलाई मध्यनजर गरी पानी सोस्नसक्ने गरी उत्पादन गरिने जनाइएको छ । यसको माथि मानिस हिड्न तथा हलुका सवारीसाधन गुडाउँंदा पनि फुटनेलगायतका समस्या नहुने जनाइएको छ । व्लक ग्राहकको चाहना अनुरुप ३५ टन क्षमता भारबहन गर्न सक्ने मोटाई र स्ट्रेन्थ (बलियोपन) हुने कम्पनीले जनाएको छ । आफनो कम्पनीमा रहेको रिसर्च एण्ड डेभलपमेन्ट इकाईले यसको गुणस्तरलाई कायम राख्न भविष्यमा भरसक प्रयत्न गर्दै जाने पनि कम्पनीले जनाएको छ । ‘निर्माण सामाग्रीमा हरित क्रान्ति’ भन्ने नाराका साथ कम्पनीले उत्पादन गर्न लागेको यो व्लक उत्पादनमा कुनै पनि प्रदूषणयुक्त उर्जा प्रयोग नहुने जनाइएको छ । व्लक स्वदेशमै उपलव्ध वालुवा, सिमेन्ट, गिटी र विशेष प्रकारको केमिकल मिसाई बनाइने जनाइएको छ । यसको उत्पादन आवश्यकता अनुसार फरकफरक आकार र रंगहरुमा पाइने जनाइएको छ । व्लक आवश्यकता अनुसार ६० एमएमदेखि एक सय एमएमसम्ममा पाइने कम्पनीले जनाएको छ । यसको प्रयोग सामान्य डकर्मीले पनि गर्न सकिने जनाइएको छ । यो छाप्न विशेष प्राविधिक चाहिँंदैन । प्रत्येक वर्ष एउटाएउटा नयाँं उत्पादन सुरु गर्ने योजना अनुसार यस वर्ष यस्तो व्लक उत्पादन गर्न लागेको गोर्खा इको प्यानलका प्रमख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले जनाए । उनका अनुसार पहिलो पटक सन् २०१५ मा नेपालमै पहिलो पटक गोर्खा इको प्यानल सुरु भएको थियो । योजना अनुसार सन् २०१६ मा प्रिकाष्ट, सन् २०१७ मा विण्डोरको उत्पादन सुरु गरेको थियो । यस अनुसार सन् २०१८ मा व्लकको उत्पादन सुरु गर्न लागेको कम्पनीले जनाएको छ ।