घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पशुपालन र तरकारी बिक्रीबाट मनग्य आम्दानी
गल्याङ । स्याङ्जाको फेदीखोला गाउँपालिका–३, भाटखोलाका २८ वर्षीय अनिल पौडेल साथीसङ्गीको लहलहैमा लागेर १८ वर्षको उमेरमै विदेश पसे । पढाइमा अब्बल मानिने उनको १२ कक्षा उत्तीर्णपछि औपचारक शिक्षा बीचमै रोकिन पुग्यो । उनी विदेश पसेर राम्रै कमाइ गर्न थाले तर विरामी परेपछि स्वदेश फर्किए । उनले विदेश कहिल्यै नजाने निधो गरेर फेदीखोला गाउँपालिका–२, खड्केटारीमा पाँच वर्ष पहिले एक हजार कुखुरापालनबाट व्यवसाय सुरु गरे । रु चार लाखबाट सुरु गरेको अनिलको व्यावसाय बजारको अभावमा दुई वर्ष नपुग्दै रु सात लाख ऋणम डुब्यो । व्यवसायबाट सन्तुष्ट हुन नसकेका उनले कुखुरापालन छोडेर रु १० लाख ऋण लिएर महालक्ष्मी कृषि तथा पशुपालन फार्ममार्फत पुनः उनले भैँसी पाल्न सुरु गरे । ‘अहिले फार्ममा छ भैँसी र तीन गाई छन्, भैँसीमध्ये तीन दुुहुना र तीन ब्याउनी हुन्, गाईमध्ये एक दुहुनो, एक ब्याउनी र एक बाच्छी हुन्’, उनले भने, ‘चार पाडी अँधिया पाल्न दिएको छु, दैनिक ३०/३५ लिटर दूध उत्पादन हुन्छ, वार्षिक रु १२ देखि १५ लाखको दूध बिक्री हुन्छ ।’ कुनै बेला १८ सम्म भैँसी पु¥याउनुभएका उनले कामदार अभावमा भैँसीलाई घटाएर गाई थपे । उनले १४ टनेलमा गोलभेँडा, काँक्रो, सिमी, काउलीलगायतका तरकारी उत्पादन गर्दै आएका छन । ‘तीनदेखि पाँच टनेलबाट वार्षिक दुई हजार, २१ सय किलो अमिता जातको गोलभेँडा उत्पादन गरेर बिक्री गर्ने गरेको छु’, उनले थपे, ‘गोलभेँडा गुणस्तरीय भएकाले प्रतिकिलो रु एकसय २० मा सजिलै बिक्री हुन्छ, गोलभेँडाको वार्षिक रु दुई लाख ४० हजारको कारोबार हुन्छ ।’ त्यस्तै उनले तीन टनेलबाट वार्षिक चार हजार किलो बेमौसमी क्राँक्रो उत्पादन गर्दै आए । किसान अनिलले रु एक सय ४० देखि रु एक सय ५० मा प्रतिकिलो काँक्रो बिक्री गर्दै आएक छन । उनले काँक्रोको वार्षिक रु पाँच लाखको कारोबार गरे । उनले काँक्रो सकिएपछि खरभुजा लगाउने जानकारी दिए । ‘मेरो फार्ममा तीन टनेलमा इटलियन एफवान जातको वार्षिक पाँच/छ सय किलो सिमी उत्पादन गर्दै आएको छु’, उनले भने, ‘सिमीको बजार भाउ रु ७० देखि रु एक सय २० सम्म हुन्छ, सिमीको पनि रु ६० देखि रु ८० हजारसम्मको कारोबार हुन्छ । यस्तै उनको फार्ममा चार/पाँच सय बोट काउली हुर्किरहेका छन् । काउली प्रतिकिलो रु एक सयदेखि एक सय ५० सम्ममा बिक्री हुन्छ । एक महिनाभित्र यहाँ उत्पादित काउली बजार पठाउन सकिने उनले बताए । उनले यसअघि उत्पादन भएको काउलीको एक वर्षको अवधिमा रु ५० हजारको कारोबार भएको दाबी गरे । उनले वार्षिक ८०/९० मुरी धान समेत उत्पादन गर्छन् । अनिलले उत्पादित तरकारी