एकैदिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार प्रतितोला ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार प्रतितोला ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।
नेपाल विज्ञापन संघको २४ औं साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल विज्ञापन संघको २४ औ साधारण सभा सम्पन्न भएको छ । विज्ञापन बजारलाई बृहत र व्यवस्थिकरण उदेश्य र नाराको साथ आज होटेल अरण्य बुटिकमा सञ्चार तथा सुचना प्रविधी मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा शुुभकामना दिदै मन्त्री शर्माले आनको विज्ञापन बोर्डमा क्षेत्र गत प्रतिनिधीत्व गराउने तथा सरकारले विज्ञापन व्यवसाय र विज्ञापन एजेन्सी प्रति कुनै पुर्वाग्रह नराखेको संघका अध्यक्षबाट राखेका सुुझाव सल्लाह हरुलाई सुधार गर्न सबैबाट पहल हुनुपर्ने बताए । मन्त्री सर्माले अभिव्यक्ति स्वतन्त्रता र राजनैतिक स्वतन्त्रता भएतापनि अश्लिल र छाडापन हुन नहुने साथै सामाजिक सञ्जाललाई नियमन गर्ने कार्य का लागि नियमावलि तुरुन्तै जारि गर्ने कार्य भैरहको बताए । सरकारले विज्ञापन नियमावलि ल्याएर एजेन्सीको पहिचान गराएको र सघका सुुझावहरुलाई सधै सकारात्मक रुपमा लिएको र समस्या समाधानका लागि पहल गर्ने बताए । विज्ञापन एजेन्सीहरु मिडिया र विज्ञापन दाताको बिचमा रहेर विज्ञापन व्यवसायलाई दिगो बनाउन विज्ञापन एजेन्सीको १५ प्रतिशतको हक अधिकारमा सबै विज्ञापन चक्रका साझेदारहरुले सहकार्य समन्वयमा काम गर्नुपर्ने अन्यथा अब बन्ने नियमावलिले त्यसलाई बाँधी कार्यबाहिको दायरामा ल्याउने बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले संघका मागहरु र विज्ञापन बजार बढाउने विषयमा सकारात्मक रहेको बताए । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले संघबाट बोर्डका हरेक कदममाा अत्यन्त सहयोग र सहकार्य भएको विषयमा जोड दिए । करिब २०० जनाको सहभागिा रहेको उक्त कार्यक्रममा उदघाटन सत्रपश्चात बन्द सत्र हुने संघका महासचिव कृष्ण घिमिरेले जानकारी गराए ।
रामेछापका हिरालाल आचार्यले मेवा बेचेर मासिक डेढ लाख आम्दानी गर्दै
मन्थली । रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्छन् । अनारमा भन्दाबढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको कृषक आचार्यले बताए । रामेछाप नगरपालिका–८ स्थित सुकाजोर खोला विगत २० वर्षदेखि मरुभूमिमा परिणत भएपछि उक्त बगरमा करिब पाँच सय मेवाका बोट लगाइएको उनले बताए । सबै खर्च कटाएर वार्षिक आम्दानी १८ लाख रुपैयाँसम्म हुने गरेको उनले जानकारी दिए । आचार्यले मेवाखेतीभित्र कागतीसँगै केरा पनि लगाएका छन् । उनका अनुसार कागतीले उत्पादन दिन थालिसकेको छ भने केरा पनि पसाउन लागेको छ । हरियाली समृद्ध कृषक समूहको नामबाट उनले दुई वर्षअघिदेखि सुरु गरेको मेवाखेतीबाट लाखौँ आम्दानी गर्न लागेका छन् । कृषक आचार्यले भने, ‘पाँच किलोको एउटै मेवा फल्ने र एउटा बोटमा एक सय ५० केजीसम्म फल्ने गरेको छ । यसको होलसेल मूल्यमा एक सय २० प्रतिकिलो बिक्री हुने गरेको छ ।’ एउटै बोटमा उत्पादन भएको मेवाबाट १८ हजारसम्म कमाइ हुने गरेको उनले बताए । बढ्दो वैदेशिक रोजगारीमा जाने युवालाई जाँगर भए स्वदेशमै केही गर्न र विदेशको जति कमाउन सकिन्छ भनेर सन्देश दिन आफूले मेवा खेती गरेको आचार्यको भनाइ थियो । उनले भने, ‘अरु रोजगारीका लागि विदेश जान्छन् । म चाहिँ जिल्ला वन कार्यालयको स्थायी जागिर छाडेर कृषिकर्ममा लागेँ । काम गर्दा शरीरमा रोग पनि नलाग्ने र आफूले गरेको मेहनतको फल चाँडै प्राप्त हुने भएकाले आफू यस प्रकारका फलफूल खेतीतर्फ लागेको हुँ ।’ आफूजस्ता कृषकलाई राज्यले पनि विशेष सहयोग तथा अनुदान दिनुपर्नेमा आचार्यले जोड दिए । नमुनाका रुपमा युवालाई यस्ता फार्मको अवलोकन गराएर आफ्ना अनुभवन साटासाट गर्न सकिने उनले बताए । रासस