शाइन रेसुङ्गाको नाफा ३३ प्रतिशतले बढ्यो, ६ महिनामा बैंकको खुँद नाफा १६ करोड
काठमाडौं १४ माघ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३३ दशमलव ७९ प्रतिशतले बढेको छ । बैंकको चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १६ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ । बैंकको यो नाफा अघिल्लो वर्ष सोही अवधिको तुलनामा ४ करोड १९ लाख रुपैयाँले बढी हो । गत वर्ष बैकले सोही अवधिमसम्ममा १२ करोड ४० रुपैयाँ कमाएको थियो । चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा यो डेभलमेन्ट बैंकले ९ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरे थियो । यो निक्षेप संकलनबाट यसले ८ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो बैंकले यस अवधिसम्ममा गरेको लगानी ३९ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ३६ करोड १० लाख रुपैयाँ रहेको छ । यो डेभलपमेन्ट बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७७ दशमलव ७२ प्रतिशत रहेको छ । बैंकको खराव कर्जा शून्य दशमलव ३५ प्रतिशत रहेको छ । यो बैंकको प्रति सेयर आम्दानी ३० रुपैयाँ १० पैसा छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ७३ पैसा रहेको छ । बैंकको प्रतिसेयर हाल ३ सय २७ रुपैयाँमा कारोबार भइरहेको छ ।
ग्लोवल आईएमई बैंकले कमायो ९० करोड, ६ महिनाको बैंकको नाफा १८ प्रतिशतले बढ्यो
काठमाडौं १४ माघ । ग्लोवल आईएमई बैंकले ९० करोड रुपैयाँ कमाएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले ९० करोड ६२ लाख रुपैयाँ कामाउँदा बैंकको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढेको छ । बैंकले गत वर्षको दोस्रो त्रैमाससमा ७६ करोड २७ लाख रुपैयाँ खुँदा नाफा गरेको थियो । गत वर्षको तुलनामा यो बैंकको नाफा १४ करोड ३४ लाख रुपैयाँले बढी हो । यो बैंकले गत पुस मसान्तसम्म ८४ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेर ७१ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।यो बैंकको यस अवधिसम्ममा भएको लगानी भने १८ अर्ब ११ करोड रुपैयाँ रहेको छ । बैंकको चुक्ता पूँजी ७ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा २ अर्ब ४६ करोड छ । बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७८ दशमलव ४७ प्रतिशत रहेको छ । बैंकको खराव कर्जा १ दशमलव ६१ प्रतिशत रहेको छ । यो बैंकको प्रति सेयर आम्दानी २५रुपैयाँ ३५ पैसा छ । बैंकको प्रतिसेयर हाल ३ सय ९४ रुपैयाँमा कारोबार भइरहेको छ ।
बैंकहरूबीच ब्याज दरमा अस्वस्थ्य प्रतिस्पर्धा नगर्ने सहमति, १२ प्रतिशतभन्दा माथिको ब्याजदरमा अंकुश
काठमाडौं १४, माघ । वाणिज्य बैंकहरूबीच ब्याज दरमा अस्वस्थ्य प्रतिश्पिर्धा नगर्ने सहमति भएको छ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी ‘क्रेडिट क्रन्च’ अभाव भई निक्षेप आकर्षित गर्न ब्याजदरमा होडबाजी हुन थालेपछि बैंकहरूबीच बिहीबार यस्तो सहमति उल्लेख छ । नेपाल बैंकसं संघका उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकहरूबीच बैठक बसी निक्षेप संकलन गरे पनि ब्याजदरमा अवस्थ प्रतिस्पर्धा नगर्ने सहमति भएको जानकारी दिए । बैठकमा ब्याजदर १२ प्रतिशतभन्दा माथि नलाने सहमति भएको छ । अहिले बैंकहरूले संस्थागत लगानीकर्तालाई साढे १३ प्रतिशतसम्म ब्याजदर दिइसकेका छन् । सर्वसाधारणको मुद्दती खातामा समेत १२ प्रतिशतसम्म ब्याज पुगेको छ । तरलता रित्तिएको अवस्थामा १२ प्रतिशत ब्याज ठीक भए पनि केही दिनपछि नै ब्याज दर घटाउँदै लैजानुपर्ने उनीहरूको तर्क छ । यसअघि पनि बैंकले आठ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेका थिए । तर, त्यो सहमति पालन हुन सकेको छैन । बैठकमा २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको सहभागिता थियो । बैठकमा बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले ब्याज दर निकै माथि गएको बताए । यसलाई व्यवस्थापन गर्न आवश्यक भएको उनको तर्क थियो । दोस्रो चौमाससम्ममा सरकारको विकास खर्च बढ्ने तथा पुनर्निर्माण खर्चले समेत गतिलिने भएकाले अबका केही दिनमा बैंकले अहिले जस्तो ‘क्रेडिट क्रन्च’ को समस्या झेल्नु नपर्ने निष्कर्ष बैंकर्सको छ । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा।युवराज खतिवडा अहिलको समस्या छोटो समयका लागि भएको र सरकारी खर्च हुन थालेपछि तरलता अभाव हट्ने बताउँछन् । ‘बैंकहरूले गरेको अस्वस्थ प्रतिस्पर्धाको दीर्घकालीन असर पर्ने देखिन्छ’, उनले भने,‘ अर्थतन्त्रका लागि पनि महँगो ब्याज राम्रो होइन ।’ नेपाल लाइफको फरद्र पब्लिक अफरिङ (एफपीओ) को ५२ अर्ब पनि फिर्ता आउने बेला भएकाले आत्तिएर ब्याजदर बढाउन नहुने तर्क बैंकर्सको छ । अन्नपूर्ण पोस्टबाट ।