जनता बैंककाे प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर क्षेत्री नियुक्त
काठमाडौं । जनता बैंक नेपालकाे प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । विहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले क्षेत्रीलाई अागामी चार वर्षकाे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको सञ्चालक नारायण प्रसाद घिमिरेले विकासन्युजलाई जानकारी दिए । बुधबार मात्र सो बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले पदबाट राजीनामा दिएका थिए । चार वर्षको लागि नियुक्ती पाए पनि लम्सालले २ वर्ष मात्र काम गरे । बैंकले विहीबार साँझ नयाँ प्रमुख कार्यकारी अधिकृत क्षेत्रीलाई स्वागतको साथै पुरानो प्रमुख कार्यकारी अधिकृत लम्साललाई विधाई कार्यक्रम आयोजना गरेको छ । नवनियुक्त क्षेत्रीले यसअघि ग्राण्ड बैंक नेपालमा प्रमुख कार्यकारी अधिकृत थिए । उक्त बैंकलाई नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गरेपछि क्षेत्रीले सो बैंकबाट राजीनामा दिएका थिए । त्यसअघि उनले बैंक अफ एशिया नेपालमा प्रमुख कार्यकारी अधिकृत भई काम गरेका थिए । त्यसअघि उनले सिटिजन्स बैंक इन्टरनेशन र नेपाल बैंकको उच्च व्यवस्थापनमा रहेर काम गरेको थिए । शंकरदेव क्याम्पसबाट एमबीए गरेपछि उनले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालबाट बैकिङ करिअर शुरु गरेका थिए । ग्राण्ड बैंक छोडेपछि क्षेत्रीले नेपाल बैंकिङ इन्स्टीच्यूटका लगायत संस्थाहरुमा वित्तीय परामर्शदाताको रुपमा काम गर्दै आएका थिए । जनता बैंकमा सिद्धार्थ डेभलपमेन्ट बैंक गाभिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यसअघि जनतामा त्रिवेणी विकास बैंक गाभिएको थियो । दुई वटा विकास बैंक गाभेपछि जनता बैंक ठूलो पोर्टफोलियोको बैंक बन्दैछ । यसको चुक्ता पुँजी करिव ६ अर्ब ९१ करोड हुँदै छ भने करिव ६० अर्बको विजनेश पोर्टफोलियो हुँदैछ ।
जनता बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले छोडे, परशुराम कुँवर क्षेत्री आउँदै
कुमार लम्शाल काठमाडौं । जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत पदबाट कुमार लम्सालले राजीनामा दिएका छन् । उनको राजीनामा बुधबार नैं बैंक सञ्चालक समितिले स्वीकृत गरेको छ । यस बैंकले तत्काल नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने भएको छ । स्रोतका अनुसार परशुराम कुँवर क्षेत्रीलाई बैंकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गर्ने सम्भावना उच्च छ । क्षेत्रीले यसअघि ग्राण्ड बैंक नेपाल र बैंक अफ एशिया नेपालमा प्रमुख कार्यकारी अधिकृत भई काम गरेका थिए । त्यसअघि उनले सिटिजन्स बैंक इन्टरनेशन र नेपाल बैंकको उच्च व्यवस्थापनमा रहेर काम गरेका थिए । ‘अनिलकेशरी शाह, किशोर महर्जनसँग पनि कुरा भईरहेको छ । तर क्षेत्रीलाई नियुक्ती गर्ने सम्भावना बढी देखिन्छ’ स्रोतले भन्यो । शाह मेघा बैंकमा सीइओ छन् भने किशोर परशुराम कुँवर क्षेत्री महर्जनले हालै सिभिल बैंकबाट अवकाश पाएका थिए । जनता बैंकमा प्रमुख कार्यकारी अधिकृत अस्थिर भएको छ । ७ वर्ष पुरा गरेको यो बैंकले अब नियुक्त गर्ने प्रमुख कार्यकारी अधिकृत चौथो हुनेछ । संस्थापक प्रमुख कार्यकारी अधिकृत विजय पन्तले पहिलो तीन वर्ष