डिजिटल बैंकिङको जोखिमबारे भएन वित्तीय साक्षरता

जमाना डिजिटलको छ । तपाईं आज घरमै बसेर अनलाइन सपिङ गर्न सक्नुहुन्छ । टिभी, फ्रिज कपडा मात्र होइन, आज तपाईं पिजा वर्गर र मःम अनलाइनबाट मगाउन सक्नुहुन्छ । मोवाइल बैकिङवाट पेमेन्ट गर्न सक्नुहुन्छ । त्यति मात्र कहाँ हो र, तपाईंले अनलाइबाट मगाएको मःम स्वाद मानिमानि खाइरहेको बेला तपाइको छोराछोरी वा परिवारको कोही सदस्यले वा कोही तेस्रो व्यक्तिले तपाईंको एटिम सुटुक्क चोरेर तपाईंकै पैसाले पिज्जा खाइरइरहेको हुन सक्छ । किनकि जमाना डिजिटलको छ । यो कुरा बुझ्न केही उदाहरणले अझ सजिलो गर्छ होला । – एक सेवाग्राही बैंक आउछन् र आर्थिक कारोबारको लागि बैंकमा खाता खोलिदिन बैंक कर्मचारीलाई आग्रह गर्छन् । बैंकको सिएसडीमा कार्यरत कर्मचारीले पनि प्रक्रिया पुर्याएर उसको खाता खोलिदिन्छन् । बैंकले प्रवाह गर्ने सेवामध्ये उनले मोबाइल बैंकिङ पनि लिएका हुन्छन् । केही महिनापछि ती ग्राहक आफ्नो खाताबाट रकम हराएको गुनासो बोकेर बैंक आउँछन् । आफूले कसैलाई पनि चेक काटेर भुक्तानी नदिएको तर, रकम निकालेको म्यासेज मोबाइलमा आएको बैंकलाई सुनाउँछन् । उनले सुनाएको कुरा ठिकै रहेछ । उनले चेक काटेर कसैलाई भुक्तानी दिएकै थिएनन् । एटीएम कार्ड नलिएकोले त्यसबाट पैसा झिकिएको भन्ने कुरै भएन । भएछ के भने उनलाई सामाजिक संजाल इमोबाट कसैले फोन गरेर चिठ्ठा परेको सुनाएछ । चिठ्ठामा परेको रकम निकाल्को लागि कर वापत रकम तिर्नुपर्ने भनिएछ । चिठ्ठा परेको छ भन्दै फोन गर्ने व्यक्तिको खातामा रकम त उनले हालिदिएका रहेनछन् तर मोबाइल बैंकिङको ओटिपी कोड भने दिएका रहेछन् । अनि ओटिपी कोड पाएपछि त्यसरी फोन गर्ने व्यक्तिले मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गरेर लगेछ । – एक जना बैंकको कस्टमर डिजिटल बैंकिङ अन्तर्गत एटिम सेवा लिन्छन् । एटिम बाटै पैसा निकाल्छन् । बैंक जाने, लाइन बस्ने, चेक काटने झन्झट छैन उनलाई । एटिमले सजिलो बनाइदिएको छ उनको आर्थिक दिन चर्या । तर, एक दिन अचानक बैंक खाताबाट मेरो रकम हरायो भन्दै बैंकमा गुनासो गर्न आउछन् । बुझदै लादा उसको एटिमबाट नै पैसा निकालेको स्टेटमेन्टबाट थाहा हुन्छ । पहिलो अनुसन्धान घरबाट नै गर्नुपर्छ भन्ने बुझेर घर परिवारका सदस्यलाई केरकार गर्छन् । निक्कैबेरको सोधिखोजिपछि उनकै छोराले एटिमबाट पैसा निकालेको थाहा हुन आउँछ । बाबुलाई एक दिन बजार जान अल्छि लागेर छोरालाए एटिमको पिन नम्बर भनेर पैसा निकाल्न एटिम दिएर पठाएको कुरा उनलाई याद आउछ । अनि