एनआइसी एसियाले कमायो २६ करोड १० लाख

काठमाडौं, ५ कात्तिक । एनआइसी एसिया बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा २६ करोड १० लाख नाफा कमाएको छ । यो नाफा बैंले गत आवको सोही अवधीमा कमाएको भन्दा १० करोड ३७ लाखले बढि हो । बैंकले गत आवको पहिलो त्रैमासिकसम्ममा १५ करोड १५ करोड ७३ लाख नाफा कमाएको थियो । एनआइसी एसियाले पहिलो ३ महिनामा ७२ अर्ब ४७ करोड निक्षेप संकलन गरेर ६१ अर्ब कर्जा तथा लगानी गरेको छ । ५ अर्ब ८१ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १८ करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १७ रुपैंयाँ ९ पैसा छ भने प्रति सेयर नेटवर्थ १३७ रुपैंयाँ ५९ पैसा रहेको छ । एनआइसी एसियाको सेयर प्रति कित्ता ६२६ रुपैंयाँमा कारोबार भैरहेको छ ।

सिभिल बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाडौं, ४ कात्तिक । सिभिल बैंक लिमिटेडले रेमिटेन्स प्रवाहलाई अझै सरल र विस्तार गर्ने उद्देश्यले बुम रेमिट्यान्स संग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन र बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताबाट खाडी मुलूकमा कार्यरत नेपालीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताएका छन् । साथै बैंकले यस अघि वेस्टर्न युनियन, आइएमइ, प्रभु रेमिट, संसारा रेमिट, रिलाएबल रेमिट, हिमाल रेमिट, एसडिबिएल ट्रस्ट रेमिट, ईजीलिङ्क रेमिटेन्स, सुलभ रेमिट, एसबिएल रेमिट, आईपे रिलाएबल रेमिटेन्स र बेस्ट रेमिटसंग सम्झौता गरी रेमिटेन्स सेवा दिंदै आएको छ । यस बाहेक बैंकको आफ्नै रेमिटेन्स सेवा सिभिल बैंक रेमिट पनि रहेको छ जसका ३००० भन्दा बढी सब एजेन्टहरु मार्फत रेमिटेन्स भुक्तानी सेवा उपलब्ध गराउँदै आइरहेको छ । इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनीसँग मर्ज गरी एकिकृत कारोवार शुरु गरेको छ । सिभिल बैंकले युनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ जसपछी चुक्ता पुँजी ५ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ । टि–२४ नामक अत्याधुनिक अपरेटिङ्ग सफ्टवेयर प्रयोग गरेको यस बैंकले आगामी दिनहरुमा यस्तै ग्राहक मुखी थप सेवाहरु पनि थप्दै लाने बैंकले जनाएको छ ।

राष्ट्र बैंकको प्रवक्ता नारायण पौडेल, त्रिलोचन पंगेनी राष्ट्र ऋण विभागमा

काठमाडौं, ३ कात्तिक । नेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी नारायणप्रसाद पौडेललाई दिएको छ । पौडेल बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् । यसअघि प्रवक्ताको जिम्मेवारी त्रिलोचन पंगेनीले समालेका थिए । राष्ट्र बैंकले पंगेनीलाई राष्ट्र ऋण विभागको कार्यकारी निर्देशक पदमा सरुवा गरेको छ । उनी यसअघि जनशक्ति व्यवस्थापन विभागमा कार्यकारी निर्देशक थिए । भाेलिदेखि लागु हुने गरी उल्लेखित जिम्मेवारी हेरफेर भएकाे सहायक प्रवक्ता राजेन्द् पण्डितले बताए । डा. मिनबहादुर श्रेष्ठलाई सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेपछि सो पद खाली थियो । पंगेनीलाई सरुवा गरे पछि हाललार्इ जनशक्ति विभाग प्रमुख पद खाली भएको छ । त्यस्तै वित्त व्यवस्थापन  विभागकाे कार्यकारी  निर्देशक पद पनि खाली छ ।