बीमा दाबी भुक्तानीमा सलिकोको अग्रता, कुन कम्पनीले कति तिरे ?

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमा कम्पनीहरूले ३० अर्ब ४० करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन् । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले एक लाख ५८ हजार ६९३ वटा दाबीबापत ३० अर्ब ४० करोड ३३ लाख रुपैयाँ भुक्तानी गरेका हुन् । एक वर्षमा सबैभन्दा धेरै दाबी भुक्तानी गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा १७ हजार १०७ वटा दाबीबापत ४ अर्ब ९६ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरेको छ। दोस्रो धेरै दाबी भुक्तानी गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले एक वर्षमा २७ हजार ३९ वटा दाबीबापत ४ अर्ब ५ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।  तेस्रोमा एनएलजी इन्स्योरेन्सले १३ हजार ४१ दाबी संख्याको ३ अर्ब १९ करोड ७२ लाख रुपैयाँ भुक्तानी गरेको छ । तेस्रो धेरै दाबी भुक्तानी गर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । एक वर्षमा कम्पनीले १५ हजार ६७ दाबीको ३ अर्ब ५२ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सले १३ हजार ४१ वटा दाबीबापत् ३ अर्ब १९ करोड ७२ लाख रुपैयाँ, हिमालयन एभरेष्टले १५ हजार १७८ दाबीबापत् २ अर्ब ५४ करोड २४ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियलले १४ हजार ४६३ दाबीबापत् २ अर्ब १९ करोड १३ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।  नेको इन्स्योरेन्सले ११ हजार ४८५ दाबीबापत् १ अर्ब ८९ करोड २ लाख रुपैयाँ, युनाइटेड अजोडले ८ हजार ६८० दाबीबापत् १ अर्ब ८२ करोड ७१ लाख रुपैयाँ, सानिमा जिआईसीले ६ हजार ७५४ दाबीबापत् १ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ५ हजार ८१५ दाबीबापत् १ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।  त्यसैगरी, नेपाल इन्स्योरेन्सले ९ हजार ९३८ दाबीबापत् १ अर्ब २६ करोड ११ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले १ हजार ८३१ दाबीबापत् ७१ करोड ९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १० हजार ५६६ दाबीबापत् ५० करोड १२ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले १ हजार ७२९ दाबीबापत् ३० करोड २३ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।

आइएमई लाइफले असारमा गर्याे ७ करोड बढी बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८३/८४ को असार महिनामा ७ करोड रुपैयाँभन्दा बढीको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले असारमा १८९ वटा दाबीबापत कुल ७ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीका अनुसार असार महिनाको कुल दाबी भुक्तानीमा म्यादी बीमाको हिस्सा सबैभन्दा बढी रहेको छ । म्यादी बीमातर्फ १४६ वटा दाबीको २ करोड ५२ लाख ४ हजार रुपैयाँ भुक्तानी गरिएको छ । त्यस्तै, परम्परागत बीमातर्फ २४ वटा दाबी बापतको २ करोड ४२ लाख ९९ हजार रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ । यसैगरी, वैदेशिक रोजगार बीमातर्फ १९ वटा दाबीको २ करोड ११ लाख ५१ हजार रुपैयाँ भुक्तानी गरिएको छ । 

बीमा कम्पनीहरूको वित्तीय क्षमता बलियो, सोल्भेन्सी अनुपात नियामकीय मापदण्डभन्दा माथि

काठमाडौं । जीवन बीमा कम्पनीहरूको वित्तीय दायित्व बहन गर्न सक्ने क्षमता (सोल्भेन्सी रेसियो) समग्रमा मजबुत देखिएको छ ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार १३ वटा जीवन बीमकको औसत सोल्भेन्सी अनुपात १.८१ प्रतिशत देखिएको छ । प्राधिकरणले जीवन बीमकको सोल्भेन्सी अनुपात १.३ तोकेको छ । तर १३ वटै जीवन बीमकको सोल्भेन्सी अनुपात १.३ भन्दा माथि नै रहेको छ । कम्पनीहरूको सोल्भेन्सी अनुपात नियामकले तोकेको न्यूनतम १.३ प्रतिशतभन्दा माथि रहनुले बीमितहरूको लगानी सुरक्षित रहेको र कम्पनीहरू भविष्यमा आउने सक्ने वित्तीय जोखिम न्यूनीकरण गर्न सक्षम रहेको संकत गर्छ। प्राधिकरणको तथ्यांकअनुसार रिलायबल नेपाल लाइफको सोल्भेन्सी अनुपात सर्वाधिक २.५४६ छ । सन नेपाल लाइफको सोल्भेन्सी अनुपात २.४३८, आइएमई लाइफको २.३९७, मेटलाइफको २.०८३ रहेको छ ।  त्यस्तै , एशिएन लाइफ इन्स्योरेन्सको १.३३२, सिटिजन्स लाइफको १.७२८, सूर्यज्योति लाइफको १.६५४, सानिमा रिलायन्स १.५१३, प्रभु महालक्ष्मी लाइफको १.९१६, नेशनल लाइफ इन्स्योरेन्सको १.६५५, नेपाल लाइफ इन्स्योरेन्सको १.५३७ र  लाइफ इन्स्योरेन्स कर्पोरेशनको १.५०३ रहेको छ । हिमालयन लाइफको सोल्भेन्सी अनुपात सबैभन्दा कम १.३२४ छ ।  लघु जीवन बीमकको सोल्भेन्सी अनुपात पनि नियामकीय प्रावधानभन्दा माथि नै रहेको छ । प्राधिकरणले लघु जीवन बीमकको सोल्भेन्सी अनुपात १.५ तोकेको छ ।  गत आर्थिक वर्षमा गार्डियन माइक्रो लाइफको २.०६, लिबर्टी माइक्रो लाइफको १.९९ र क्रेस्ट माइक्रो लाइफको १.९७ रहेको छ ।