सुनबाट पर्यटन र जलविद्युतमा लगानी डाइभर्ट गर्दै छु : ज्योत्सना श्रेष्ठ

ज्योत्सना श्रेष्ठ सुन व्यवसायमा परिचित नाम हो । श्रेष्ठको परिवारले नेपालमा सुन व्यवसाय गरेको १२० वर्ष भइसकेको छ । उनको राजधानीको न्युरोड र दरवारमार्गमा दुई वटा सुन पसल सञ्चालनमा छन् । श्रेष्ठ मेरिगोल्ड ज्वेलर्सका सञ्चालिका, नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारणी सदस्य र नेपाल रत्न तथा आभुषण संघको अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय सुन व्यवसायमा थप चुनौति थपिएपछि श्रेष्ठले आफनो लगानीमा विविधिकरण गर्न थाल्नु भएको छ । उहाँले झापामा होटल बनाइरहनु भएको छ । प्रस्तुत छ, सुन व्यवसाय र लगानी विविधिकरणको विषयमा केन्द्रीत रहेर सुन व्यवसायी श्रेष्ठसंग विकासन्युजका लागि खेमराज श्रेष्ठले गरेको कुराकानी । ज्योत्सना श्रेष्ठ, अध्यक्ष नेपाल रत्न तथा आभुषण संघ तपाई सुन व्यवसायमा कसरी प्रवेश गर्नुभयो ? जब मेरो विवाह भयो २ वर्षसम्म घरमै बसे । त्यसपछि के गर्ने भनेर सोच्दै थिएँ । मेरो श्रीमान र ससुरा पहिलदेखि नै यो व्यवसाय गरिरहनु भएको थियो । विषेशगरी मेरो ससुरा बुबाले मलाई सुन व्यवसाय गर्न हौसला प्रदान गर्नुभयो । महिलालाई ज्वेलरी व्यवसायमा रुचि हुनु स्वभाविक हो । मैले सुरुमा साथीहरुसँग मिलेर ट्रायलका रुपमा सानो सुन पसल खोले । यसमा त्यति अनुभव थिएन । हाम्रो मक्खनमा पनि सुनको पसल थियोे । त्यहाँ सुनको कारोबार सिक्न थाले । त्यसपछि म आफैले सुनको कारोबार सुरु गरे । हाम्रो परिवार सुन व्यवसायमा लागेको १२० वर्ष भइसकेको छ । यसै अनुभवले नै हामीलाई थप नयाँ काम गर्न हौसला प्रदान गरिरहेको छ । सुन व्यवसायमा लागेको एक शताब्दी भन्दा बढी भइसके छ । सुन व्यवसायमा लागेको एक शताब्दी भन्दा बढी भइसके छ । तपाइले कतिवटा सुनको आउटलेट खोल्नुभयो ? अहिले मेरो न्युरोड र दरबारमार्ग गरी २ स्थानमा सुन पसल छन् । सुन कारोबार आफैंमा राम्रो व्यवसाय हो, यसमा ठूलो लगानी आवश्यक पर्छ । तर प्रतिफल भने कम हुदै गएको छ । अहिले सुन व्यापार गर्नलाई कठिन बन्दै गएको छ । सुनको कोटा २५ किलो मात्रै तोकिएको छ । महिनाको २ किलो सुन बेचेर हाम्रो खर्च पनि उठ्दैन । अझ सरकारको स्पष्ट नीति नहँदा सुनको व्यापार दिनदिनै कठिन बन्दै गएको छ । हामीले सरकारलाई तिरेको कर अनुसारको सुविधा पनि पाइरहेका छैनौं । सरकारको अनुगमन र शिलबन्दी जस्ता गतिविधिले हामी व्यवसायीहरु थप त्रसित हुने अवस्थामा पुगेका छौं । केही व्यवसायीको पसलमा सिलबन्दी मात्र होइन सामान नै उठाएर सरकारले लगेको छ । यो कहिले फिर्ता हुन्छ थाहा छैन । यस्तो अवस्थाले हाम्रो व्यवसायमा असर परिरहेको छ । अझ कच्चा पदार्थ नहुँदा थप समस्या झेल्नु पर्ने अवस्था छ । भनेजति सुन नपाउनु नपाउनु यस क्षेत्रको समस्या हो । व्यवसायीहरुले पारदर्शी हिसाबले काम गर्ने वातावरण छैन । यहाँले सुन कहाँबाट किन्नु हुन्छ ? हामीले देशका २८ वटै वाणिज्य बैंकबाट सुन किनिरहेका छौं । सबै बैंकमा खाता खोलेका छौं । सबै बैंकबाट सुन खरिद गरिरहेका छौं । सुन बाहिरबाट आउने बस्तु हो । नेपाल र विदेशमा कारोबारको समय फरक पर्छ । विदेशमा सुनको कारोबार भैरहँदा यता नहुँन पनि सक्छ । यस्तो अवस्थामा हामीले मंहगोमा किनेको सुन सस्तोमा बिक्री गर्नुपरेको छ । सबै बैंकमा खाता खोल्ने केवाइसी फारम भर्नुपर्ने जस्ता झण्झट छन् । सरकारले पब्लिक लिमिटेड बनाएर सुन खरिदको व्यवस्था मिलाउदा राम्रो हुन्थियो । आधा बैंक र आधा पब्लिक लिमिटेडलाई कोटा दिएमा सुनको भाउ घटेको समयमा व्यवसायीहरुले किन्न सक्नेछ । यसबाट ठूलो लाभ हुने थियो । सुनको थप आउटलेट खोल्ने तयारी गर्नुभएको छ ? १०० वटा