अपर पिलुवा खोला दोश्रो जलविद्युत आयोजनामा एनबीबीले लगानी गर्ने

काठमाडौं, १४ जेठ । अपर पिलुवा खोला दोश्रो जलविद्युत आयोजनामा नेपाल बंगलादेश बैंक (एनबीबी) को अगुवाई तथा नेपाल बैंकको सहकार्यमा लगानी गर्ने सहमति भएको छ । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा हाइड्रोपावरका अध्यक्ष दिपक खड्काले लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । ४ दशमलब ७२ मेघावाट क्षमता भएको उक्त आयोजना २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष दिपक खड्काले दिएका छन् । करिब ८५ करोड रुपैयाँ लागत रहेको उक्त आयोजना बैंक तथा प्रवर्धकको ७० बराबर ३० को अनुपातमा ऋण तथा स्वपूँजी संरचनामा निर्माण गर्न लागिएको कम्पनीले जनाएको हो । उक्त पिलुवा खोलाबाट वार्षिक २ करोड ६४ लाख युनिट विद्युत उत्पादन गरी ३३ के.भी. प्रसारण लाईनबाट नेपाल विद्युत प्राधिकरण बानेश्वर सव–स्टेशन मार्फत राष्ट्रिय प्रशारण लाईनमा उक्त आयोजनाको विद्युत आपूर्ति गरिने कम्पनीले जनाएको छ ।

बैदेशिक रोजगार बचतपत्रको विक्री एजेन्ट खोजिदै, १५ असारभित्रमा निवेदन दिनुपर्ने

काठमाडौं, १४ असार । बैदेशिक रोजगार बचतपत्र विक्री गर्ने एजेन्टको खोजी सुरु भएको छ । नेपाल सरकारको तर्फवाट नेपाल राष्ट्र बैंकलपे निस्कासन गर्ने यस्तो बचतपत्रको विक्री (प्राथमिक कारोवार) गर्न चाहने रेमिटान्स कारोवारमा संलग्न बैंक तथा वित्तीय संस्था, रेमिटान्स कम्पनी  मनी ट्रान्सफर कम्पनीहरुले एजेन्टको लाइसेन्स लिएर काम गर्न सक्ने भएका हुन् । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७३/७४ को लागि विक्री एजेन्टको नयाँ र साविकको इजाजत नविकरण गर्न भनेको छ । इजाजत लिन वा नविकरण गर्नको लागि १५ असार भित्र नै निवेदन दिनुपर्नेछ । नयाँ इजाजत लिन वा नविकरण गर्नको लागि राष्ट्र बैंकवाट विप्रेषण (रेमिटान्स) कारोवार गर्न प्रदान गरिएको इजाजतपत्रको प्रतिलिपी, सम्बन्धित मुलुकका आधिकारिक निकायहरुले रेमिटान्स कारोवार गर्न प्रदान गरेको इजाजतपत्र वा सम्बन्धित निकायहरुसँग सो सम्बन्धमा भएको सम्झौताको प्रतिलिपी र नयाँ इजाजतको लागि एक हजार तथा नविकरणको लागि ५ सय रुपैयाँ बुझाएको भौचर सहित निबेदन दिनुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा इलामको नँयाबजारमा

काठमाडौं, १२ असार । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवा इलामको नयाँबजारमा शुरु गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्घेश्यले सो स्थानमा उक्त शाखा सञ्चालन गरेको हो । बैंकको इलाम शाखाका प्रमुख गुरू राज रेग्मी र स्थानीय बुिद्धजिवी एवंम् भूतपूर्व शिक्षक कमल कान्त रिमालले शुक्रबार एक समारोहकाबीच उद्घाटन गरेका हुन् । सो अवसरमा रेग्मीले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि देवी प्रसाद अधिकारीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । शाखा कार्यालय नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठा छापबाट कारोबार गरिने बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