डोङफेङ नामीको शोरुम नागपोखरीमा खुल्दै
काठमाडौं । डोङफेङ नामीको अत्याधुनिक शोरुम काठमाडौंको नक्सालस्थित नागपोखरीमा खुल्ने भएको छ ।कम्पनीले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी आगामी अक्टोबरको अन्त्यमा उक्त शोरुम तयार हुने जनाएको छ । कम्पनीका अनुसार हालका लागि नक्सालमा अवस्थित सेरेस शोरुमसँगै रहेको स्थानमा ग्राहकले नामीको टेस्ट ड्राइभ गरी यसको फरकपना अनुभव गर्न सक्ने छन् । नेपालमा नामीको आधिकारिक बितरक एमएडब्लु ग्रुप हो र यो देशको सबैभन्दा ठूलो र प्रतिष्ठित अटोमोटिभ ग्रुप हो । यामाहा, जिप, दिपल, फोटोन, सेरेस, स्कोडा, सोकोन र अन्य विभिन्न ब्रान्डको कारोबार गर्दै आएको सो ग्रुपले गुणस्तरीय र ग्राहक सन्तुष्टिमा प्रतिबद्धताका साथ लगातार रुपमा बजारको नेतृत्व गरिरहेको जनाएको छ । कम्पनीका अनुसार नेपालभर डोङफेङ नामीको डिलर नेटवर्क विस्तार कार्य तीव्र रुपमा भइरहेको छ । काठमाडौं उपत्यकामा ललितपुरको थसिखेल, भक्तपुर र नयाँ बजारमा डिलर स्थापित भइसकेको छ । उपत्यका बाहिर पोखरा, चितवन, विराटनगर, नेपालगन्ज र बुटवलमा नेटवर्क विस्तार भएको छ भने दाङ, धनगढी र विर्तामोडमा विस्तार गर्ने योजना छ । हालै सम्पन्न नाडा अटो शो २०२४ मा डोङफेङ नामीले अवलोकनकर्ताहरुबाट उत्साहपूर्ण प्रतिक्रिया पाएको कम्पनीको भनाई छ । यसको इनोभेटिभ फिचर, लक्जरियस इन्टेरियर र एड्भान्स्ड टेक्नोलोजीका कारण डोङफेङ नामीले ग्राहकहरुबाट निकै नै प्रशंसा र माया पाएको थियो । प्रिमियम इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धताका कारण डोङफेङ नामीले व्यापक रुपमा प्रशंसा पाइरहेको छ र नेपाली अटोमोटिभ बजारमा यसले नयाँ बेन्चमार्क सेट गर्ने विश्वास गरिएको छ ।
छक्का पन्जा ५सँगको सहकार्यमा भिबोनले ल्यायो छैन जाल झेल योजना
काठमाडौं । भिबोन कुर्सीले दशै, तिहार र छठको अवसर पारेर कलाकार दिपक राज गिरी र दिपाश्री निरौलालाई ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ । साथै भिबोन र छक्का पन्जा ५ को सहकार्यमा छैन जाल झेल योजना पनि सार्वजनिक गरेको छ । यसयोजनाबाट सबैलाई मौकाको फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ । भिबोनको प्रिमियम फाइबर कुर्सी किउ ६ थानको खरिदमा भिबोनको टबेल र छाता सितैमा दिनेछ । उक्त योजना नेपालभरीका डिलरहरूमा उपलब्ध हुने छ भने सीमित अवधिका लागि मात्रै रहेको कम्पीको भनाइ छ ।
निसान खरिदमा १५ लाखसम्म छुट, ३ वर्षको सर्भिस, बीमा र कर लागत कम्पनीले तिर्ने
काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसानका सबै गाडीहरू- निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्सट्रेलमा लागू हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार नजिकिँदै गरेको चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको हो । यो योजना चाडपर्वको अवधिभरी लागू हुनेछ । ‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउँनेछन् । जसअन्तर्गत १ वर्ष निःशुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), निःशुल्क ३ वर्षको सडक कर (रोड ट्याक्स), निःशुल्क ३ वर्षको सर्भिसिङ, ३ वर्षको वारेन्टि र १५ लाख रुपैयाँसम्मको छुटहरूबाट लाभान्वित हुन सकिनेछ । निसान म्यागनाइट– एक बिग, बोल्ड, ब्युटिफुल र ‘कारिजम्याटिक’ एसयुभि नेपाली बजारको एक लोकप्रिय र उत्कृष्ट कार हो जसमा राम्रो रिसेल भ्यालु र क्लास–लिडिङ सुविधाहरू रहेका छन् । निसान म्याग्नाइटको खरिदमा, फेस्टिभ डिल अन्तर्गतको सुविधाहरूका साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङ, र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सक्ने कम्पनीले बताएको छ । त्यसैगरी, निसान एक्स–ट्रेल अझै बिगर र बोल्डर इलेक्ट्रिक एसयुभि हो जसले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फमेन्स र, उच्चस्तरको प्रविधिको साथ पारिवारिङ एडभेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधा प्रदान गर्दछ । निसान एक्स–ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को मज्जा लिन सक्नेछन् । कम्पनीका अनुसार यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ । यी सुविधाहरूमा केही सर्तहरू लागू हुनेछन् । पायोनियर मोटो कर्प यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने विश्वास राख्दछ र सम्पूर्ण ग्राहकहरूलाई नजिकको निसान सोरुमा भिजिट गरी यो नयाँ योजनाका छुट तथा सुविधाहरूको मज्जा लिन आह्वान गर्दछ ।