सुन पसल पुर्याउने भनेर पसलको नाम सयपत्री ज्वेलर्स राखेकी हुँ । तर दास्रो शाखामा जाँदा नै मैले हरेस खानु परेको छ । विस्तारै सुन व्यवसायबाट लगानी अन्य क्षेत्रमा डाइभर्ट गर्ने तयारी गरेकी छु । कुन क्षेत्रमा लगानी गर्ने तयारीमा हुनुहुन्छ ? मैले अहिले पर्यटन क्षेत्रमा लगानी बढाएको छु । झापामा भारतीय पर्यटकलाई लक्षित गरी मेची प्यालेस होटल बनाइरहेको छु । जुन ८ महिनापछि सञ्चालनमा आउदै छ । हामीले होटल लगायत जलविद्युत र अन्य लगानीका नयाँ क्षेत्र हेरिरहेका छौं । सुनको व्यापार कुन बेलामा बढी हुने गरेको छ ? सबै चाडपर्वहरुमा उत्तिकै व्यापार हुन्छ । विशेषगरी तीज, दशैं, तिहार र माघे संक्रान्ती लगायत पर्वमा बढी व्यापार हुने गर्दछ । लगभग महिलाको ९० प्रतिशत रेडिमेट गहना व्यापार हुन्छ । किनभने महिलाहरु नै यसको प्रमुख ग्राहक हुन् । पुरुषहरुले १० प्रतिशत बजार हिस्सा ओगटेका छन् । रेडिमेड गहनाको बजार बाहिरी देशमा कस्तो छ ? विदेशमा बस्ने नेपालीले यहाँबाट गहना लैजानु पर्यो भने संभव छ कि छैन ? हामीले विदेशमा सिधैं व्यापार गर्न पाएका छैनौं । विदेशमा नेपाली दिदि बहिनीहरु धेरै छन् । उनीहरु वर्षैभरी काममा व्यस्त हुने भएपनि चाडपर्वहरुमा विषेश समय निकाल्ने गर्दछन् । यस्ता अवसरहरुमा उनीहरुले नेपाली गहना लगाउने गर्छन । अहिले सबैभन्दा बढी चर्चामा आएको रानीहार हो । जुन आधा तोलाबाट बन्छ । यसको देश तथा विदेशमा उच्च माग रहेको छ । त्यसैगरी कटहरगेडी आधा तोलामै ४ तोला जस्तो देखिनेगरी बनेका छ । जुन सजिलै निर्यात गर्न सक्ने अवस्था छैन । सरकारले के व्यवस्था गर्यो भने व्यवसायीहरुलाई सहज हुन्छ ? सरकारले अब स्पस्ट नीति बनाउनु पर्यो । सरकारकै अनुमतिमा चलेको सुन पसललाई सिलबन्दी गर्ने व्यापारमा निषेध गर्ने लगायतको काम भैरहेको छ, जुन बिल्कुलै गलत हो । हामीलाई कम्पनी मार्फत पनि सुनको कारोबार गर्नु दिनु पर्छ । हामीले बजारको माग अनुसार सुन पाउन सकिरहेका छैनौं । हामीलाई वार्षिक ४५ देखि ५० किलोसम्म सुन आवश्यक पर्छ । यो सबै व्यवसायीलाई आवश्यक पर्छ भन्ने होइन । आवश्यक हुनेले किन्छन् र आवश्यक नपर्नेले किन्दैनन् । त्यसैले सुन व्यवसायमा अंकुश लगाउनु हुदैंन । अर्थमन्त्री युवराज खतिवडाले चालू आर्थिक वर्षको बजेटमा विदेशबाट ल्याइने सुनमा कडाई गरेपछि अझ बजारमा सुनको अभाव भएको छ । एक व्यत्तिले कति सुन ल्याउन पाउने हो, स्पष्ट हुन सकेको छैन । सुनको भाउ दिनदिनै बढ्ने घट्ने भैरहेको हुन्छ । यसले व्यवसायमा कस्तो असर पारिरहको छ ? सुनको भाउ अन्तर्राष्ट्रिय बजार अनुसार बढ्ने र घट्ने भैरहेको हुन्छ । हाम्रो स्टक अनुसार सुन किन्ने हो । यदि महंगाेमा किनेर सस्तोमा  बेच्नुपर्ने बाध्यता रहेको छ । व्यवसाय बढाउन के कस्ता नयाँ डिजाइनका गहन ल्याउने गर्नु भएको छ ? हामीले पत्थर, चेन, आधुनिक गरगहना निर्माण गर्ने हलमार्किङ जस्तै मेसिन ल्याउन लागेका छौं । यो नेपालमा पहिलो पटक ल्याउन लागि हो । यो अन्तर्राष्ट्रिय स्तरको हुनेछ र यसलाई  काठमाडौं मै राख्ने तयारी गरेको छाैं। । विभिन्न नाका हुदै अवैध रुपमा भित्रिएको सुन नेपाली बजारमै छ कि बाहिर ? हामीले दैनिकजसो सुन तस्करको समाचार सुनिरहेका हुन्छौं ।तर कुरा प्रस्ट छ, यो सुन नेपाली व्यापारीले बेच्ने होइन, नेपालको बाटो हुँदै भारत पठाउनका लागि मात्र हो । केही अपवादको रुपमा नेपाली व्यापारीहरुले सुन एक दूई किलो किन्ने अवसर प्राप्त गरेका होलान ।  केवल कर छली गर्नका लागि मात्र उनीहरुले तस्कर गरिरहका छन् ।  सरकारले कोटा प्रणाली लगाउँदा देशमा सुनको अभाव बढ्न गई तस्करी हुने गरेको छ ।  नेपाली मुद्रा बाहिर जान्छ भनेर कोटा लगाउनु ठिक हो, तर व्यवसायमै असर पर्नेगरी सुनमा कोटा प्रणाली लागू गर्नु हुदैंन ।

