सुनको मूल्य बढेर तोलाको १ लाख १९ हजार पुग्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ। आज प्रतितोला छापावाल सुन १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको छ।
भिभोको छैठौं वार्षिकोत्सव सेल्स कार्निभल : सेलिब्रेसन, अफर र सरप्राइजहरू
काठमाडौं । प्रख्यात टेक्नोलोजी ब्रान्ड भिभोको नेपालमा स्थापनको ६ वर्ष पूरा भएको छ । यस छैठौं वार्षिकोत्सवको अवसरमा भिभोले ग्राहकहरुलाई उत्सवमा सहभागी हुने समय भएको आभास गराएको छ । कम्पनीका अनुसार यो सेलिब्रेशनले भिभोले नेपालमा भित्र्याएको नवीनता, प्रविधि र कनेक्टिभिटीको सारलाई प्रतिध्वनित गर्दछ । भिभोले आफ्ना ग्राहकवर्गसंग उत्सवको उत्साहलाई बाड्दैं सबैलाई आकर्षक अफरहरू तथा पुरस्कारहरू प्रदान गर्न आफ्नो वार्षिक डिसेम्बर सेल्स कार्निभल घोषणा गरेको हो । यो एक्सक्लुसिभ सेल्स कार्निभल डिसेम्बर ७ तारिख देखि शुरु भएर ५ जनवरी, २०२४ सम्म सञ्चालनमा रहनेछ । नेपाली स्मार्टफोन बजारमा, अग्रणी ब्राण्ड मध्ये एक भिभो उत्कृष्ट प्रविधिसहित नवीन विशेषताका स्मार्टफोनहरू प्रदान गर्न प्रतिबद्ध रहेको छ । भिभोले शुरुवातदेखि नै नेपाली बजारमा आफ्नो स्थानलाई सुदृढ गर्दै धेरै कोशेढुङ्गाहरू पार गर्दै आइरहेको छ । भिभोको नोभेम्बर २०२३ को समग्र सेल्स १७८ प्रतिशतलले वृद्धि भएको छ जुन अघिल्लो वर्षको तुलनामा १९६ प्रतिशतले वृद्धि भएको हो । स्लीक डिजाइन, अत्याधुनिक प्रविधि र प्रयोगकर्ताको सन्तुष्टिप्रतिको प्रतिबद्धताले ब्रान्डलाई प्रयोगकर्ताहरुको मन जित्न र धेरै माया प्राप्त गर्न मद्दत पुगेको कम्पनीले जनाएको छ । भिभोको वार्षिक सेल्स कार्निभल २०२३ हरेक भिभो स्मार्टफोन खरिदमा ग्राहकहरुले नयाँ प्रविधिसंगै लकी ड्र मा सामेल भएर आकर्षक पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्नेछन् । भिभो वाई२७एस खरिद गर्ने पहिलो १००० ग्राहकहरूले नयाँ स्मार्टफोनको साथै ६ महिनासम्मको थप वारेन्टी पाउनेछन् । साथै, एक जना बम्पर पुरस्कार विजेताको भाग्यशाली जोडीले निकै रोमाञ्चक एवं आकर्षक शहर दुबई घुम्ने अवसर प्राप्त गर्नेछन् । यसको साथै लक्की ड्र मा ग्राहकहरुको मन लोभ्याउने धेरै आकर्षक उपहारहरू रहेका छन् । ग्राहकहरुले लक्की ड्र मा भिभोको नयाँ भी सिरिजका स्मार्टफोनहरुदेखि, रिभरसङ् इयरबडहरू, एक महिनासम्म निशुल्क स्क्रिन रिप्लेसमेन्ट, स्पिकर, साइड ब्याग, तथा बोतलहरु जित्ने अवसर प्राप्त गर्न सक्नेछन् जसले प्रत्येक प्रविधि प्रेमीहरूको सपना पूरा गर्दछ । यसै उत्साहका बीचमा, भिभोले वाई सिरिजमा नयाँ स्मार्टफोन – वाई१७एस (४जीवी+१२जीवी) सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनमा शक्तिशाली ५००० एमएएचको ब्याट्री, मिडियाटेक जी८५ प्रोसेसरको रहेको छ । वाई१७एस प्रयोगकर्ताहरुले निकै रुचाएका दुई आकर्षक – फरेस्ट ग्रीन र ग्लिटर पर्पल रंगहरूमा उपलब्ध छ । सेल्स कार्निभलकै सबैभन्दा आकर्षक अफर मध्ये एक यो स्मार्टफोन निकै सुलभ मुल्य रु १४,९९९ मा उपलब्ध हुनेछ । भिभोले पहिला नै वाई१७एस (६ जीवी+१२८ जीवी) मा १६,९९९ मा सार्वजनिक गरेको थियो र यो नयाँ स्मार्टफोनले ग्राहकहरुलाई नयाँ र्याम र रोमसहित परिष्कृत प्रयोगकर्ता अनुभव प्रदान गर्नेछ ।
क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्स प्रतिष्ठित राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कारबाट सम्मानित
काठमाडौं । क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्सलाई भारत सरकार, ऊर्जा मन्त्रालय र ऊर्जा दक्षता ब्यूरोद्वारा प्रतिष्ठित राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार २०२३ बाट सम्मानित गरिएको छ । यस अवसरमा चौधरी ग्रुपले क्रम्प्टनलाई बधाईको साथ दुई कम्पनी बिचको सहकार्यमा सन्तुष्टि जनाएको छ । उक्त पुरस्कार डिसेम्बर १४, २०२३ मा भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले विज्ञान भवन, नयाँ दिल्लीमा राष्ट्रिय ऊर्जा संरक्षण दिवसमा प्रदान गरेकी थिइन् । कम्पनीका अनुसार राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार एक प्रमुख वार्षिक कार्यक्रम हो जसले ऊर्जा संरक्षणमा असाधारण योगदानहरूलाई हाइलाइट गर्दछ । डिसेम्बर १४, १९९१ मा यसको स्थापनापछि, भारत सरकारका सम्मानित गणमान्य व्यक्तिहरूबाट यी पुरस्कारहरू अर्थव्यवस्थाको विभिन्न क्षेत्रहरूमा ऊर्जा संरक्षणमा उदाहरणीय प्रयासहरूलाई प्रस्तुत गर्दछ । ‘वर्षको सबैभन्दा ऊर्जा कुशल उपकरण’ श्रेणीमा फोकसले उपभोक्ताको आवश्यकता पूरा गर्ने मात्र नभई ऊर्जा संरक्षणमा पनि योगदान पुर्याउने उत्पादनहरू सिर्जना गर्न नवप्रवर्तनको महत्त्वलाई जोड दिइन्छ । नेपालमा सन् २०२१ देखि चौधरी ग्रुपले क्रम्प्टन ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ । चौधरी ग्रुपले नेपालमा क्रम्प्टनका फ्यान, हिटर, गिजर, इमर्सन रड, आइरन, मिक्स्चर ग्राइन्डर, इन्डक्सन र एयर कुलर बेच्दै आइराखेको छ ।