बीमाशुल्कमा चार जीवन बीमा कम्पनीको प्रतिस्पर्धा, कुनको कति ? (सूचीसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत चैत मसान्तसम्ममा १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । चालु आवको ९ महिनामा १९ कम्पनीहरुले सो मात्राको प्रिमियम संकलन गर्न सफल भएका हुन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमै रहेको छ । इन्स्योरेन्सले समीक्षा अवधिमा २६ अर्ब ३७ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र नेशनल लाइफ इन्स्योरेन्सले १० अर्ब रुपैयाँ भन्दा बढी प्रिमियम संकलन गरेका छन् । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशनले १२ अर्ब ४५ करोड र नेशनल लाइफ इन्स्योरेन्सले १० अर्ब १२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । यता विभिन्न चार कम्पनीबीच एक आपसमा ‘नेक टु नेक’ प्रतिस्पर्धा भएको छ । बीमाशुल्कमा सिटिजन र प्राइमसँगै आईएमई लाइफ र गुराँस लाइफबीच प्रतिस्पर्धा देखिएको छ । सिटिजन र प्राइममध्ये सबैभन्दा बढी बीमाशुल्क सिटिजनले आर्जन गरेको छ । सिटिजनले ९ महिनामा ३ अर्ब ९० करोड ५२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन प्राइमको तुलनामा एक करोड ८ लाख रुपैयाँले बढी हो । समीक्षा अवधिमा प्राइमले ३ अर्ब ८९ करोड ४४ लाख रुपैयाँ प्रिमियम उठाएको छ । त्यस्तै, अर्का दुई कम्पनी आईएमई लाइफ र गुराँस लाइफबीच टक्कर देखिएको छ । यी दुईमध्ये भने आईएमई लाइफ ५ करोड ५३ लाख रुपैयाँ बढीले अगाडि छ । गुराँसले २ अर्ब ३३ करोड ३३ लाख रुपैयाँ प्रिमियम संकलन गर्दा आइएमई लाइफले २ अर्ब ३८ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएको छ । नियामक निकाय बीमा समितिका अुनसार सक्रिय बीमालेखमा भने रिलायबल नेपाल अग्रस्थानमा छ । ९ महिनामा इन्स्योरेन्सको बीमालेख संख्या बढेर ३५ लाख ४३ हजार २४४ वटा पुगेका छन् । त्यस्तै, सक्रिय बीमालेखमा नेशनल लाइफ र मेटलाइफ दोश्रो र तेश्रो स्थानमा रहेका छन् । जसमध्ये नेशनल लाइफको १२ लाख ३८ हजार ९१९ र मेटलाइफको ११ लाख २२ हजार ४७३ वटा बीमालेख सक्रिय रहेका छन् । सञ्चालनमा आएका १९ वटा जीवन बीमा कम्पनीहरुको कूल १ करोड १७ लाख ९१ हजार वटा बीमालेख सक्रिय रहेका छन् । चालु आवको पहिलो ९ महिनाको तथ्याङ्क हो । कुनको कति ?
नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा, लाभांशसहित सञ्चालक नियुक्त गर्ने विशेष प्रस्ताव
काठमाडौं । नेपाल इन्स्यारेन्स कम्पनीले आगामी चैत ३० गते वार्षिक साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा ७३औं सभा बोलाएको हो । सो सभाले इन्स्योरेन्सको प्रस्तावित ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नथद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ छ । ११ प्रतिशत बोनस पारितपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ नाघ्ने छ । त्यस्तै, सभाले सञ्चालक समितिमा ४ जना सञ्चालकहरु निर्वाचित गर्दै छ । जसमध्ये संस्थापक सेयरधनी समूहबाट २ र सर्वसाधारण सेयरधनीको समूहबाट २ जना रहेका छन् । त्यस्तै, सञ्चालक समिति तथा उप समितिको बैठक भत्ता र सुविधा पुनरावलोकन गर्ने इन्स्योरेन्सको विशेष प्रस्ताव छ । सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै जेठ १६ गतेसम्म कायम सेयरधनी मात्रै प्रस्तावित लाभांश पाउन योग्य हुने छन् ।
नेपाल ईन्स्योरेन्स कम्पनीको नयाँ कर्पोरेट भवनको शिलान्यास
काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनीको नयाँ कर्पोरेट भवनको शिलान्यास भएकाे छ । कम्पनीकाे कमलादी स्थित साविक प्रधान कार्यालय रहेको स्थानमा निर्माण हुन गईरहेको नयाँ कर्पोरेट भवनको शुक्रबार शिलान्यास भएकाे हाे । बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवाल र कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माले संयुक्त रुपमा उक्त भवनकाे शिलन्यास गरे । विगत ७५ वर्ष देखि निरन्तर रुपमा नेपाली बीमा बजारमा आएकाे यस कम्पनीले ५९ वटा शाखा/उपशाखा/सेवा केन्द्रहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएकाे छ ।