सेयर बजार घट्दैमा म्युचअल फण्डका लगानीकर्ताले डराउनु पर्दैन-समीर दाहाल

सन् २००२ मा चाटर्ड एकाउन्टेट भएपछि सीमरप्रसाद दाहाल आफैंले २ वर्ष लेखापरीक्षण फर्म सञ्चालन गरे । त्यसपछि हिमालयन बैंकमा इन्टरर्नल अडिटरको रुपमा सन् २००५ देखि काम सुरु गरेका दाहाल सन् २०१२ पछि सिटिजन्स बैंकमा गए । सिटिजन्सले प्रवद्र्धन गरेको सीबीआईएल क्यापिटलमा हाल उनी २ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । सेयर रजिस्ट्रार भन्दा पनि सीबीआईएलले लगानी व्यवस्थापन  र यो वर्ष पनि नयाँ पोर्टफोलियो योजना ल्याउने सीईओ दाहाल बताउँछन् । प्रस्तुत छ, नेपालमा पुँजी बजारको विकास र म्युचअल फण्डका बारेमा केन्द्रीत रहेर सीईओ दाहालसंग विकासन्युजले गरेको वहस । सीबीआईएल क्यापिटल २ वर्ष पुरानो भयो । अहिले संस्था कुन अवस्थामा पुगेको छ ? यसले आफुलाई बजारमा कुशल लगानी व्यवस्थापकको रुपमा चिनाईसकेको छ । लगानीकर्ताले सीबीआईएल क्यापिटल लगानी व्यवस्थापक हो, म्युचुअल फण्डको व्यवस्थापन गरेको छ, पोर्टफोलियो म्यानेजमेन्टको काम पनि गरेको छ भनेर बुझ्नु भएको छ । हामीले इन्भेष्टमेन्ट बैंकिङ व्यवसायलाई प्राथमिकतामा राखेका छौं । साथै, सेयर रजिष्टार तथा निष्काशन प्रवन्धक, डिम्याट खाता खोल्ने, अन्डरराइटिङको कार्य पनि स्थापनाकाल देखि नै गरिरहेका छौं । अन्य मर्चेन्ट बैंकर आक्रमक रुपमा आइरहँदा सीबीआईएलले नगर्नुको कारण के हो ? हामी स्थापना हुनु भन्दा पहिले सीमित मर्चेन्ट बैंकर मात्र रहेका हुँदा सेवाग्राहीले अनिवार्य रुपमा सीमित संस्थाहरुबाट मात्र सेवा लिनुपर्ने बाध्यता रहेकोमा हाल आएर मर्चेन्ट बैंकरहरुको संख्या वृद्धि भएको हुँदा सेवाग्राहीहरुलाई विकल्प प्रशस्तै छन् । तसर्थ व्यवसाय वृद्धिमा पूर्ण रुपमा आशावादी छौं । यहाँले इन्भेष्टमेन्ट पोर्टफोलियमा ध्यान केन्द्रीत भएको कुरा गर्नुभयो । सीबीआईएलले कुन क्षेत्रमा लगानी गरिरहेको छ ? अहिले हामीले व्यक्तिगत र संस्थागत लगानीकर्ताको लगानी व्यवस्थापन गरिरहेका छौं । पुँजी बजारमा प्राविधिक जनशक्ति चाहिने हुन्छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु सेयर बजारमा ठुलो मात्रामा लगानी गरेका छन् । तर, सबैसंग सेयर बजारका बारेमा जानकार कर्मचारी नहुन सक्छन् । सेयर सम्बन्धि विस्तृत विश्लेषण गर्ने संयन्त्र तथा अर्थशास्त्री कर्मचारीको अभाव हुन सक्छ । व्यक्तिगत लगानीकर्ता मध्ये धेरै जसोले बजार बढ्न थाल्यो भनेपछि सेयरको बारेमा विस्तृत अध्ययन नगरी लगानी गरेको पाइएको छ । यसले गर्दा हामीले लगानीकर्तालाई सुरक्षित लगानी गराउने तर्फ ध्यान दिएका छौं । लगानीकर्तालाई के सुझाव दिनुहुन्छ ? सेयर बजार जहिले पनि तलमाथि भइरहेको हुन्छ । लगानी गर्दा कम्पनीको कमाई कति हुन्छ र प्रतिफल कति दिन्छ भन्ने हो । छोटो समयमा कति मूल्य वृद्धि हुन सक्छ भनेर मूल्य वृद्धिका लागि लगानी गर्ने भनेको स्पेकुलेसन हो, हामी यसमा विश्वास गर्दैनौं । हामी स्पेकुलेसनलाई व्यवस्थापन गरेर वास्तवमा प्रतिफल राम्राे दिने संस्थामा लगानी गर्छौं । गत फागुनमा ८२ करोड रुपैयाँको म्युचुअल फण्ड निष्कासन गर्नुभएको थियो । म्युचुअल फण्डको वित्तीय विवरण कस्तो छ ? फागुन अन्तिममा आएर म्युचुअल फण्ड बाँडफाँड गरेका हौं । सीबीआईएलले व्यवस्थापन गरेको कोषको मूल्य प्रति इकाई १० रुपैयाँ ५१ पैसा पुगेको छ । अर्को वर्षको लक्ष्य भनेको लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश दिने हो । जुनकुरा हामीले विवरणपत्र निष्कासन गर्दा भनेका छौं । म्युचुअल फण्ड र मुद्धति निक्षेपबीचको फरक के हो भने फण्डले