सिटिजन लाइफ चौथो वर्षमा, व्यवसायिक लक्ष्य प्राप्तिमा सफलता
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको चौथो वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्र्रममा हरेक वर्ष स्थानीय स्तरमा रक्तदान, निशुल्क स्वास्थ्य शिविर, गरिव, असहाय तथा वृद्ध वृद्धालाई निशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवम विद्यार्र्थीहरुलाई पोशाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामाग्री वितरण गरी मनाउँदै आएकोमा यस वर्ष पनि सप्ताह व्यापी कार्यक्रम मार्फत सो गतिविधीहरुलाई निरन्तरता दिइने जनाएको छ । सञ्चालक समितीका अध्यक्ष प्रदिप जङ्ग पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याई पु¥याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरु; ‘डिजिटल सिटिजन अभियान’, ‘सिटिजन स्वोरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्र्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए । यसका साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले प्रचलित कानुन, निति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गरे ।
गुराँस लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विपिन कुमार नियुक्त
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा विपिन कुमार लाल नियुक्त भएका छन् । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो । कम्पनीले आगामी ४ वर्षका लागि लाललाई सीइओमा नियुक्त गरेको हो । एस इन्स्टिच्यूट अफ म्यानेजमेन्टमा व्यवस्थापन विषयमा मास्टर डिग्री गरेका विपिन कुमार यसअघि लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडमा कार्यरत थिए । तत्कालिन सिइओ नारायण कुमार भट्टराई व्यक्तिगत कारण देखाई असोज १९ गते पदबाट राजीनामा दिएका थिए । भट्टराईको राजीनामा कार्तिक एक गते देखि लागू हुनेगरी सञ्चालक समितिले स्वीकृत गरेको थियो ।
रिलायन्स लाइफले ल्यायो रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले “रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना” सार्वजनिक गरेको छ । सो बीमा योजना अन्तर्गत बिमितलाई प्रत्येक वर्ष बीमा लेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ (पाँच) प्रतिशत रकम भुक्तान गरिने कम्पनीले जनाएको छ । उक्त व्यवस्थाले बिमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमाङ्क रकम बराबरको रक्षावरण समेत प्रदान गर्न कम्पनीको भनाई छ । यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्ने जानकारी कम्पनीले दिएको छ । १५ वर्षको बीमा अवधिको समाप्तिमा बिमितलाई अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिनेछ भने २० वर्षको बीमा अवधिको समाप्तिमा अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बीमाङ्क रकम, आर्जित बोनस र बीमाङ्क रकमको १० प्रतिशत थप रकम (एक पटकको लागि मात्र) प्रदान गरिनेछ । यस योजनामा कथंकदाचित बीमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिन सक्नेछन् । यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ । यो योजना संगै बिमितले थप न्यूनतम बीमाशुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्नेछन् ।