र दूध पोखराका विभिन्न डेरी र पसलमा आफैँले पु¥याएर फर्किन्छन । फार्म ७० रोपनी क्षेत्रफलमा फैलिएको छ । त्योमध्ये ३५ रोपनी आफ्नै जग्गा र ३५ रोपनी भाडाको जग्गा हो । अनिलको कामदार र परिवारका लागि छुट्टाछुट्टै दुई वटा आवास, एक गोठ, १४ प्लाष्टिक टनेल छन् । उनले उन्नत जातका घाँस पनि लगाए । ‘युएनडिपीको कार्यक्रमअन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा पाँच टनेलका लागि रु पाँच लाख पाएपछि व्यवसाय विस्तारका लागि झन हौसला बढ्यो’, उनले भने, ‘युएनडिपीको अनुदान प्राप्त गर्नका लागि गाउँपालिकाले मलाई सिफारिस गर्यो ।’ उनले गाउँपालिकाले किसानले उत्पादन गरेको कृषिउपज खरिद गर्ने कार्य प्रशंसायोग्य भए पनि खरिद मूल्य अत्यन्त न्यून रहेको दुखेसो पोखे । ‘कृषि ज्ञान केन्द्र स्याङ्जाले ३० रोपनी क्षेत्रफलमा आलु लगाउने समूहलाई अनुदान दिने भनेको रहेछ’, उनले भने, ‘मैले ३० रोपनीमा हैन ४० रोपनीमा आलु लगाउँछु, मलाई अनुदान दिनुहोस् भनेको छु ।’ उहाँलाई फार्ममा काम गर्नका लागि बुबा उमालाल र आमा कमला उपाध्यााय, श्रीमती मञ्जु पौडेलले सहयोग गर्दै आएका छन । उनले वाहिरीदुई जनालाई दैनिक रोजगारसमेत दिए । फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले पालिकाभित्र बाँझो जग्गालाई अधिकतम प्रयोगमा ल्याएर उत्पादन र उत्पादकत्व वृद्धि गराउने उद्देश्यले बाँझो जग्गा अधिकतम उपयोग गर्ने किसानलाई कार्यविधि बनाएर अनुदान दिएको बताए । उनले १८ रोपनी बाँझो जग्गा भाडामा लिए धान र तरकारीजन्य कृषिउपज उत्पादन गरेको जनाउँदै महालक्ष्मी कषि तथा पशुपालन फार्मका सञ्चालक अनिललाई रु ४५ हजार अनुदान दिएको बताए । ‘फेदीखोला गाउँपालिकामा बाँझो जग्गा उपयोग अनुदान कार्यक्रमअन्तर्गत अहिलेसम्मकै बढी अनुदान पाउने कृषकमा अनिल पर्छन, गाउँपालिका अध्यक्ष सुवेदीले भने, ‘गाउँपालिकाले उहाँलाई युवा उद्यम कार्यक्रममार्फत बिनाब्याज बिनाधितो पाँच वर्षका लागि रु पाँच लाख ऋणसमेत उपलब्ध गराएको छ ।’ वैदेशिक रोजगारबाट फर्किएर गाउँ फर्केका हरेक युवालाई पालिकाले स्वरोजगार बन्न सहयोग गरिरहेको उनले बताए । रासस
भी २९ ई फाइभजी सार्वजनिक गर्दै भिभो
काठमाडौं । भिभोले आफ्नो फ्ल्यागशिप भी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन रिलीज गर्ने मिति सार्वजनिक गरेको छ । केही समय अगाडी भिभोले भी२९ फाइभजी सफलतापूर्वक सार्वजनिक गरेपछि, भिभोले बहुप्रतिक्षित भी२९ई फाइभजी सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो नयाँ स्मार्टफोनको समावेशले भिभोको उत्पादन दायरालाई फराकिलो बनाउँदै, नवीनतामा केन्द्रित हुने कम्पनीको अटल प्रतिबद्धतालाई जोड दिएको छ । भिभो भी२९ई फाइभजीले