निक्षेपको प्रतिफल पनि दिन्छ भने बजारमा भएको मूल्य वृद्धि अनुसार आफ्नो भ्यालु बढाएर मूल्य वृद्धि अनुसार आफुलाई समायोजन गर्दै जान्छ । वर्षेनी लाभांश पनि आउँछ । म्युचुअल फण्ड पुँजीबजार र मुद्रा बजार दुबैको लाभ भएको लगानी गर्ने क्षेत्र हो । यसमा लगानी गर्दा कहिले बजार मूल्य घटेर तल पनि पुग्छ । त्यसबेला संयमता आवश्यक पर्छ । पछिल्लो समयमा म्युचुअल फण्डको खुद सम्पत्ति घट्दै गएको छ । यसको कारण के होला ? जुन म्युचुअल फण्डहरुको मूल्य घटेको छ, उसको सेयर बजारमा प्रवेश गर्ने बेला अहिलेको तुलनामा सेयर मूल्य महंगो थियो । सेयर परिसुचक माथि भएको बेला प्रवेश गरेको भएपनि कन्टेन्जेसी फण्डको व्यवस्था नगरी पुरै कोष लगानी गरेको देखियो । त्यसले गर्दा उहाँहरुले सेयर बजार घटेका बेला किनेर मौकाको फाइदा उठाउन पाउनु भएन् । म्युचुअल फण्डले सबै पैसा सेयरमा मात्र लगानी गर्नुपर्छ भन्ने हैन । त्यसैले सम्बन्धित स्टेकहोल्डरहरुले हाम्रो योजना हेरेर सुझाव दिंदा उचित हुनेछ । तर सेयर किन्नु नै भनेर डण्डा हानेर किन्न वाध्य पारिनु हुन्न । म्युचुअल फण्डले कम्पनीको कस्ता सुचकको विश्लेषण गरेर सेयर खरिद गरेका हुन्छन् ? पहिलो कुरा लगानीकर्ताको पैसा महंगो सेयरमा नपरोस् भनेर पीई रेसियोमा अत्यन्तै ध्यान दिन्छौं । यसपछि कम्पनीको व्यवसायको विश्लेषण गर्ने जसको दीगोपना र बजार हेरिन्छ । तेस्रो व्यवस्थापन पक्षको अवस्था हेरिन्छ । यसमा ग्रेडिङ गरिन्छ । बढी ग्रेड आएकोमा लगानी गर्नेछौं । सेयर बजारमा उतार चढाव आइरहेको देखिन्छ । अब बजार बढ्ने संभावना कतिको छ ? सेयर बजारमा तलमाथि भइरहन्छ, यो नियमित प्रक्रिया नै हो । बजार घटेपछि किन्न थालिन्छ बजार बढ्नु स्वभाविक हो । मूल्य बढेपछि आवश्यकताअनुसार बिक्री गर्ने गरेका हुन्छ । हाम्रो लामो समयसम्म घट्दै गएकाले लगानीकर्ता निराश हुने अवस्था आएको छ । सरोकारवालाहरुबाट पनि बेलाबेलामा पुँजीबजारका बारेमा नकारात्मक टिप्पणीहरु आउँदा लगानीकर्ताको मनोवल खस्किएको छ जस्तो लाग्छ । सेयर बजार घट्दै गएपछि सबै म्युचुअल फण्ड धरासायी बन्ने अवस्था देखिएको हो ? म्युचुअल फण्डले योजनाबद्धरुपमा प्रतिफल गणना गरि रकम लगानी गरेका हुन्छन् । बजार धेरै तलमाथि भइरह्यो भने रोलओभर भएर नाफा पनि बढी नै हुन्छ । दीर्घकालीन लगानीमा अल्पकालीन उतारचढावमा संयमता अपनाइन्छ । अहिले आएका म्युचुअल फण्ड सकिने भन्ने हुदैन् । प्रतिफल त आइरहन्छ । सबैले राम्रो कम्पनी छानेर लगानी गरेका हुन्छन् । अहिले पो घटेको छ, यो सधै निरन्तर हुदैन् । अहिले १० रुपैयाँको मूल्य घटेर ८ रुपैयाँसम्म आएको छ । अन्तत यो बढ्ने छ । दीर्घकालीन अवस्थालाई हेरेर लगानी गरिने भएकाले यसमा चिन्ता लिनु पर्ने अवस्था छैन । सीबीआइएल क्यापिटलले अहिले के गरिरहेको छ ? सीबीआईएलले बजारमा लगानी व्यवस्थापन गर्ने संस्थाको रुपमा आफनो परिचय बनाएको छ । गत वर्ष हामीले नेपाल बैंकको सबैभन्दा बढी एफपीओ अण्डरराइटिङ गरेर सफलता पूर्वक सम्पन्न गराईयो । थप म्युचुअल फण्ड योजना र लगानी व्यवस्थापन योजना पनि ल्याएका छौं । आउँदो वर्ष ७ प्रदेशमा शाखा विस्तार गरेर काम सुरु गर्ने योजनामा छौं । ८२ करोड रुपैयाँको म्युचुअल फण्ड सञ्चालनमा आइसकेको छ भने अर्को १ अर्ब रुपैयाँको म्युचुअल फण्ड सञ्चालनमा ल्याउने तयारी गरेका छौं । नयाँ म्युचुअल फण्ड ल्याउनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छौं । स्वीकृति दिएको म्युचुअल फण्ड १ को पैसा लगानी गर्न बाँकी रहेको अवस्थामा तपाईलाई अरु थप फण्ड संचालन गर्ने स्वीकृति दिएर के गर्नु भन्नु हुन्छ ? हामी जस्तो फण्ड म्यानेजरहरुले अध्ययन गरेर मात्र लगानी गर्छौ । एकै पटक