रियलमी सी-५५ मा भारी छुट
काठमाडौं । रियलमीको रियलमी सी–५५ अब छुट मुल्यमा उपलब्ध हुने भएको छ । पहिला २१ हजार ९९९ मा उपलब्ध रहेको ६ जिबी प्लस ६४ जिबी स्टोरेज भेरियन्टको मूल्य अहिले १५ हजार ४९९ हुने भएको छ । रियलमी सी–५५ मा भएको सबैभन्दा मुख्य फिचर यसमा भएको ६४ एमपीको क्यामरा हो । त्यस्तै यसमा सेल्फी क्यामराको कुरा गर्नुपर्दा ८ एमपिको लेन्स छ जसले १०८० पि को भिडियो रेकर्ड गर्न सक्छ । रियलमी सी–५५ मा ५ हजार एमएचको ब्याट्री राखिएको छ जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ । जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ । रियलमी सी–५५ मा भएको मेडियाटेक हेलियो जि ८८ चिपसेटले प्रयोगकर्ताहरुलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ । त्यस्तै यसको अक्टाकोर प्रोसेसरले पावरफुल र प्रभावकारी पर्फर्मेन्स दिन्छ । ६४ बिटको सिपियु र १२ एनएमको चिपसेट भएको हुँदा रियलमी सी ५५ मा पावर इफिसियन्सी हुनुको साथै हिट जेनेरेसन पनि कम हुन्छ, भन्नाले मोबाइल तातिने समस्या कम हुन्छ ।
१३ सयले घट्यो सुनको मूल्य, चाँदी प्रतितोला १५ सय रुपैयाँ
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख २६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि घटेर प्रतितोला १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेर १५ सय रुपैयाँमा कारोबार भएको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुन र चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । गत फागुन २७ गते सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै बिहीबार सुनको मूल्यले नयाँ इतिहास कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला २६ सय रुपैयाँले बढेर १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य बढेर प्रतितोला १ लाख २७ हजार २ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ५५५ रुपैयाँमा कारोबार भएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।