उत्कृष्ट क्यामेरा सेटअप, लक्जरियस डिजाइनको साथै मोबाइल टेक्नोलोजी र भिजुअल अपिएरेन्शको नयाँ मापदण्डहरू कायम गर्दछ । भिभो भी२९ई फाइभजीमा तीव्र डाउनलोडहरू, स्मुद स्ट्रिमिङ, र ल्याग–फ्रि गेमिङ लगायतका आकर्षक विशेषताहरु छन् । यसको एक्सक्लुसिभ स्मार्ट औरा लाइट टेक्नोलोजीमा स्मार्ट कलर टेम्प्रेचर एडजस्टमेन्ट राखिएको छ जसले कम प्रकाशमा पनि उत्कृष्ट र शार्प पोट्र्रेहरू सुनिश्चित गर्दछ । यसको साथै भी२९ई फाइभजीमा सुपर नाइट मोड, सुपर मुन मोड लगायत ५०एमपी एचडी फ्रन्ट क्यामेरा रहेको छ जसले आकर्षक र उत्कृष्ट तस्वीरहरु खिच्न मद्दत गर्दछ । भिभो भी२९ई मा १२० हर्ज एमोलेड डिस्प्ले र स्लिम फ्ल्याट फ्रेम रहेको छ । यसको रोज गोल्ड भेरियन्टमा लक्जुरियस अनुभवका लागि नानो–स्केल फोटोएचिङ प्रविधि रहेको छ । साथै फरेस्ट ब्ल्याक भेरियन्टमा थप सुन्दरताका लागि फ्लोराइट एजी ग्लास रहेको छ । तपाइँको स्मार्टफोन अनुभव वृद्धि गर्नका लागि यी स्टाइलिश स्मार्टफोन छनौट गर्न सकिने कम्पनीले जनााएको छ । भी२९ई फाइभजी को बारेमा भिभो नेपालका जनरल म्यानेजर माईकल भन्छन्, ‘हामीले भिभो भी२९ई फाइभजी सार्वजनिक गर्दै कोसेढुङ्गाको रुपमा कनेक्टिभिटी र नवीनताको नयाँ युगको शुरु गरेका छौं । यो उत्कृष्ट उपकरणले नयाँ बेन्चमार्क सेट गर्दै अत्याधुनिक प्रविधिको साथमा सुरुचिपूर्ण डिजाइनमार्फत उत्कष्ट मोबाइल अनुभव प्रदान गर्दछ । हामी प्रयोगकर्ताहरूलाई धेरै कुराहरु गर्न मिल्ने, कनेक्ट गर्न मिल्ने र हरेक क्षणमा धेरै नयाँ अनुभवहरु बटुल्न सकिने उपकरण प्रदान गर्न पाउँदा निकै खुशी छौं ।’ यो स्मार्टफोनमा ४८०० एमएएच ब्याट्री र ४४वाट फ्ल्यासचार्ज रहेको छ, जसले प्रयोगकर्ताहरूलाई दिनभर निर्धक्क भएर काम गर्न र उत्पादनशील रहन मद्दत गर्दछ । यसको इन्टेलिजेन्ट चार्जिङ सिस्टमले निर्बाध प्रयोगकर्ता अनुभव प्रदान गर्दै सहज कार्यसम्पादनको प्रदान गर्दछ । भी२९ई फाइभजीमा क्वालकम स्न्यापड्रेगन ६९५ प्रोसेसर र फाइभजी कनेक्टिभिटी रहेको छ जसले तीव्र गतिमा सहज मल्टिटास्किङ, र स्वीफ्ट डाउनलोडहरू, हाई–डेफिनिशन स्ट्रिमिङ, र भिडियो कलहरूको लगायतका आकर्षक विशेषताहरु प्रदान गर्दछ । भी२९ई फाइभजी भिभोको फ्ल्यागशिप स्माटफोन हो जसले असाधारण कार्यसम्पादन र अत्याधुनिक क्यामेरा क्षमताहरू प्रदान गर्दछ । यो स्मार्टफोनले प्रयोगकर्ताको अनुभव र जीवनशैली वृद्धि गर्दै नयाँ बेन्चमार्क सेट गर्नेछ । प्रयोगकर्ताहरुले यो बहुप्रतिक्षित नयाँ भी२९ई फाइभजीको यहीँ कात्तिक १६(२ नोभेम्बर) देखि कात्तिक १९(५ नोभेम्बर) सम्म प्रि–बुकिङ्ग गर्न सक्नेछन् भने कात्तिक २० गते अर्थात ६ नोभेम्बर, २०२३ मा यो फोन सार्वजनिक हुदैँछ ।