ह्वातै लगानी गर्नु पनि हुँदैन । बजारलाई हेरेर विश्लेषण गर्नुपर्ने हुन्छ । हामीले विस्तारै लगानी गरिरहेका छौं । सेयर बजार घटबढ भएकाले हामीसंग कन्टिेजन्सी कोष पनि चाहिन्छ । नयाँ अवसर आयो भने कसरी लगानी गर्ने ? त्यसलै बोर्ड नीतिगत रुपमा स्पष्ट हुन आवश्यक छ । एउटा स्किमलाई एक किसिमले चलाइरहेका हुन्छौं । फेरी अर्को स्किम सञ्चालनका लागि अनुमति मागेका छौं । सीबीआइएलले आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको धेरै समय भइसक्यो हालसम्म आएको छैन । आईपीओ कहिले आउने छ ? मर्चेन्ट बैंकरले आईपीओ ल्याउने कुरामा नीतिगत रुपमा व्यवस्थापन गर्दैैछौं भन्ने जानकारी प्राप्त हुन आएको छ । स्पष्ट नीति नहुँदा अन्तिम स्वीकृति भने प्राप्त भएको छैन् । हाम्रो २० करोड रुपैयाँ चुत्तापूँजीको कम्पनी हो । यसमा १७ करोड रुपैयाँ संस्थापक लगानीकर्ताको स्वामित्व रहेको छ । सिटिजन्स बैंक मुख्य कम्पनी हो भने नागरिक लगानी कोष र कर्मचारी संचय कोष संस्थागत सेयरधनी हुन् । बाँकी १५ प्रतिशत अर्थात ३ करोड रुपैयाँ सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेका छौं । यदि आइपीओ निष्कासनमा थप ढिलाई हुने भएमा हकप्रद सेयर जारी गरेर चुत्तापुँजी २० करोड रुपैयाँ पुर्याउने गृहकार्य पनि गरिरहेका छौं । सीबीआईएलको यो वर्षका लागि नयाँ कार्यक्रम के छन् ? कर्पोरेट एडभाइजरी सेवा सुरु गर्ने छौं । ७ प्रदेशमा शाखा खोलेर लगानी व्यवस्थापनको सेवा दिने योजना अघि बढाएका छौं । साथै धितोपत्र बोर्ड बाट स्वीकृति प्रदान गरिने कुनै पनि कार्य गर्न तयार छौं । कर्पोरेट एडभाइजरी सेवा दिने कुरा गर्नुभयो । यो कस्तो योजना हो ? कर्पोरेट एडभाइजरी सेवा नेपालमा मर्चेन्ट बैंकका लागि नयाँ कुरा हो । सिविआइएल क्यापिटलले आफुलाई यसको लागि तयार गरिसकेको छ । संगठित संस्थाको संरचना हेरफेर, मूल्याँकन , व्यवसायिक योजना, लोन सिन्डिकेशन, र्विर्कङ क्यापिटल फाइनान्सिङ, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, हेज फण्ड जस्ता कोष संचालन, सम्पत्ति व्यवस्थापन लगायतका विषयमा परामर्श सेवा प्रदान गरिने जिम्मेवारी संस्थागत परामर्शदाताको हुनेछ । २० करोड रुपैयाँ चुत्तापुँजी भएपछि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर यो काम शुरु गर्नेछौं ।

आतंकवादले भन्दा साइबर क्राइमले ठूलो जोखिम निम्त्याउन सक्छ-विजयबहादुर शाह

विजयबहादुर शाह, अध्यक्ष–एआईआरडीसीगत साता राजधानीमा आयोजित एसोसियसन अफ इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स कम्पनीज इन डेभलपिङ कन्ट्रिज (एआईआरडीसी)को २१ औं सम्मेलनले एआईआरडीसीको अध्यक्षमा विजय बहादुर शाहलाई चयन गरेको छ । नेपाल विमक संघको निवर्तमान अध्यक्ष शाह यसअघि सो संस्थाको उपाध्यक्ष हुनुहुन्थ्यो । एआईआरडीसीको सम्मेलनबाट नेपालले के सिक्यो र सो संस्थाको अध्यक्षको काँधमा के–के जिम्मेवारी आएको छ भन्ने विषयमा केन्द्रीत भई नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहनु भएका शाहसँग गरिएको विकास वहस यस अंकमा । एआईआरडीसी के हो ? यसलाई कसरी बुझ्ने ? एसोसियसन अफ इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स कम्पनीज इन डेभलपिङ कन्ट्रिज नामको संस्था ४० वर्षअघि स्थापना भएको थियो । यसको हेर्डक्वार्टर फिलिपिन्सको मनिलामा रहेको छ । एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशका नियामक र बीमा कम्पनीहरु यसका सदस्य छन् । यसले बीमाको ज्ञान अभिवृद्धि, व्यवसायिक भाइचारा, बीमाका क्षेत्रमा आईपर्न सक्ने चुनौती व्यवस्थापनका लागि बहस चलाउने र पूर्व तयारी गर्ने गर्छ । यस संस्थाको अध्यक्ष बन्नुभएको छ । तपाईको