छोराले पिन नम्बर थाहाँ पाएपछि बाबुको एटिमबाट बारम्वार पैसा निकालेको रहस्य खुल्छ । माथिको दुइवटै उदाहरणमा दुई जना नै डिजिटल बैंकिङका प्रयोगकर्ता हुन । मोवाइल बैकिङ प्रायोगकर्ता मोवाइल बैकिङ प्रयोग र जोखिमको वारेमा पूर्णज्ञान नभएको र चिठ्ठाको लोभमा फसेको ग्राहक हुन भने दोस्रोमा आफ्नै छोरा हो, भन्दै एटिम आफ्नो भएपछि आफैले चलाउनु पर्दछ भन्ने ज्ञान हुदा हुदै पनि एक दिन त हो नि भन्दै हेलचक्राई गरेका ग्राहक हुन । नेपालमा हाल कोरानाको महामारीले बैंकिङ क्षेत्रमा डिजिटल बैंकिङको प्रयोग अत्याधिक वढेको छ । सरकारबाट पनि, नेपाल रास्ट्र बैंकबाट पनि र संम्वन्धित बैंक तथा वित्तीय संस्थाहरुले पनि डिजिटल बंैकिङलाई प्रश्रय दिदा र अत्यधिक महत्व दिदा आज निजी अनलाइन व्यापार मात्र होइन, सरकार अन्तर्गत रहेका संस्थाहरुले पनि राजस्व डिजिटल बैकिङबाट नै जम्मा गर्न लगाइरहेका छन । आज हरेकको लागि यो एउटा अपरिहार्य भइसकेको छ । प्रविधिले मानिसलाई सजिलो अवश्य बनाउदछ । डिजिटल बैकिङको प्रयोगकर्ता आज अत्यधिक बढेपनि, बैंक तथा वित्तीय क्षेत्रले डिजिटल बैकिङको आफनो प्रडक्टहरु बेचाउनको लागि मात्र र आफ्नो आम्दानी बढाउन मात्र ध्यान दिनाले यसमा दिनानुदिन जोखिम बढ्दो छ । कर्मचारीलाई यो हाम्रो प्रडक्ट हो, महिनामा यति बेच्नु पर्छ, उति बेच्नु पर्छ भनेर टारगेट मात्र दिनाले र कर्मचारीले पनि बेच्ने बहानामा आफ्ना ग्राहकले मोवाइल बैंकिङ सुरक्षित रुपमा चलाउन सक्छन कि सक्दैनन्, कस्ता कस्ता ग्राहकलाई एटिम दिने कस्ता कस्तालाई नदिने वा भनौं, कस्ता ग्राहक ठगिन सक्छन्, कस्तालाई जोखिम छ भन्ने नबुझी सबै ग्राकलाई खाता खोल्दा फर्म भर्न लगाएर लिनु पर्दछ है भन्ने मानसिकताले काम गर्दा आज यसमा जोखिम अत्यधिक बढेको छ । यसरी ठगिन सकिन्छ नि, भनेर डिजिटल बैकिङको वित्तीय साक्षरता चाहि बैंक कर्मचारी, बैंकको व्यवस्थापन टिम, नेपाल रास्ट्र बैंक लगायत सरकार तथा अनलाइन कारोवार गर्ने निकायहरुले प्रसार प्रसार नगर्ने हो भने भोलिको दिनमा डिजिटल बैंकिङका प्रयोगकर्ता त अवश्य नै बढ्ला तर सोझासाझा ग्राहकहरु भने ठगिएका ठगियै हुनेछन् । हाम्रा ग्राहक कत्तिको सुरक्षित छन् ? हाम्रा ग्राहकलाई हामीले कत्तिको यो सम्बन्धी जानकारी गराएको छौं ? बेलैमा सोच्ने वेला आइसकेको छ । अबको दिनमा जुन बैंक तथा वित्तीय क्षेत्रले डिजिटल बैंकिङ जति आफ्ना ग्राहकलाई बेच्छन्, त्यसमा एउटा निश्चि रकम वित्तिय साक्षरता र डिजिटल जोखिमको प्रचार प्रसारको लागि छुट्याउनु पर्ने देखिन्छ । बैंकहरुले ग्राहक मात्र वनाइरहने, सेवाशुल्क मात्र लिइरहने तर डिटिल बैकिङ सम्बन्धी ग्राहकलाई जिम्मेवार र चनाखो नवनाउने र यसमा चुइक्क खर्च नगर्ने हो भने भोलिका दिनमा आमसर्वसाधारण असुरक्षित महसुस नहोला भन्न सकिदैन । नेपाल रास्ट्र बैंकले पनि यो बैंकले, त्यो बैंकले , वित्तीय क्षेत्रले मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ कनेक्ट आइपिएस, क्युआर कोड आदि ग्राहक यति बनाए भनेर डिजिटल बैंकिङको प्रयोगकर्ता बढे है भन्दै डाटामा मात्र फुरुक्क नपरि जोखिमको लागि के कस्तो काम हुदैछ भनेर पनि चनाखो हुनुपर्दछ । यसमा बैंक तथा वित्तीय क्षेत्र, नेपाल रास्ट्र बैकले अनिवार्य डिजिटल बैंकिङबाट हुन सक्ने फ्रडलाई रोक्न स्पस्ट नीति र अनिवार्य प्रचार प्रसार गर्न गराउनु जरुरी छ । हाल डिजिटल बैकिङ तथा यसवाट हुन सक्ने जोखिमको वित्तीय साक्षरता कमिले कोही चिठ्ठा पर्यो भन्दै ठगिए । डिजिटल बैकिङको जोखिम सम्बन्धि वित्तीय साक्षरता नभएको ले ठगिए भन्दै कोही बैंकमा गुनासो लिएर आए भने भोलिको दिनमा बैंकका कर्मचारीले के उत्तर देलान् ? यस विषयमा सरोकारवालाले बेलैमा सोच्न जरुरी छ ।

मेरो कार्यकाल पुँजी बजारका लागि कोशेढुङ्गा बन्यो-साउद

काठमाडौं । पुँजीबजारको नियामक नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आफ्नो कार्यकाल पुँजी बजारका लागि कोशेढुङ्गा बनेको बताएका छन् । मंगलबार पदबाट राजीनामा दिँदै उनले आफ्नो कार्यकाल पूँजी बजारका लागि कोशेढुङ्गा बनेको बताएका हुन् । ‘मलाई अनकेन लान्छना लगाइयो, सीईओले सबै कम्पनीको सेयर किन्न पाइने नियम छ, सोही नियम अनुसार मैले सेयर किनेको थिएँ, तर बजारमा अन्तर्राष्ट्रिय कानुनलाई परिभाषित गर्दै आरोप लगाइयो र राजीनामा दिन बाध्य भएँ,’ उनले भने । यस्तै, उनले प्लेटफर्म निर्धारण गर्ने काम नेप्सेको भएको तर बजार नियमन गर्ने काम अरु नै निकायको भएको पनि बताए । ‘मैले नैतिकताको आधारमा रहेर राजीनामा दिएको छु । बैंक र प्रादेशिक रुपमा पनि ब्रोकर कार्यालय खोल्ने तयारी थियो तरपनि मैले मेरो कार्यकाल कोशेढुङ्गा सावित भएको महसुस गरेको छु । दैनिक २ अर्ब कारोबार हुने बजारमा अहिले २० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ’ उनले भने । नेपाल सरकारलाई सहयोग गर्ने हिसाबले राजीनामा दिएको पनि उनको भनाई छ । यस्तो छ उनको राजीनामा पत्रः

मेरा बैंकर साथी

अक्सर मेरा स्कुल पढ्ने धेरै साथीहरु आज नोकरीको सिलसिलमा कोही बिदेशिएका छन्, कोही सरकारी पेसामा आवद्द छन् । कोही व्यापारमा र कोही बैंकमा कार्यरत छन् । अरु पेसाका साथीसँग प्रायः भेट भइरहन्छ । कहिले कोटेश्वरमा बस चढ्दै गर्दा, कहिले चावहिलको सिनेमा हलमा, कहिले परिवारसँग घुम्न जाँदा फनपार्कमा । मसँग भेट नहुने साथीहरु भनेको प्राय: बैंकमा काम गर्ने साथीहरु हुन्। उनीहरुसँग आक्कल झुक्कल भेट हुन्छ । खुसी लाग्छ धेरै दिन पछि अचानक भेट हुँदा बैंकर साथीहरुसँग । धेरै दिनपछि आफूसँगै पढेको साथी भेट भयो । यस्सो बसेर कुराकानी गरौं न त भन्यो हतार छ यार कुनै दिन बसुम्ला नि ल भन्दै भेट्न पाएको हुँदैन बिदा भइहाल्छन् । कसैको मलामी जान हतार-हतार गरेझैँ जहिल्यै भेट्यो हतार-हतारमा हुन्छन् बैंकर साथीहरु । बैंकरहरु कार्य व्यस्तताले सामाजिक हुँदैनन्, कसैको बोलावट निम्तोमा पनि उनीहरु जाँदैनन् । विवाहमा पनि जाँदैनन् । मलामीमा पनि जाँदैनन् । बैंकरहरु घमण्डी हुन्छन् । व्यस्त त बहाना हो भन्ने आक्षेप एक हिसावले ठिकै हो कि हो कि जस्तो पनि लाग्छ । मेरै घरको कुरा गरुम् न । मैले कतिचोट आफ्नो घर सर्दा पूजा लगाउँदा होस् वा छोरीको पास्नीमा, कयौं चोटि आफूसँगै पढेका बैंकर साथीहरुलाई घरको कार्यक्रममा बोलाएको छु । कहिले क्लोजिङ् छ यार, आउन पाइनँ, सरि है, कहिले ट्रेनिङ छ यार, जुममा अनलाइन आउन पाइन है भन्दै आउदैनन् । तर, पनि उनीहरु साथी हुन् । म भने आफ्ना कार्यक्रममा बोलाउन छोडदिनँ । र, उनीहरु भने नआउन छोड्दैनन् । भनिन्छ नि, जो जहाँ काम गर्छ, जुन पेशामा आवद्द हुन्छ, विस्तारै उसको स्वभाव पनि पेशा अनुरुप हुँदै जान्छ । सायद त्यहि भएर होला, अरु पेसाका साथीहरुसँग कुरा गर्यो राजनैतिक, फिल्मीदेखि डुलेको घुमेको मात्र होइन मगंल ग्रहसम्मका कुरा हुन्छन् । मलाई कुरा गर्न मज्जा लाग्छ । आफनो पेशा पनि शिक्षक भएर होला, मलाई बोलिरहन मन पर्दछ । अँ साच्चि ! कुरा भनेपछि सम्झें । कुरा पनि दुईथरि हुन्छन् । एउटा गफ अर्थात आकाश पातालका कुरा जुन गरुन्जेल मज्जा लाग्छ । रमाइलो लाग्छ । तर, व्यवहारमा काम लाग्दैन । त्यसवाट शिक्षा पाइदैन । रमाइलो भने लाग्छ । यस्ता साथीहरु पनि चाहिन्छन्, कहिले काहीँ । अचाक्ली तनाव भयो भने रिफ्रेसमेन्ट हुनलाई । अरु साथीभन्दा मेरा बैंकर साथीहरु अलि फरक छन् । यिनीहरुसँग गफ गर्दा अलि चनाखो हुनु पर्दछ । डर पनि लाग्छ मलाई यिनिहरुसँग गफ गर्दा । कुरा गर्दै लग्यो हरेक कुरा आर्थिकमा ल्याएर जोडिदिन्छन् । जुनपनि कुरा फाइदा अनि नाफा घाटासँग तुरुन्त समावेश गरिहाल्छन । हिसावको बोक्रा बोक्रा निकाल्छन् । त्यहि भएर अलि डर लाग्छ मलाई