वेस्टर्न युनियनको ‘खुसीको पर्व’ योजना सम्पन्न, वान्ग्मोले जिते ५ लाख रुपैयाँ
काठमाडौं । भुक्तानी सेवा कम्पनी वेस्टर्न युनियन मनी ट्रान्सफरको चाडपर्व लक्षित ‘खुसीको पर्व’ योजना कात्तिक मसान्तबाट सम्पन्न भएको छ । यस योजना अन्तर्गत आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका आफन्तले बिदेशबाट पठाएको रकम प्राप्त गर्दा उपहार स्वरुप रकम नै प्राप्त गरेका थिए । योजनामा लक्कि ड्र मार्फत हरेक दिन १ जना भाग्यशाली विजेताले दैनिक ५५ दिनसम्म १५ हजार रुपैयाँ जितेका थिए । साथै, योजनाको बम्पर पुरस्कार घोषणा मंसिर ३ गते सांग्रीला होटल, लाजिम्पाटमा गरिएको थियो । जसमा छिरिंग वान्ग्मोले बम्पर उपहार स्वरुप ५ लाख रुपैयाँ जितेका छन् । असोज ७ गतेदेखि शुरु भएको यस योजनामा सहभागी हुनको लागी वेस्टर्न युनियन सात वटा मुख्य एजेन्टहरु: अन्नपूर्ण ट्राभल, सि.जि फिन्को, हुलास रेमिटेन्स प्रा.लि, माया रेमिट प्रा.लि., नबिल बैक लि., डिजिटेक रेमिट्यान्स प्रा.लि र सूर्य रेमिट प्रा.लि मार्फत रकम प्राप्त गर्नु पर्ने थियो ।
एनआईसी एशिया बैंक रुपन्देहीको देवीनगरमा
काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देही स्थित देवीनगरमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन प्रदेश नंं ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले गरेका हुन् । हाल बैंकले २६६ शाखा कार्यालयहरु, २७४ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ ।
सिजीको दशै तिहार योजना सम्पन्न हुँदै, इलेक्ट्रोनिक्स क्षेत्रमा पहिलो ब्राण्ड बन्न सफल
काठमाडौं । इलेक्ट्रोनिक्स क्षेत्रमा सि.जी को पहिलो ब्राण्ड बन्न सफल भए छ । सि.जी.ले नेपालीहरुको महान चाड दशैं तथातिहारलाई लक्षितगरि विभिन्न आकर्षक क्यास ब्याक उपहार योजनामा ल्याएको थियो । उक्त योजनामा देश भरीका विभिन्न क्षेत्रका मानिसहरुको ठूलो संलग्नता रहेको थियो । योजनाभन्दापनि धेरै सि.जी.का घरायसी सामाग्रीहरु विक्रीवितरण भएको सेल्स हेड विष्णु ज्ञवालीले बताएका छन् । तसर्थ सोही योजना (भाेली) ७ गते सम्पन हुन गइरहेको हँदा योजनाको फाईदा उठाउनु आग्रह गरेका छन् ।