महालक्ष्मी विकास बैंकका सिइओ ‘म्यानेजर अफ दि इयर’ बाट सम्मानित
काठमाडौं, १ कात्तिक । युरोपियन बिजिनेस एसेम्ब्लीले फ्रान्समा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईलाई ‘म्यानेजर अफ दि इयर’बाट सम्मान गरेको छ । साथै, उक्त एसेम्ब्लीद्धारा बैंकलाई बेष्ट इन्टरप्राइजेज पुरस्कार प्राप्त भएको छ । पुरस्कार फ्रान्सको केन्समा प्रदान गरिएको हो । कार्यक्रममा एसिया, युरोप, अफ्रिका तथा मध्यपूर्वका ३६ देशका विभिन्न कम्पनीका प्रतिनिधिहरु सहभागी थिए ।
ओम र मनास्लु एक आपसमा गाभिने, पूँजी एक अर्ब ६८ करोड रुपैयाँ पुग्ने
काठमाडौं, १ कात्तिक । ओम डेभलपमेण्ट बैंक र मनास्लु विकास बैंक एक अर्काबीच गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउनु पर्ने नीतिपति यी दुई संस्था एकआपसमा गाभिन लागेका हुन् । मर्जरपछि बन्ने बैंकको नाम ओम डेभलपमेण्ट बैंक रहने छ । अध्यक्षमा ओमका अध्यक्ष सुशीलकुमार गोशली, प्रमुख कार्यकारी अधिकृतमा ओमकै विश्वमोहन अधिकारी तथा नायब प्रमुख कार्यकारी अधिकृतमा ओमकै बुद्धि मल्ल रहने समेत सहमति भएको छ । सहायक महाप्रबन्धकमा भने मनास्लुका निमित्त महाप्रबन्धक दुर्गाराम पुरी रहनेछन् । मर्जरपछि बन्ने बैंकको चुक्ता पूँजी १ अर्ब ३३ करोड, निक्षेप १३ अर्ब ९८ करोड, कर्जा १२ अर्ब ६१ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । साथै मजैपछि बैंकको ३६ वटा शाखा हुनेछन् । मर्जरपछि बैंकको प्रधान कार्यालय पोखरामा रहनेछ । हालै ओमको सञ्चालक समितिले २९ दशमलव २० प्रतिशत बोनश शेयर र मनास्लुको सञ्चालक समितिले बोनस र करसहित १८ दशमलव ९५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंक र साधारणसभाले दुबै संस्थाको बोनस पारित भएपछि मर्जरपछि बैंकको चुक्ता पूँजी १ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ ।
हरेक नेपालीको खल्तीमा साढे १५ हजार रुपैयाँ, बजारमा भएका सबै नोटको बराबारी हिसाव गणनामा मात्रै सिमित
काठमाडौं १, कात्तिक । तपाईको खल्तीमा कति रुपैयाँ छ ? त्यो आफै जानुन्न्। नेपाल राष्ट्र बैंकले चलन चल्तीमा ल्याएका नोट सबै नेपालीलाई बराबरी बाँडने हो भने एक जना नेपालीको भागमा साढे १५ हजार रुपैयाँ परेको समाचार राजधानी दैनिकमा छ। नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार ३० असोज २०७३मा ४ खर्ब ३५ अर्ब रुपैयाँ बराबरका नोट चलन चल्तीमा छन्। केन्द्रीय तथ्थांक विभागका अनुसार अहिले नेपालको जनसंख्या २ करोड ८० लाख छ । यो तथ्यांक अनुसार एकजना नेपालीको भागमा १५ हजार ५ सय ३५ रुपैयाँ परेको नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए। राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशित गरेर बजारमा पठाएका र पुनः राष्ट्र बैंक नफर्केका नोटलाई चलन चल्तीमा रहेका नोट भनिन्छ । यसमा बैंक तथा बित्तीय संस्था, सहकारी संस्था तथा एटिएम मेसिनमा रहेका नोटसमेत गणना हुन्छ ।