सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ३७ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आईतबारका लागि भने एक लाख ३८ हजार चार सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३७ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएकामा आईतबारका लागि भने एक लाख ३७ हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय २५ रुपैयाँ निर्धारण भएको छ ।

नेपाल मोबिलिटीको जुमजुम सञ्चालन, ईसेवाबाट सहजै भुक्तानी हुने

काठमाडौं । नेपाल मोबिलिटी सोलुन्सन्सले गर्वका साथ ‘जुमजुम’, नयाँ राइड सेयरिङ प्लेटफर्म सञ्चालन गरेको छ । नेपाल मोबिलिटी सोलुसन्स अन्तर्गत एक ब्रान्डको रूपमा, जुमजुम, आफ्ना ग्राहकहरूको सहज र सुविधायुक्त यात्राका लागि नयाँ विशेषताकासाथ् प्रस्तुत भएको छ । नेपाली कम्पनी, एफवान सफ्ट ग्रुपको विज्ञहरूद्वारा समर्थित र टेक्नोलोजी पार्टनर पिक मिद्वारा विकसित एप, जुमजुमले, नेपालको यातायात क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउनुको साथै नेपाली यात्रुहरूको आवश्यकता बमोजिम सुविधा प्रदान गर्ने अपेक्ष्या राखेको कम्पनीले जनाएको छ । । एफवान सफ्ट ग्रुपका सिइओ शर्माले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘एफवान सफ्टले सधैँ डिजिटल आविष्कारको नेतृत्व गर्दै आएको छ, नेपालको डिजिटल रूपान्तरणलाई सहज बनाउन डिजिटल उत्पादन र सेवाहरूको इकोसिस्टम निर्माण गर्दै आएको छ । जुमजुमलाई पनि राइड सेयरिङ सेवाको रूपमा यस इकोसिस्टममा समावेश गर्नेछौँ ।’ प्रयोगकर्तामैत्री इन्टरफेस रहेको जुमजुम एपमार्फत यात्रुहरूले आफ्नो स्मार्टफोनमा केही क्लिकमै सवारी बुक गर्नुको साथै रियलटाइम ट्र्याकिङले सवारीहरूलाई व्यवस्थित र निगरानीको साथ झन्झट-रहित यात्राको अनुभव सुनिश्चित गर्दछ । जुमजुमले ड्राइभरहरूको लागि प्रमाणिकरण प्रक्रियाहरू र एप भित्र सुरक्षा उपायहरूको साथ यात्रुहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । सुविधाहरू इसेवामार्फत सजिलो भुक्तनी : जुमजुममा इसेवा डिजिटल वालेट मार्फत सजिलै भुक्तानी गर्न सकिन्छ जसले यात्रुहरूलाई खुद्रा पैसाको लागि लिनु पर्ने झन्झटबाट मुक्त बनाउँछ । साथै चालकहरूले इसेवार्फत तत्काल भुक्तानीहरू प्राप्त गर्न सक्नेछन् । मलटिपल बुकिङ : जुमजुममा विभिन्न गन्तव्यहरूको यात्रा सुव्यवस्थित गर्दै व्यक्ति वा समूहले सहजै एकैसाथ धेरै सवारीहरू बुक गर्न सक्नेछन् । गुगल म्याप : जुमजुमसँग आफ्नो सहि गन्तव्य सुनिश्चित गर्छ । गुगल म्यापमार्फत सही नेभिगेसन र वास्तविक समयको ट्राफिक अपडेटहरूको साथ कुशल मार्ग योजना र प्रयोगकर्ता अनुभव सक्नेछन् । बुक फर ए फ्रेन्ड : जुमजुममा प्रयोगकर्ताहरूले आफ्नो लागि मात्र नभई एपमा पहुँच नभएका वा आफ्नो लागि बुक गर्न नसक्ने साथीहरू वा परिवारका सदस्यहरूका लागि पनि सवारी बुक गर्न सक्नेछन् । बीमा कभरेज : बीमा कभरेजले प्रयोगकर्ताहरूलाई अप्रत्याशित घटनाहरूबाट सुरक्षा सुनिश्चित गर्दछ । सुरक्षालाई प्राथमिकता दिँदै जुमजुमले यात्रु र चालक दुवैका लागि ५ लाख रुपैयाँसम्मको बीमा प्रदान गर्दछ । साथै, जुमजुमले चालकहरूको लागि थप आर्थिक अवसरहरू समर्थ गर्दछ, डाइरेक्शनल हायर जस्ता सुविधाहरूमार्फत, चालकहरूलाई उनीहरूको इच्छित यात्रा दिशामा यात्राहरू स्वीकार गर्न अनुमति दिँदै, एउटै दिशामा जाने यात्रुहरूसँगको यात्रा सुनिश्चित गर्दछ । जुमजुमले पहिलो तीन सवारीहरूमा ७५ प्रतिशत छुटको प्रस्तावको साथ यात्रुहरूको लागि अविश्वसनीय बचतमा जोड दिएको छ । थप रूपमा, चालकहरूले एक हजार रुपैयाँ ज्वाइनिङ बोनससहित आकर्षक बोनसहरूबाट लाभ उठाउन सक्छन् । प्रारम्भिक दुई हप्ताको लागि शून्य प्रतिशत कमिशन र त्यसपछि कमिसन रिबेट कार्यक्रमहरूमा जती धेरै राइड त्यती कम कमिसनको योजना ल्याएको छ, साथै चालकहरू दैनिक बोनस २ हजार रुपैयाँसम्म काउमान सक्छन् । पिक मि श्रीलंकाका सिइओ जिफ्री जुल्फरले भने, ‘हामी एफवान सफ्ट इन्टरनेसनलसँग हाम्रो उन्नत राइड सेयरिङ प्रविधि नेपालमा ल्याउन पाउँदा उत्साहित छौँ । यो सहकार्यले हाम्रो साझा दृष्टिकोणलाई प्रकाशित गर्दछ जसमा गतिशीलता र जीवनमा सुधार ल्याउन प्रविधिको प्रयोग गरिन्छ । जुमजुमले नेपालमा यातायातमा नयाँ रूप फेर्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।’ अन्तमा, एफवानसफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले, जुमजुमले नेपालको यातायातको परिदृश्यमा क्रान्ति ल्याइरहेको मात्रै नभएर रोजगारीका अवसरहरू सिर्जना गरी हाम्रो अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले भने, ‘यात्रुहरू र चालकहरू बीचको पारस्परिक रूपमा लाभदायक सम्बन्धलाई बढावा दिने हाम्रो प्रतिबद्धताले जीवन र समुदायहरूको उत्थान गर्ने हाम्रो समर्पणलाई जोड दिन्छ । सँगै, हामी नेपालको आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पार्दै यातायात उद्योगको मापदण्डलाई पुनर्संरचना गर्दै अगाडि बढिरहेका छौँ ।’

