महालक्ष्मी लाइफको पुँजी वृद्धि योजनाः संस्थापक सेयरधनीले ५० प्रतिशत रकम थप्ने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीले थप ५० प्रतिशत रकम लगानी गर्नुपर्ने भएको छ । कम्पनीको चुक्ता पुँजी बृद्धिको लागि इन्स्योरेन्सका संस्थापक सेयरधनीहरुले सेयर लगानीको थप ५० प्रतिशत रकम थप्नुपर्ने भएको हो । जेठ १० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यससँगै, रकम थप्नको लागि इन्स्योरेन्सले संस्थापक सेयरधनीलाई एक महिनाको समय दिएको छ । इन्स्योरेन्सका अनुसार उनीहरुले आगामी असार १० गतेभित्र रकम बुझाइसक्नुपर्ने छ । यसको लागि साविक संस्थापक सेयरधनीले महालक्ष्मी लाइफको वेवसाइटमा गई सेयर लगानी फारम भर्नुपर्ने छ । र, ३ वटा बैंक (सिद्धार्थ, एनआईसी एशिया र माछापुच्छ्रे) मध्ये कुनै बैंक खातामा रकम जम्मा गर्न सक्नेछन् । उक्त फारम र रकम बुझाएको भौचर सेयरधनीले आगामी असार ९ गतेभित्र कम्पनीको प्रधान कार्यालय काठमाडौंको कमलपोखरीमा बुझाउनु पर्ने इन्स्योरेन्सले जनाएको छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम ५ अर्ब रुपैयाँ तोकिदिए पछि इन्स्योरेन्सले पुँजी वृद्धिको प्रकृया बढाएको हो ।हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । संस्थापक सेयरधनीले थप ५० प्रतिशत रकम थपेपछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । त्यसपछि कम्पनीले ३० प्रतिशत आईपीओ जारी गर्ने छ ।

अजोड इन्स्योरेन्सका सीईओ खत्रीले सम्हाले दोश्रो कार्यकाल

काठमाडाैं । अजोड इन्स्योरेन्सका कुमार बहादुर खत्रीले पुन: प्रमुख कार्यकारी अधिकृतकाे कार्यभार सम्हालेका छन् । सञ्चालक समितिको बैशाख १५ गतेको उक्त प्रस्तावलाई बीमा समितिले साेमबार स्वीकृत गरेपछि उनले पुन: प्रमुख कार्यकारी अधिकृतकाे कार्यभर सम्हालेका हुन् । उनको पहिलो कार्यकालमा इन्स्योरेन्सले राम्रो ग्रोथ गरेको कम्पनीले प्रकाशित गरेको तथ्यांकले देखाउँछ ।

लघुबीमाको पहुँचलाई विपन्न वर्गसम्म पुर्याइने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लघुबीमाको पहुँचलाई विपन्न वर्गसम्म पुर्याउने बताएकी छन् । मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सो बताएकी हुन् ।