सुनचाँदीको मूल्य हालसम्मकै उच्च
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा १६ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा ११० रुपैयाँले बढेर तोलामा १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
सुन र चाँदीको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि ७ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
एशियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२४ सम्पन्न
काठमाडौं । एशियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२४ सम्पन्न भएको छ । कम्पनीले सोसाइटी अफ नेपलिज आर्किटेक्ट्स (सोना) र इन्टेरियर डिजाइनर एसोसियसन नेपाल (आइडिया नेपाल) लगायतको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीको उक्त कार्यक्रमले सामाजिक सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरुको अध्ययन गरेर डिजाइनका लागि दिशानिर्देश गर्न योगदान पुर्याउँदै आएको कम्पनीले जानकारी दिएको छ । हयात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट २०२४ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका सिइओ प्रज्ञान कुमारले स्वागत मन्तव्यबाट आरम्भ गरेका थिए भने एशियन पेन्ट्स ग्लोबलका रिजनल हेड सिरीश राव र एशियन पेन्ट्स नेपालका कन्ट्री हेड गोपालकृष्णनद्वारा संक्षिप्त प्रस्तुति राखेको बताइएको छ ।