काँधमा के के जिम्मेवारी आएको छ ? यो संस्थाको भर्खरै सम्पन्न साधारण सभाले मलाई अध्यक्ष चुनेको छ । यो मेरो लागि मात्रै नभएर नेपाली बीमा क्षेत्रका लागि नै खुसीको कुरा हो भन्ने लाग्छ । मेरो काँधमा एआईआरडीसीको उदेश्य पुरा गराउने जिम्मेवारी आएको छ । यसको मञ्चलाई उपयोग गरेर बीमा क्षेत्रलाई व्यवसायिक र अब्बल बनाउन भूमिका खेल्नु मेरो जिम्मेवारी हो । बीमा क्षेत्रमा नयाँ प्रडक्ट भित्र्याउने, प्रबिधि भित्र्याउने काम गर्नुपर्नेछ । एआईआरडीसीको २१ औं सम्मेलनबाट बीमा क्षेत्रले के सिक्यो ? हरेक सम्मेलनको एउटा नारा हुन्छ । यसपालिको नारा डिजास्टर रिस्क फाइनान्सिङ थियो । हामीले जल वायु परिवर्तनबाट भविष्यमा आउन सक्ने जोखिमबारे व्यापक छलफल गरेका छौं । जल वायु परिवर्तनले प्रलय ल्याउँछ । प्रलयले ठूलो आकारमा नोक्सानी गर्छ जसलाई व्यक्ति वा कम्पनीले जोखिम वहन गर्न सक्दैन । यस्ता ठूला प्रलयहरुले देश विकासमै अवरोध पनि ल्याउँछ । यस प्रकारका प्रलयहरुबाट हुने नोक्सानीको जोखिम वहन र फाइनान्सिङका लागि यो सम्मेलन फलदायी भएको छ । त्यस्ता प्रलयहरुको नोक्सानी व्यवस्थापन र फाइनान्सका केहि तरिका छन् । त्यो कुरा बीमा कम्पनी वा नियामक निकायले मात्रै होइन, देशले नै सिक्नुपर्ने देखिएको छ । विभिन्न फाइनान्सिङ प्रडक्टहरुका माध्यमबाट समयमै सम्बोधन गर्न सक्यौं भने भोलिका दिनमा प्रलयहरु आउँदा कसैको मुख ताक्नु पर्दैन । कसैको आस गरेर बस्नुपर्ने अवस्था रहँदैन । हामी आफैं पुननिर्माण गर्न सक्छौं भन्ने कुरा यो सम्मेलनबाट सिकेका छौं । यो नै सबै भन्दा ठूलो सिकाई हो भन्ने मलाई लाग्छ । नेपालमा कस्ता खालका प्रलयहरु भोग्नुपर्ने पूर्वानुमान गरियो र त्यसको जोखिम हस्तान्तरण कसरी गर्न सकिने देखियो ? यो सम्मेलनको उद्घाटनमा अर्थमन्त्री डा युवराज खतिवडाले पनि भन्नु भएको थियो कि अब प्राकृतिक र मानव सिर्जित साइबर रिस्क ठूला मुद्दा हुनेछन् । त्यससँगै आतंकवाद पनि अर्काे चुनौती हो तर त्यसलाई साइबर जोखिमले उछिनेको अवस्था छ । आतंकबादले भन्दा साइबर क्राइमले ठूलो जोखिम निम्त्याउन सक्छ । जल वायु परिवर्तनले भूकम्प, बाढी, पहिलो, अतिवृष्टि, अनावृष्टि, हिमताल बिस्फोटन लगाएका समस्या आउनसक्छ । जसले एकै पटक ठूलो मात्रामा नागरिकहरुलाई नोक्सानी पुर्याउन सक्छ । यो देशको समृद्धिका लागि जल विद्युतको सदुयोग गर्नुपर्ने भनिएको छ । ठूला हिमताल फुट्यो भने तटिय क्षेत्रका जलविद्युत आयोजना सहित अन्य पूर्वाधारमा क्षति पुर्याउन सक्छ । यो सम्मेलनमा जलवायु परिवर्तनको जोखिमले के के गर्न सक्छ र त्यसको जोखिम न्युनिकरणका लागि वित्तीय औजार के के हुन भन्नेबारे छलफल भयो । हिजोका दिनसम्म खासै महत्व नपाएको हनुमन्ते खोलाले यसपाली भक्तपुरमा डुबान समस्या ल्यायो जसले ठूलो क्षति गरेको थियो । जलवायु परिवर्तनले व्यापक जोखिम ल्याउँछ र त्यसको समयमै जोखिम हस्तान्तरण गर्नुपर्छ भन्ने हो । आज प्रविधिले टाइफुन आँधीले कति प्रभाव पार्छ ? कति समयमा अर्काे देशमा असर गर्छ भन्ने अनुमान गर्न सकिएको छ । भूकम्प बाहेकका अन्य प्राकृतिक जोखिमहरुको पूर्वानुमान गर्न सकिन्छ । अहिले त्यस्तो पूर्वानुमानहरुको प्रविधिमा पनि बीमा कम्पनीहरुले ध्यान दिनुपर्ने देखियो । त्यस्तो पूर्वानुमानको जानकारी दिन सकियो भने ठूलो धनजनको क्षति रोक्न सकिने सम्भावना उजागर भयो । सम्मेलनमा १६ देशका बीमा कम्पनीका प्रतिनिधि सहभागी भए । उनीहरुसँग त्यहाँका शिप र प्रविधिबारे जान्ने अवसर पायौं । सम्बन्ध सञ्जाल विस्तारको अवसर पाइयो । अब त्यसलाई सदुपयोग गर्ने सन्दर्भ आएको छ । त्यहाँ देखिएका अवसरहरुलाई यहाँ पनि अवसरका रुपमा उपयोग गर्ने कुुरा आउँछ । विदेशी विज्ञहरुले नेपालका बीमा कम्पनी अवस्था कसरी उजागर गरिदिए ? नेपालका प्रत्येक बीमा कम्पनीले आ–आफ्नो बीमाको जोखिम व्यवस्थापनको योजना बनाएका हुन्छन् । बीमा उद्योगमा कसैले पनि सम्पूर्ण जोखिम लिँदैन । जोखिम बहन गर्न सक्ने अवस्था नै रहेपनि सबै जोखिम आफैं लिँदैनन् । जति धेरै सम्पत्ति भएपनि सबै जोखिम आफैंले लिदाँ वा सम्पत्ति आफैंसँग राख्दा भोलि भवितव्य पर्दा कम्पनी जोखिममा पर्छ । त्यसैले पुनर्बीमा गरिएको हुन्छ । हामीले नियामक निकायले तोकेको मापदण्ड भित्र परेका पुनर्बीमा कम्पनीसँग मात्रै पुनर्बीमा गरेका हुन्छौं । बीमा कम्पनीलाई देशभित्रको जोखिम मात्रै हुन्छ । पुनर्बीमा कम्पनीलाई त अन्तराष्ट्रिय परिस्थितिको पनि जोखिम हुन्छ । पुनर्बीमा कम्पनीले विश्वभर व्यवसाय गरिरहेका हुन्छन् । आ–आफ्नो व्यवसाय अनुसार आफ्नो कम्पनी र लगानीको सुरक्षाका उपाय अवलम्बन गरिएको हुन्छ । हाम्रो देशकै रेटिङ नभएकाले हाम्रा कम्पनीहरुको पनि अन्तराष्ट्रिय रेटिङ गरिएको छैन । विदेशीहरुले हाम्रा कम्पनीहरुको अवस्था जान्न वित्तीय विवरण र कुन कम्पनीमा पुनर्बीमा गरिएको छ भनेर हेर्छन् । त्यसकै आधारमा नेपाली कम्पनीहरु छान्ने गरेका छन् र यसबाट नै हामीप्रति उनीहरुको दृष्टिकोण बन्ने गरेको छ । एसियाली क्षेत्रका बीमा कम्पनीहरु बढी जोखिम रहेकाे विषय आयो नि ? सबै भन्दा पहिले देशको रेटिङ के हो भन्ने कुरा महत्वपूर्ण हुन्छ । देशको सार्वभौम रेटिङले अर्थ राख्छ । कुनै देशको रेटिङ ए आयो भने त्यो देशको सरकारले लिएका विदेशी ऋणको सावाँ र ब्याज समयमै तिर्छ । जमानी बसेको छ भने समयमै तिर्न सकेन भने कुनै उपकरण उपयोग गरेर भए पनि तिरिदिन्छ भन्ने हो । तर हाम्रो देशको रेटिङ नै भएको छैन । तर पनि देशकै रेटिङ नभएको अवस्थामा कारोबार नै नहुने भन्ने चाँही हुन्न । अब कम्पनीका सवालमा कस्तो कम्पनीमा पुनर्बीमा गरिएको हो त्यसले महत्व राख्छ । त्यसकारण नेपाली बीमा कम्पनीहरुले राम्रा पुनर्बीमा कम्पनीहरु खोज्ने गरेका छन् । बीमा कम्पनीमा एक रुपैंयाँ प्रिमियम उठाउँदा एक सय रुपैंयाँको जोखिम वहन गरेका हुन्छौं । किनकी एकै पटक एक सय रुपैंया नोक्सान हुन्न भन्ने अनुमान गरिएको हुन्छ । तर प्रलय भयो भने कम्पनीले तिर्न सक्दैन र कम्पनीको जायजेथा बेचेर पनि तिर्न सक्दैन् । त्यसकारण नियामक निकायले महाप्रलय लगायतका अवस्थाका लागि छुट्टै पुनर्बीमा सन्धि गर्नु भनेको छ । आफ्नो जायजेथाले नभ्याउने भएपछि महाप्रलयको पुनर्बीमा गर्नुपर्छ भन्ने कुरा सम्मेलनले सिकाएको छ । बीमा क्षेत्रमा प्रविधिको सवाल पनि उठेको थियो, त्यसमा केहि ठोस निष्कर्ष निस्कियो ? ३ सेकेण्डमा दावी भुक्तानी गरिएको सवाल पनि सम्मेलनमा आएको थियो ।  त्यहाँ आर्टिफिसियल इन्टेलिजेन्सको उपयोग गरिएको थियो । नेपालमा ३ सेकेन्डमा नभए ३० सेकेण्ड होला । ३ मिनेटमै भएपनि ठूलो उपलब्धि हुनेछ । त्यति पनि नभए ३ दिनमै भुक्तानी गर्न सकिएछ भने पनि सफलता नै हुनेछ । प्रविधिको प्रयोग बिना बीमा सेवालाई छिटो छरिटो बनाउन अब असम्भव छ । किनभने मानिसको अपेक्षा बढिरहेको छ । क्षतिको भुक्तानी दिन ३ महिना लगाउने कम्पनीकोमा ग्राहक फर्केर जाँदैनन् । क्षति भएपछि ठाउँको ठाउँमै भुक्तानी दिने वा केहि घण्टामै भुक्तानी दिने प्रक्रिया अघि बढाउनुपर्छ । बीमालाई प्रविधिमैत्री बनाउने प्रक्रिया संसारभर सुरु भैसकेको छ । ठाउँको ठाउँमै वा केहि घण्टामै दावी भुक्तानी दिन हामीले पनि निकै प्रयास गरिरहेका छौं । १० वर्ष भन्दा अघिको बीमा क्षेत्र र आजको बीमा क्षेत्रले उपयोग गरिरहेका प्रविधिमा धेरै परिवर्तन आएको छ । तर यथोचित भएको चाँही पक्कै पनि छैन् । हामी अथाह बीमा बजार भएका देशहरुको