ग्लोबल आइएमई बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आईएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा छुट पाउने भएका छन् । ग्लोबल आईएमई बैंक र आईएमई हस्पिटालिटी तथा इला कम्र्फोट एण्ड रिसोर्टबीच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । समझदारीमा बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेल र आईएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरे ।  समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले आइएमई हस्पिटालिटीद्वारा संचालित होटल तथा रिसोर्टहरूमा १५ प्रतिशत र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट पाउनेछन् ।  आईएमई समुहको लगानीमा देशका विभिन्न स्थानमा पर्यटक तथा पाहुनालाई स्तरीय सेवा सुविधा प्रदान गर्न होटल तथा रिसोर्ट सञ्चालन गरिरहेको छ ।  काठमाडौंको होटल ले हिमालय लाजिम्पाट र साके एण्ड फेङ्ग रेस्टुरेन्ट लाजिम्पाट, बागलुङको इला कम्फर्ट, गैंडाकोटमा इला होटल एण्ड रिसोर्ट मौलाकाली र पोखराको लेकसाइट रिट्रीट आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको आरामदायी बसाइँ र अविस्मरणीय अनुभवको लागि प्रख्यात छ ।  आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।  बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटीएम, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई स्लाभिका आईभीएफ सेन्टरमा उपचारमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र स्लाभिका आईभीएफ एण्ड रिसर्च सेन्टरबीच छुटसम्बन्धी सेवा सम्झौता भएको छ । अब नेपाल बैंकका कर्मचारी तथा खाता रहेका ग्राहकहरूले स्लाभिका आईभीएफ एण्ड रिसर्च सेन्टर, सिनामंगलमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् । सम्झौताअनुसार बैंकका कर्मचारी र ग्राहकहरूले अस्पतालका विभिन्न सेवामा १० देखि २० प्रतिशतसम्म छुट पाउनुका साथै केही सेवामा १०० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र आईभीएफ सेन्टरका तर्फबाट अध्यक्ष अजय जंग कुँवरले हस्ताक्षर गरेका हुन् । यो सहकार्यले बैंकका सेवा–ग्राही र कर्मचारीलाई स्वास्थ्य सेवामा थप सहजता पुग्ने विश्वास लिइएको छ।

विदेश पढ्न चाहने विद्यार्थीका लागि मुक्तिनाथ बैंकको सहज शुल्क भुक्तानी सेवा सुरु

काठमाडौं । विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने नेपाली विद्यार्थीका लागि मुक्तिनाथ विकास बैंकले सहज शुल्क भुक्तानी सेवा सुरु गरेको छ । बैंकले एक्सपर्ट एजुकेसन तथा भिसा सर्भिस महाराजगंजसँगको सहकार्यमा भिसा तथा शैक्षिक शुल्क भुक्तानीसम्बन्धी सेवा सुरु गरेको हो । यस सेवाबाट भिसा शुल्क, स्याट, सेभीज शुल्क, पीटीइ परीक्षा शुल्क, एप्लिकेसन शुल्क, जीम्याट लगायतका विभिन्न शैक्षिक शुल्कहरू मुक्तिनाथ विकास बैंकमार्फत सजिलै तिर्न सकिनेछ । हाललाई यो सेवा बैंकको महाराजगंज र कमलादी शाखाबाट उपलब्ध छ । सेवा विस्तार क्रमशः अन्य शाखाहरूमा पनि गरिने जानकारी बैंकले दिएको छ । विद्यार्थी र अभिभावकका लागि विदेश अध्ययनको प्रक्रियामा लाग्ने शुल्क भुक्तानीलाई सुरक्षित, छरितो र सुविधाजनक बनाउने उद्देश्यले सेवा सुरु गरिएको बैंकले जनाएको छ ।