सनराइज बैंकले मलेसियाको लागि भिसा आवेदन शुल्क जम्मा गर्ने
काठमाडौैं, १८ असोज । सनराइज बैंक लिमिटेड र मलेसिया भि. एल. एन. नेपाल प्रा.लि बीच मलेसियाको लागि भिसा आवेदन शुल्क संकलन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा दुई संस्थाबीच मलेसियाका लागि भिसा आवेदकहरुलाई एकद्धार केन्द्रको सुविधा सहित सो का लागि लाग्ने शुल्क सनराइज बैंकमा जम्मा गर्ने निर्णय भएको छ । उक्त सम्झौता पत्रमा मलेसिया भि.एल.एनको तर्फबाट अध्यक्ष रामप्रसाद श्रेष्ठ तथा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् । मलेसियाका लागि भिसा आवेदकहरुले सनराइज बैंकको कुनै पनि ६७ वटा शाखामा मलेसियाको लागि विद्युतीय भिसा आवेदन लगायत भिसाको लागि लाग्ने शुल्क जम्मा गर्न सक्नेछन् । मलेसिया भि. एल. एनको कार्यालय मेट्रो पार्क भवन, उत्तर ढोका, लाजिम्पाटमा रहेको छ । सनराइज बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात उक्त स्थानमा आफ्नो काउन्टर समेत राखेर सेवा प्रदान गर्नेछ । मलेसिया भि. एल. एन. नेपाल प्रा.लि. मलेसियाको लागि भिसा आवेदन गर्दा लाग्ने शुल्क संकलन गर्नका लागि मलेसियाई राजदूतावासबाट अधिकार प्राप्त संस्था हो ।
युनिक फाइनान्सले तीन करोड ८१ लाख रुपैयाँ बोनस सेयर दिने
काठमाडौं, १८ असोज । युनिक फाइनान्स लिमिटेडले सेयरधनीलाई तीन करोड ८१ लाख ७७ हजार ६ सय रुपैयाँ बोनस सेयर दिने भएको छ । फाइनान्सको नवौ वार्षिक साधारण सभाले कम्पनी संचालक समितिले गरेको प्रस्तावलाई पारित गरेको छ । उक्त सभाले आर्थिक वर्ष २०७२/७३ को प्रगती प्रतिवेदन, सोही समयको लेखापरिक्षण प्रतिवेदन सहितको आय व्यय विवरण, वासलात तथा नगद प्रवाह विवरण पारित गरेको छ । साथै, २०७३/७४ को लागि लेखापरिक्षकको नियुक्ती लगायतका प्रस्तावहरु सर्वसम्मत पारित भएको छ । साथै संस्थापक समुह तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पदमा बिनोदबहादुर खत्री, नरेशचन्द्र प्रधान र दिव्यश्वर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट मणि राज दाहाल सो सभाबाट संचालक पदमा निर्विरोध निर्वाचित भएका बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल २३ करोड ८६ लाख १० हजार चुक्ता पूँजी रहेको संस्थाको १६ प्रतिशत बोनश सेयर वितरण पश्चात संस्थाको चुक्ता पूँजी २७ करोड ६७ लाख ८७ हजार ६ सय रुपैयाँ हुने कम्पनीले जनाएको छ । संस्थाले गत आर्थिक वर्षको आषाढ मसान्त सम्ममा ८० करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन तथा ६२ करोड रुपैयाँ कर्जा तथा लगानी गरिसकेको छ ।
बैंकले नोट नसाटेपछि राष्ट्र बैंकमा तनाब, अनुमगमनमै जान सकेनन गभर्नर
काठमाडौं १८, असोज । आइतबार साँझसम्म राष्ट्र बैंकमा सर्वसाधारणको निकै लामो लाइन थियो । नयाँ नोट साट्न विहानैदेखि लाइनमा उभिएका झण्डै चार सय जनाले राष्ट्र बैंकको काउन्टरमा प्रवेश पाएका थिएनन् । एकाएक त्यहाँको सुरक्षामा खटिएका नेपाली सेनाका क्याप्टेनले लाइनमा अगाडि बढ्न रोकिदिए । दिनभर लाइनमा उभिएर बस्दा थाकेकी एक महिलालो ती सैनिकको कठालो समाइन र भनिन् । ‘म बिहानैदेखि लाइनमा बसेको छु, दिनभर लाइनमा बसेको मलाई रोक्न खोज्ने त को हो ?’ उनको यो हर्कतलाई राष्ट्रबैंकका सुरक्षा गार्डले नरोकेका भएन तत्कालै हवाई फायर गर्ने अवस्थामा ति सैनिक पुगेको समाचार मंगलबारको नयाँ पत्रिकाले छापेको छ । मंगलबार नै विदेश उड्न लागेको गर्भनर चिरन्जिवी नेपाल सोमबार थापाथलि मुद्रा व्यवस्थापन विभागको अनुमगमना जाने कार्यक्रम थियो । यो तनावले गर्भनर पूर्व निर्धारित समय अनुसार अनुमगनमा जान सकेनन् । गर्भनरले आफू जान नसक्ने भएपनि डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीलाइ पठाए । दसैको अवसरमा आम सर्वसाधारणले पैसा साटन् नपाएपछि सर्वसाधारण आक्रोशित हुन थालेको राष्ट्र बैंकको भनाइ छ ।