सिंहेश्वरी माविका विद्यार्थीलाई नेपाल एसबिआई बैंकद्वारा १५३ थान ट्रयाक सुट प्रदान
काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्रयाक सुट वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त विद्यालयका कक्षा एल केजीदेखि कक्षा चारसम्मका विद्यार्थीलाई १५३ थान ट्रयाक सुट प्रदान गरेको हो । बैंकले शिक्षा क्षेत्रमा यस खालका कार्यक्रम विगत लामो समयदेखि गर्दै आइरहेको छ । सोही कार्यक्रममा बचत, लघु कर्जा, बैंक खातामार्फत विप्रेषण, सहुलियत कर्जा तथा अन्य बैंकिंग सुरक्षा तथा सचेतना सम्बन्धि वित्तीय साक्षरता कार्यक्रमसमेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बैकका धर्मदेवी शाखा प्रबन्धक सुशील निरौला, स्कुलका प्रधानाध्यापक देवी माया अधिकारी तथा बैंकका कर्मचारीहरू, स्कुलका शिक्षक, कर्मचारी र स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो । हाल बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १३ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।
‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेताले पाए पुरस्कार
काठमाडौं । टिभिएसले ‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ । नयाँ वर्षको स्किमअन्तर्गत ग्राहकलाई टिभिएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुविधाका साथ साथै हरेक हप्ता १०० प्रतिशत क्यास ब्याक, स्योर सट क्यास डिस्काउन्ट, एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, र बजारकै सबै भन्दा कम आईएमआई तथा सजिलो फाइन्यान्स सुविधा जस्ता आकर्षक अफरहरू उपलब्ध गराएको थियो । योजना अन्तर्गत अंकुश साहले एनटर्क ड्रमको खरिदमा ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् । त्यसैगरी सपना सापकोटाले एनटर्क रेस ऐडिशन र गोदावरी ठगुन्नाले एनटर्क आरटीएफआईको खरिदमा १०० प्रतिशत क्यासब्याक प्राप्त गरेका छन् भने राम बहादुर राणाले रेडरको खरिदमा ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांङ्ग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो ।
सुनको मूल्य तोलामा ११ सयले घट्यो
काठमाडौं । स्थानीय बजारमा शुक्रबार पहेँलो धातुको मूल्य तोलामा ११ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ३६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३५ हजार चार सय रुपैयाँ निर्धारण भएको छ । यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ३५ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३४ हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा एक हजार छ सय ४५ रुपैयाँ निर्धारण भएको छ ।