काम गरेका थिए भने त्यसपछि नियुक्त डा रमेश कुमार भट्टराई र कुमार लम्सालले २/२ वर्ष मात्र जिम्मेवारी सम्हालेका छन् । ३ बर्षे कार्यकाल सकिएपछि थप कार्यकालको लागि नविकरण नहुँदा पन्त बाहिरीएको थिए । भट्टराई र लम्सालले दुबैले व्यक्तिगत कारण देखाएर राजीनामा गरेका हुन् । बुधबार राजीनामा दिएका लम्सालले विकासन्युजसँग कुरा गर्दै थप अध्ययन गर्ने चाहानाको कारण आफूले राजीनामा दिएको बताए । ‘बैंक राम्रो छ, वित्तीय अवस्था सुधार भईराखेको छ, मैले स्वेच्छाले राजीनामा दिएको हुँ’ लम्सालले भने । संस्थापक प्रमुख कार्यकारी अधिकृत विजय पन्तले पहिलो तीन वर्ष काम गरेका थिए भने त्यसपछि नियुक्त डा. रमेश कुमार भट्टराई र कुमार लम्सालले २/२ वर्ष मात्र जिम्मेवारी समालेका छन् । जनता बैंकमा सिद्धार्थ डेभलपमेन्ट बैंक गाभिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यसअघि जनतामा त्रिवेणी विकास बैंक गाभिएको थियो । दुई वटा विकास बैंक गाभेपछि जनता बैंक ठूलो बैंक बन्दैछ ।
आइइएलटिएसको शुल्क संकलनको लागि नबिल बैंक र ब्रिटिस काउन्सिलबीच सम्झौता
काठमाडौं । नबिल बैंक र ब्रिटिस काउन्सिलले आइइएलटिएस लगायत विभिन्न टेस्ट परिक्षाको शुल्क संकलन सहजिकरण गर्न एक सम्झौता गरेका छन् । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सशिन जोसी र ब्रिटिस काउन्सिलका निर्देशक डा. जोभन लिकले बुधबार बैंकमा आयोजित एक कार्यक्रममा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। यस साझेदारीको माध्यमबाट ब्रिटिस काउन्सिलले सञ्चालन गर्ने परिक्षामा सहभागि हुने बिध्यार्थिहरुले तिर्नुपर्ने शुल्क नबिल बैंक लिमिटेडका तोकिएका निस्चित शाखाहरुवाट बुझाउन सक्नेछन् । बैंकले यो सेवा यसका काठमाडौं उपत्यका बाहिरका शाखाहरु बुटवल, बिराटनगर, चितवन, भैरहवा, नेपालगञ्ज, विर्तामोड, पोखराबाट आगामी असार ३ गतेदेखि र काठमाडौं उपत्यकामा रहेका ९ वटा शाखाहरु तिनधारा, ललितपुर, कौशलटार, महाराजगञ्ज, नयाँसडक, नयाँ बानेश्वर, कान्तिपथ, बालाजु, चाबहिलबाटआगामी असार ४ गतेदेखिबाट यो सेवा सञ्चालन हुने जनाइएको छ । यस सेवाले अब काठमाडौं बाहिर रहेका बिध्यार्थिहरुलाई समेत सम्बन्धित नजिकका शाखाहरुबाट नै अब शुल्क बुझाउन सहज हुनेछ । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले “हाम्रा शाखाहरु मार्फत आइइएलटिएस लगायत अन्य टेष्टको शुल्क संकलन गर्नको लागि ब्रिटिस काउन्सिलसँग साझेदारी गर्नपाउँदा हामीले खुशी महशुस गरेका छौं, यसले विभिन्न स्थानमा रहेका विद्यार्थीहरुलाई बैंकका नजिकका विभिन्न शाखाहरुबाट रकम भुक्तानी गर्न सहज हुनेछ । निकट भविस्यमै हामीले अनलाईन भुक्तानी प्रणालीबाट समेत शुल्क संकलन गर्न गइरहेकोले यसबाट विद्यार्थीहरुलाई अझ सहजता पुग्नेछ । साथै उच्च शिक्षा हाँसिल गर्न चाहाने विद्यार्थीहरुलाई सहायता प्रदान गर्नको लागि ब्रिटिस काउन्सिल जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउनु हाम्रोलागि गौरबको कुरा हो” बताए । ब्रिटिस काउन्सिलका निर्देशक डा. जोभन लिकले “हामीले हाम्रो आइईएलटिएस भुक्तानीको लागि हाम्रो साझेदारको रुपमा यस बैंकलाई रोजेका हौं । हामीले यस बैंकबाट सुने अनुसारकै गुणस्तरीय ब्यवसायिक सेवा प्राप्त गर्नेछौं भन्ने अपेक्षा गरेका छौं ।