बैंकर साथीहरुसँग कुरा गर्न । तर, पनि म प्रत्येक भेटमा बैंकर साथीहरुबाट केहि न केहि आर्थिक ज्ञान भने पाइनै रहन्छु । त्यहि भएर प्रायः पाँच–छ महिनामा एक–डेढ लाख वचत भएपछि खुसुक्क भेट्छु बैंकर साथीलाई । आर्थिक ज्ञान लिन र यो एक डेढ लाख कसरी सदुपयोग गर्ने भनेर सिक्न । उनीहरुमा आइडियाको खानी छ । म एउटा आइडिया लिन्छु र मेरो पैसाको सदुपयोग गर्छु । अब भनौ न, म सुरु सुरुमा गाउँबाट यो काठमाडौं आउदा मसँग पैसाको नाममा गाउँमा रहेको मेरो जग्गा र त्यो बेचेको पाँच लाख रुपैयाँ मात्र थियो । त्यहि बैंकर साथीको आइडिया र हिम्मतले एउटा पाँच लाखको सानो चार आना जग्गा किनियो । उसले भनेझै मलाई सेयरमा खासै रुचि र लगाव थिएन । उसले नै मेरो नागरिकता र फेटो मागेर उसकै ढिपीले डिम्याट खाता खोलियो । आइपिओ परिवारको हरेक सदस्यको नाममा भरियो पनि । यो सात आठ वर्षको दौरान आज मैले किनेको त्यो पाँच लाखको जग्गा आनाकै पन्द्र लाखमा जाने भइसक्यो । यता सेयरहरु पनि सवै बेच्दा नौ दश लाख जतिको पुगिसक्यो । अहिले उसैले घर बनाउन पनि मलाई हिम्मत दिइराखेको छ । केहि भएन भने जग्गा बैंकमा राखेर, मेरो शिक्षक पेसाको आम्दानी देखाएर होम लोन लिन भनिराखेको छ उसले । उ नभएको भए मलाई काठमाडौ जस्तो ठाउँमा घर बनाउने हिम्मत सायद आउदैन थियो होला । त्यहि भएर उसँग भेट नहुदा पनि खुसी लाग्छ । मेरै लागि र म जस्ताको लागि आइडिया बटुल्दै छ जस्तो लाग्छ । आखिर उसको ज्ञान मेरै लागि त हो नि । मेरो अरु साथीहरु खर्चालु छन् । एक भेटमा दुई तीन हजारको खर्च हुन्छ । मेरो भागमा एक हजार जति पर्छ । प्रत्येक भेटमा एक हजार चट् हुन्छ । तर, बैंकर साथीसँगको भेटमा दुई तीन सय नै काफि हुन्छ । एक हजारले त आइपियो भर्न पो पुग्छ । दश कित्ता सेयर पो भर्न मिल्छ भनेर उ ज्ञान दिन्छ मलाई । दश कित्ता सेयर भनेको भविश्यको केहि नभए पनि पचास हजार त पक्कै हो भनेर प्रत्येक आजको मेरो एक हजारलाई भविश्यको पचास हजारमा रुपान्तरण गर्छ मेरो बैंकर साथी । कहिले काहीँ त मलाई बोर पनि लाग्छ । उसले खाली आर्थिक मात्र कुरा गरेको देखेर । पैसा केहि होइन तर सवै थोक हो भनेर म पनि उसको कुरामा सहमति जनाउँछु । र, प्रत्येक भेटमा उसको हरेक कुरालाई सहमति जनाउँछु । बुझ्यौ तिमीले, सामान किन्दा मोलमोलाई गर्नु नि । डिस्काउन्ट माग्नु नि पसलेसँग । डिस्काउन्ट माग्न केको लाज भन्दै सानो सानो कुरा विचार गर्न लगाउछ उ, मलाई । तरकारी किन्दा किलोको पाँच रुपैयाँ घटायौ भने पनि वर्षमा त्यो पैसा दुई चार हजार हुन्छ भनेर उ मलाई तरकारी किन्न सिकाउँछ । वचत गर है, अनि वचत गरेको पैसा मुद्दतिमा राख है, धेरै व्याज पाइन्छ भन्दै मलाई वचत गर्ने बानी सिकाउँछ । ऊ फाल्तु कुरा गर्दैन । सायद पेशाले होला र उसको पेशाको बानीले होला । कसैलाइ सापटी नदिनु है, दिइहाले पनि धितो चाहि राख्नु है भन्दै ऊ मलाई सुरक्षित हुन सिकाउँछ । प्रत्येक मान्छेसँग नगद र कारोबार गर्दा क्लियर हुनु पर्दछ है । ऊ मसँग अभिभावक झै व्यवहार गर्छ । घर वनाउँ है, हाम्रो बैंकबाट होम लोन लेउ है । सस्तो व्याजको अफर छ है । अनि घर बनाएपछि घरको छानामा तरकारि लगाउ है भन्दै मलाई उ आत्मनिर्भर हुन सिकाउँछ । मेरो पैसा त सवै कति सेयरमा कति जग्गामा कति होमलोनको किस्ता तिर्नमा छ भन्दै आफूसँग चालु पैसा नभएको कुरा बताउँछ । सबै पैसा कमाउने र भविश्यमा बढ्ने क्षेत्रमा लगाएकोले सापटी दिन नसक्ने कुरा बताउँछ । तर, आइडिया चाहि दिन्छ मेरो बैकर साथी । आफू परिवारकै लागि रात दिन नभनि खटेको, परिवारलाई पर्याप्त समय दिन नसकेको, कामको व्यस्तताले समाजमा र सामाजिक क्रियाकलापमा समय दिन नसकेको, यत्रो कोरोनाको महामारीमा पनि ज्यानको जोखिम मोलेर सेवाग्राही कै सेवा गरेको तर परिवार, समाज र राज्यले त्यो नबुझिदिएकेले झन् उल्टै बैंकरलाई घमण्डी भनिदिएकोले आफ्नो र सबै बैंकर साथीहरुको मन यसमा चसक्क भएको कुरा उसले मलाई सुनाउँदा मेरो मन पनि खिन्न भएर आयो । अरु साथीहरुसँग हप्तै पिच्छे भेट हुदा गफ गर्न मज्जा लागेपनि, रमाइलो भएपनि हाँसी ठ्ट्टा भएपनि , सधै व्यस्त हुने मेरो बैंकर साथीसँग पाँच छ महिनामा एकचोटि मरेर भेट हुँदा पनि किन किन मलाई आफू आर्थिक रुपमा सुनिश्चित भएको महसुस हुन्छ । अरुले भनेझै उ आज मलाई घमण्डी लाग्दैन । बैंकर साथीलाई भेट्दा किन किन ढुक्क महसुस हुन्छ । त्यहि भएर होला सायद मेरो हरेक परिवारिक निम्तोमा ऊ आउन नभ्याए पनि म बुझ्छु उसको व्यस्तता । तर, बोलाउन उसलाई म छोड्दिन । म बोलाई रहन्छु, निम्तो गरिरहन्छु । मलाई थाहा छ, ऊ अत्यावश्यक क्षेत्रमा काम गर्ने मान्छे हो । टारगेट र प्रेसरमा काम गर्ने मान्छे हो । उसैले आइडिया दिएर होमलोन गर्दिएर आज म डेराको जिवनबाट मुक्ति हँुदै घर सर्दै छु । आज पनि मेरो निम्तोमा आउदैन । ऊ त म जस्ता हजारौको सेवाको लागि बैंकिङ काम गर्दै, सयौंको होमलोन, विजनेस लोन पास गर्दै कयौंको सपना पुरा गर्दै होला । कम्युटरको किवोर्डमा व्यस्त भई सायद कन्ट्रोल जेडआर गर्दै आफैलाई थकित हुनबाट रोक्दै रिफ्रेसमेन्ट गर्दै छ होला, मेरो प्यारो व्यस्त बैंकर साथी ।