नयाँ वर्षमा माइडियाले ल्यायो ४६ हजारको क्यासब्याक र उपहार योजना
काठमाडौं । माइडियाको अधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ‘माइडिया नै हो यसपाली उपहारले ल्याउने छ खुसियाली’ नामक उपहार योजना ल्याएको छ । यस उपहार योजनाअन्तर्गत अधिकतम ४६५०० सम्म क्यासब्याक आकर्षक क्यासब्याक रहेको छ । लक्कीड्रमा हरेक हप्ता इलेक्ट्रिक प्रेसर कुकर र बम्पर उपहारमा साइड बाइ साइड रेफ्रिजरेटर जित्न सकिने छ । पक्का उपहारअन्तर्गत माइडियाको ६, ७ , ८ ,९ १० केजीका वासिङ मेसिन तथा वासरड्रायर को खरिदमा ६ केजी एरिअल प्याक उपहार पाउने छन् । अत्यस्तै साइड बाइ साइड तथा मल्टी डोर रेफ्रिजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकटप (१६०० वाट) साथै माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट उपहार अफरमा रहेको कम्पनीले जनाएको छ । माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, मल्टि डोर रेफ्रिजिरेटर, साइड बाइ साइड रेफ्रिजिरेटर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरुबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ । यो योजना चैत्र २३ गतेदेखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।
नयाँ वर्षमा सिजीको ‘नयाँ सोचौं, नयाँ रोजौं’ उपहार योजना
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुलाई केही नयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं भन्ने मूल सन्देशका साथ सीजीको ‘नयाँ सोचौं, नयाँ रोजौं’ भन्ने नयाँ वर्षको उपहार योजना लिएर आएको छ । यस उपहार योजना अन्तर्गत सीजी तथा सीजी मेरिडिया को उत्कृष्ट उत्पादनहरुको नवीनतम प्रविधि एवम गुणस्तरका साथ विशेष ग्राहकहरुका लागि ५८,८०० सम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामान सँगै नेपालको आफ्नै ब्राण्ड सीजीको विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँ वर्षमा एक नयाँ सुरुवात गर्दै उत्सव मनाउन सक्ने छन् । यस उपहार योजना अन्तर्गत सीजीका विभिन्न उत्पादन जस्तै एलईडि टिभि, गुगल टिभि, एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सिमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सकिनेछ । यसरी ३२’, ४३’, ५०’, र ५५’ को एलइडी टिभि, अडियो सिस्टम, रेफ्रिजरेटर, शोकेश, चेस्ट फ्रिजर, एयर कुलर, र भ्याकुम क्लिनर मा क्यासब्याक अफर रहेको छ भने ६५’ र ७५’ को गुगल टिभीमा क्यासब्याक लगायत २.१ स्पीकर उपहार पनि रहेको छ । त्यसैगरी सेमि अटोमेटिक तथा टप लोड वाशिङ मेशिनमा क्यासब्याक लगायत ३ लि एरियल उपहार रहेको छ भने फ्रन्ट लोडमा क्यासब्याक लगायत ६ केजी एरियल उपहार रहेको छ । माइक्रोवेभ ओभनको खरिदमा क्यासब्याक लगायत कुकिङ किट उपहार पाउन सक्नेछ भने डिशवाशरमा क्यासब्याक लगायत डिशवाशर किट र एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत निःशुल्क जडानको सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । यो योजना २१ चैत २०८० देखि नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागु गरिएको कम्पनीले जनाएको छ ।
नयाँ वर्षमा सामसङको इलेक्ट्रोनिक्स किन्दा छुट पाइने
काठमाडौं । सामसङ नेपालले नयाँ वर्ष–२०८१ को अवसरमा ‘स्वागत नयाँ वर्षलाई, बाँडौँ खुसी सधैँलाई’ नारासहित छूट तथा एक्सचेन्ज अफर ल्याएको छ । ग्राहकहरुले आफूलाई मन परेको टिभी खरिद गर्दा ३८ प्रतिशतसम्म छूट तथा र फ्रिज र वासिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । सामसङको इलेक्ट्रोनिक्स सामानहरु शून्य प्रतिशत व्याजमा मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहजरूपमा खरिद गर्न सकिने छ । यो विशेष छुट अफर जेठ २ गतेसम्म लागू हुनेछ । विगत १८ वर्षदेखि निरन्तर ग्लोबल नम्बर १ टिभी ब्रान्डको रूपमा आफ्नो पहिचान बनाएको सामसङले नयाँ वर्षको अफरमा ग्राहकहरूलाई टिभीको नयाँ रेन्जमध्ये कुनै पनि एफएचडी, क्रिस्टल युएचडी, फ्रेम र क्युएलइडीलगायतका टिभी खरिद गर्दा ३८ प्रतिशतसम्मको छुट दिएको छ । ग्राहकहरुले ५५ इन्च वा सोभन्दा ठूलो टिभी खरिद गर्दा आफ्नो नागरिकता मात्र पेस गरी इन्स्टा फाइनान्स सेवामार्फत इएमआइ १८ महिनाको अवधिभित्र किस्ता तिर्ने सुविधा पाउनेछन् । यस्तै, ४३ इन्च वा सोभन्दा सानो टिभीको खरिदमा इएमआइ तिर्न १२ महिनाको अवधि पाउने छन् । सामसङको टिभीहरुमा तीन वर्षको पूर्ण उत्पादन वारेन्टी प्रदान गरेको सामसङ नेपालले जनाएको छ । यसैगरी, सामसङका साउन्डबार खरिद गर्दा आकर्षक छुट पाउन सक्नेछन् । सामसङको ७५ इन्चभन्दा ठूलो क्रिस्टल युएचडी टिभी खरिद गर्दा ग्राहकहरूले साउन्डबार सित्तैमा पाउनेछन् भने एयु ७७०० मोडलका ५५ र ६५ इन्चका युएचडी टिभीको खरिद गर्दा ग्यालेक्सी ए–१५ (८/१२८) मोबाइल फोनमा पाँच हजार रुपैयाँको छुट पाइनेछ । यसै अफरअन्तर्गत नयाँ वर्षको अवसरमा फ्रिज र वासिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट प्रदान गरेको छ । सामसङको कुनै पनि विशेष टिभी र घरेलु उपकरणहरूमा अपग्रेड गर्दा एक्सचेन्जमा ग्राहकहरुले उत्कृष्ट मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले यो अफर एक्सचेन्ज पार्टनर अर्कोस्टारडटकममार्फत अनलाइनमा लिन सक्नेछन् । यस अनलाइनमार्फत ५५ र ६५ इन्चका एयु ७७०० क्रिस्टल टिभी अनलाइन एक्सचेन्ज गर्दा पाँच हजार ५०० रुपैयाँसम्मको टप–अप प्राप्त गर्ने विशेष योजना पनि यो नयाँ वर्षमा प्रदान गरिएको कम्पनीले जनाएको छ ।