सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु
काठमाडाैं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार शुभारम्भ भएको छ । साेमबार लक्ष्मीपुजाकाे दिन दुई कम्पनीबीच एकीकृत कारोबार सुरु भएको हो । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले दुई कम्पनीबीच एकिकृत काराेबार शुभारम्भ गरेका हुन् । दुई कम्पनीकाे मर्जर पश्चात् सानिमा जिआईसी इन्स्योरेन्सको नामबाट कारोबार हुनेछ । कम्पनी बराबरी हैसियतमा गाभिएका हुन् । मर्जर पश्चात कम्पनीकाे अध्यक्षमा जनरलका कुनाल कयाल र प्रमुख कार्यकारी अधिकृतमा सानिमाका सुद्युम्न उपाध्याय रहनेछन् । गत असोज ११ गते सम्पन्न विशेष साधारणसभाबाट दुवै कम्पनीले मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए। नियामक बीमा समितिले मर्जरका लागि असोज १४ गते अन्तिम स्वीकृति दिएको थियो। मर्जरपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीकाे जगेडा कोषमा ३६ करोड ९३ लाख रुपैयाँ र बीमा कोषमा ४१ करोड रुपैयाँ सञ्चित छ ।
विभिन्न कार्यक्रम गरी सिटिजन्स लाइफ इन्स्योरेन्सले मनायो पाँचौं वार्षिकोत्सव
काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरी आफ्नो पाचौँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले सप्ताह व्यापी कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाएको हो । कम्पनीले यस वर्ष विशेष प्राथमिक्तामा राखेको रक्तदान कार्यक्रममा देश भरिका २८ वटा शाखाको आयोजकता मा १०७३ पिन्ट रगत संकलन गरेको छ । डेङ्गु लगायत विभिन्न भाइरल ज्वोरोका कारण धेरै नेपालीहरु अस्वस्थ्य रहेको बेला १०७३ पिन्ट रगत संकलन गर्न सफल हुनु आफ्नै लागी गौरवको कुरा भएको कम्पनीले जनाएको छ । कम्पनीले फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता सुरु गर्दै देशभरी ८ वटा स्थानमा बीमा सचेतना सम्बन्धित भव्य सडक ¥याली प्रस्तुत गरेको थियो । यस ¥यालीमा देशभर बाट १००० भन्दा बढीको सहभागिता थिए । यस्तै, कम्पनीले विभिन्न शाखाको आयोजकतामा देशका विभिन्न ११ स्थानमा वृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ । ३० वटा विभिन्न पार्क, धार्मिक तथा पर्यटकिय स्थलहरुमा वृहत सरसफाइ लगायत डस्टिबन वितरण गरेको छ । यसका साथै कम्पनीका केहि शाखाले विभिन्न संघ संस्थासँगको सहकार्यमा निःशुल्क आँखा शिविर, दन्त सिविर, सम्पुर्ण (होलबडी) सम्बन्धि परामर्श सेवा लगायतका कार्यक्रम गरी ७०० भन्दा बढीलाई सेवा प्रधान गरेको छ । यसका साथै केहि शाखाले योग शिविर, खाधन्न वितरण, ब्याड्मिन्टन प्रतियोगित, ट्राफिक सचेतना लगायतका कार्यक्रमको समेत आयोजना गरेका थिए ।
नेपाल इन्स्योरेन्सको ८.४२ प्रतिशत लाभांश घोषणा
काठमाडौं । नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घाेषणा गरेकाे छ । कम्पनीकाे कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले गत वर्षकाे मुनाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२११ प्रतिशत नगद गरि कुल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बीमा समितिको स्वीकृती र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।