बीचमा छौं । यद्यपी हामी बीमा सेवा निर्यात गर्न त सक्दैनौं तर त्यहाँको प्रविधि भित्र्याएर सस्तो र चाँडो सेवा प्रदान गर्न सक्छौं । बीमा कम्पनीहरुले त्यतातिर सोचिरहेका छन् । ३ सेकेण्डमा दावी भुक्तानी गरिएको सवाल पनि सम्मेलनमा आएको थियो । त्यसमा मानविय जनशक्तिको उपयोगले सम्भव थिएन् । त्यसमा अटोमेशन प्रयोग गरिएको थियो । त्यहाँ आर्टिफिसियल इन्टेलिजेन्सको उपयोग गरिएको थियो । नेपालमा ३ सेकेन्डमा नभए ३० सेकेण्ड होला । ३ मिनेटमै भएपनि ठूलो उपलब्धि हुनेछ । त्यति पनि नभए ३ दिनमै भुक्तानी गर्न सकिएछ भने पनि सफलता नै हुनेछ । अब प्रविधिको उपयोग नगरि बीमा कम्पनीहरु टिक्नै सक्ने अवस्था छैन् । अबका उपभोक्ता प्रविधिमैत्री र तुरुन्तै सर्भिस चाहने खालका छन् । अब प्रणालीले काम गरेन, कर्मचारी बिदामा छ त्यसैले ढिलो भुक्तानी हुने भयो भनेर अब पार पाइन्न । बीमा कम्पनीलाई यो व्यवसायमा रहनु छ भने प्रबिधीमा लगानी गर्नुपर्छ । हिजोसम्म बीमा कम्पनीको पूँजी थोरै थियो । कति लगानी प्रविधिमा गर्ने भन्ने कुरा अन्यौलमै थियो । अब त बीमा कम्पनीको पूँजी एक अर्ब अनिवार्य भैसकेको छ । अब प्रविधिमा व्यापक लगानी गर्नुपर्छ । बैंक र बीमा कम्पनीका लागि अब प्रविधि नै ठूलो कुरा हो । हामीले चाहे पनि नचाहे पनि प्रविधि त अनिवार्य भैसक्यो । नेपालको अर्थतन्त्रका लागि ३९ वटा कम्पनी संख्यालाई सम्मेलनमा सहभागीहरुले कसरी हेरेको देखियो ? न्युजील्याण्डमा ८० वटा कम्पनी छन् तर त्यो सानो देश हो भन्ने कुरा चाँही उठेको थियो । संख्या महत्वपूर्ण कुरा होइन् । कुनै बेला बैंकहरुको संख्या धेरै थियो । आज घटिरहेको छ । भोलिका दिनमा बीमा क्षेत्रमा पनि त्यसको आवश्यकता महसुश गरियो भने मर्जर हुन सक्छ । बीमाको पहुँच बढाउन यो सन्दर्भ महत्वपूर्ण हुन आउँछ । खुला बजार अर्थतन्त्रमा राम्रो सेवा दिने कम्पनी रहने हो बाँकी आफैं पछि पर्दै जानेछन् । मैले छलफल गरेका विदेशी साथीहरुले यो विषयमा खासै कुरा केहि गरेनन् । यो विषय हामीले नै धेरै बुझ्ने सवाल भयो । न्युजील्याण्डमा ८० वटा कम्पनी छन् तर त्यो सानो देश हो भन्ने कुरा चाँही उठेको थियो । संख्या महत्वपूर्ण कुरा होइन् । कुनै बेला बैंकहरुको संख्या धेरै थियो । आज घटिरहेको छ । भोलिका दिनमा बीमा क्षेत्रमा पनि त्यसको आवश्यकता महसुश गरियो भने मर्जर हुन सक्छ । अझ माइक्रो इन्स्योरेन्स थपिन पनि सक्छन् । यो बजारले निर्धारण गर्ने कुरा हो, समयले आफैं कोर्षमा ल्याउँछ भन्ने मेरो निष्कर्ष हो । एआईआरडीसीमा नियामक, रि इन्स्योरेन्स, इन्स्योरेन्स कम्पनीहरु एकै ठाउँमा कसरी अटाए ? बीमा उद्योगसँग सरोकार राख्ने सबै संस्था एकै ठाउँमा आए भने समस्या समाधान र विकासका लागि सहकार्य गर्न सहज हुन्छ । छुट्टा छुट्टै बसियो भने एउटाको कुरा अर्काेले नबुझ्ने अवस्था आउँछ । यहाँबाट अघि सारिएका निष्कर्षहरुको कार्यान्वयन सहज हुन्छ । यो संस्थाको जुन संरचना छ, त्यसले बीमा क्षेत्रको विकासमै सहजता आउँछ । डिजिटाईजेशनका लागि पेपरलेस बनाउनु पर्छ । तर अहिलेसम्म नेपालको बीमामा कागज अनिवार्य गरिएको छ । भोली यसलाई हटाउन र डिजिटाइजेशनका लागि रेगुलेटरको अनुमति चाहिन्छ । डिजिटल पेपर स्वीकार गर्नका लागि कानुन नै सच्याउनु पर्छ । त्यसपछि प्रिमियम तिर्नेदेखि दावी भुक्तानी पनि पेपरलेस गर्न सक्छौं । ठूलो जनशक्तिको आवश्यकता नै पर्दैन् । ग्राहकले बीमा गर्ने हो, बीमा कम्पनीले क्षतिपुर्ति दिने हो । त्यसको बीचमा पेपरको रोकावटलाई फुकाउन यस्ता मञ्चहरुले नियामक र कम्पनीलाई छलफल गरेर निष्कर्षमा पुग्न सहजता प्रदान गरेको छ । एउटै मञ्चबाट साझा ज्ञान लिँदा सिंगो उद्योगलाई नै फाइदा पुगेको छ ।