नेपाल इको प्यानलको नयाँ डिलरशिप उदयपुर

काठमाडौं । देशको पूर्वी क्षेत्रबाट वढी माग हुन थालेपछि नेपाल इको प्यानलले उदयपुरको गाइघाटमा थप नयाँ डिलशिप दिएको छ । स्थानीय लक्की ग्रिललाई आफनो उत्पादन विक्रीवितरण गर्ने जिम्मेबारीसहित डिलरशिप दिएको हो । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले नेपालको पूर्वी क्षेत्रबाट आफना उत्पादनहरुको माग वढन थालेकोले डिलरशिप थपेको जानकारी गराए । यसबाट पूर्वी जिल्लाहरुमा आफना उत्पादनहरु विक्रीवितरण गर्न सहज हुने उनको विश्वास छ । नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यो भूकम्पप्रतिरोधी हुनुका साथै तीव्र निर्माण सम्भब हुने निर्माण सामाग्री हो । हलुका हुनुले भूकम्पप्रतिरोधी हुनुका साथै कारखानामा पहिला नै बनाएर निर्माणस्थलमा जोडे मात्रै पुग्ने भएकाले यसको प्रयोगबाट तीब्र निर्माण सम्भव भएको हो । यसको कर्पोरेट कार्यालय भक्तपुरको सल्लाघारी डा इवामुरा अस्पतालको उल्टो दिशामा छ भने कारखाना जिल्लाकै चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।

केएल दुगड ग्रुपले ल्यायो ‘ज्ञान मसला’

काठमाडौं । केएल दुगड ग्रुपले ‘ज्ञान मसला’ बजारमा ल्याएको छ । ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता उच्च गुणस्तरको विभिन्न खाद्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको केएल दुगड ग्र्रुपले ‘ज्ञान मसला’ बजारमा ल्याएको हो । ज्ञान हल्दी, ज्ञान धनिया, ज्ञान रेड चिल्ली, ज्ञान जीरा, ज्ञान अम्चुर गरी ५ वटा विभिन्न स्वादमा ५०० ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन् । अब ग्राहकहरुले भाटभटेनी, बिगमार्ट, दराज तथा स्थानीय किराना पसलहरुमा ज्ञान मसला सजिलै प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी पनि प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।