‘नेपाली अब युरो कपमा’ योजनाको विजेता घोषणा कार्यक्रम सम्पन्न

काठमाडौं । साईमेक्स् इन्क प्रालिको नेपालका लागि आधिकारिक वितरक बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले आयोजना गरेको ‘नेपाली अब युरो कपमा’ अन्तर्गत लक्की ड्र मार्फत विजेता घोषणा कार्यक्रम सम्पन्न भएको छ। विजेताहरूले जर्मनीमा हुने यूईएफए यूरो कप २०२४ खेल मैदानमा उपस्थित भई प्रत्यक्ष खेल हेर्ने मौका पाउने भएका छन् । यस आयोजना अत्यन्तै रोचक रहेको र विजेताहरूलाई अविस्मरणीय अवसर प्रदान गरेको कम्पनीले जनाएको छ। साईमेक्स् इन्कले यो अवसरका लागि २६ फेब्रुअरी २०२४ देखि मे ५ सम्म बिवाइडी गाडी बुकिङ गर्ने ग्राहकहरूबाट ११ जना भाग्यशाली ग्राहक लक्की ड्रबाट चयन गरी विजेता घोषित गरेको हो । बिवाइडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र साईमेक्स् इन्कका अध्यक्ष अनिल श्रेष्ठले संयुक्त रूपमा लक्की ड्र कार्यक्रम गरेका थिए । दुई चरण गरी लक्की ड्रबाट निकालिएका विजेताहरूको नामावली अनुसार पहिलो चरणका विजेताहरूको नाम यस प्रकार रहेको छ ः बिवाइडी कस्टमर कार्निभल : जयराम न्यौपाने कोड नम्बर : ४०७ शास्वत गौतम कोड नम्बर : ०७४ श्याम सुन्दर श्रेष्ठ र सुदर्शन श्रेष्ठ कोड नम्बर : ०८८ विजेन्द्र शाक्य कोड नम्बर : ३७३ कविनराज श्रेष्ठ कोड नम्बर : ०२६ दिनेश प्याठा तथा दोस्रो चरणका विजेताहरूको नाम कोड नम्बर : ६६२ गणेश कँडेल कोड नम्बर : ६५३ डा. ममता क्षेत्री र डा जगदीश तिमिल्सिना कोड नम्बर : ६८२ प्रदीप पौडेल कोड नम्बर : १६२ सगरमाथा टेलिभिजन र बिमल गुरुङ कोड नम्बर : ६९१ जयप्रकाश दास कोड नम्बर : २०० सजिना पाण्डेय नेपाली अब यूरो कपमा योजनाको ११ भाग्यशाली विजेतालाई बधाई दिन पाउँदा हामी खुसी लागेको र यस किसिमका योजनाले ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने कम्पनीका अध्यक्ष समीर श्रेष्ठले बताए । साथै, योजनालाई सफल बनाउने बिवाइडी र सम्पूर्ण यूईएफए यूरो कप २०२४ टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आफू योजनाबाट अत्यन्तै उत्साहित भएको समेत बताएका छन् ।