बागलुङ र बेनीमा ‘युवासँग-महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न
काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बागलुङ र बेनीमा ‘युवासँग-महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/०७९ भित्र २५ वटा भन्दा बढी जिल्लामा उक्त बीमा जागरण राष्ट्रिय अभियान संचालन गर्ने लक्ष्यका साथ उक्त कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो । कम्पनीले बेनी सामुदायिक माध्यमिक विद्यालय सम्पन्न कार्यक्रममा १०५ भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो । प्रधानध्यापक काशिराम रेग्मिकाे अध्यक्षतामा उक्त कार्यक्रमम सम्पन्न भएकाे थियाे । कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमाल र क्षेत्रिय प्रमुख जमुना आचार्यले बीङ्गा सम्बन्धी प्रशिक्षण दिएका थिए । यसै क्रममा मंगलबार धौलागिरी बहुमुखि क्याम्पस बागलुङमा पनि बीमा जागरण कार्यक्रम सम्पन्न भएको थियाे । २५ जना सहभागी भएको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख राम प्रसाद उपाध्यायले गरेका थिए । कम्पनीको बागलुङ कार्यालय प्रमुख विश्वनाथ आचार्यले संचालन गरेकाे कार्यक्रममा धमला र आचार्यले नै प्रशिक्षण दिएका थिए ।
आईपीओको प्रस्ताव पारित गर्न हिमालयन रिइन्स्योरेन्सले डाक्यो साधारण सभा
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले कार्त्तिक १२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन अपरान्ह ५ बजे ठमेलको होटल अलफ्टमा आफ्नो पहिलो वार्षिक साधारणसभा आव्हान गरेको हो । सभाले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्तावलार्ई पारित गर्दै छ । सभाले सञ्चालकहरुको निर्वाचत तथा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने छ । त्यस्तै, सञ्चालकको पारिश्रमिक, भत्ता तथा सुविधा बारे छलफल गरी आर्थिक वर्ष २०७८र७९ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने सञ्चालक समितिको प्रस्ताव रहेको छ । त्यस्तै, सभाले संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
ननट्यारिफ बीमाको प्रिमियम बढ्यो, गहनादेखि घरायसी सामानको बीमा गर्दा कति लाग्छ प्रिमियम ?
काठमाडौं । बीमा समितिले नन्ट्यारिफ बीमाको न्यूनतम प्रिमियम तोकेको छ । समितिले तोकेको न्युनतम प्रिमियम यसअघि कार्यान्वयनमा रहेकोभन्दा बढी भएको छ । नन् ट्यारिफ बीमामा कम प्रिमियम लिएर अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि न्यूनतम प्रिमियम तोकिएको समितिको भनाई छ । यसअघि समितिले नन् ट्यारिफ बीमाको प्रिमियम तोक्ने गरेको थिएन । समितिले अहिले तोकेको प्रिमियम यसअघि कम्पनीहरुले लिने गरेको प्रिमियमभन्दा बढी भएको एक निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘समितिले नन् ट्यारिफ बीमाको न्यूनतम प्रिमियम तोकेको छ, यसअघि कम्पनीहरुले आफै प्रिमियम तोक्ने गरेका थिए, प्रतिस्पर्धाको कारण पहिला अलि कम भएको प्रिमियम समितिले एकरुपता कायम गर्दा अलि बढेको छ, अहिले तय भएको प्रिमियम ८ देखि १० वर्ष अगाडि कायम भएको प्रिमियम बराबर हो,’ ती प्रमुख कार्यकारी अधिकृतले विकासन्युजसँग भने । समितिले भने केही बीमा कम्पनीहरुले कम प्रिमियम लिएर बीमा गराउने गरेका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा देखिएको बताएको छ । ‘केही ठूला कम्पनीहरुले कम दरको प्रिमियम लिएर बीमा गराउने गरेको पाइयो, यस्तो कार्यले पुनर्बीमा गराउन समस्या हुनेदेखि बजारमा विभिन्न प्रकारका समस्या सिर्जना भए, त्यसैकारण बिमक संघसँगको समन्वयमै न्यूनतम प्रिमियम तोकिएको हो,’ समितिका एक अधिकारीले भने । अब कुन बीमामा कति प्रिमियम ? समितिले तोकेको न्यूनतम प्रिमियम अनुसार अबदेखि प्लेट ग्लास जस्ता सार्न मिल्ने बस्तुको बीमा गराउँदा बिमांक रकमको २ प्रतिशत र सार्न नमिल्ने वस्तुहरुको बीमामा बिमांक रकमको १ प्रतिशत बीमा शुल्क तिर्नुपर्ने भएको छ । यस्तै, चोरी ढकैती बीमामा घर फुटाएर चोरी हुने विरुद्ध बीम गराउँदा जोखिम हेरेर बिमांक रकमको १ देखि ५ प्रतिशतसम्म प्रिमियम तिर्नुपर्ने भएको छ । सुन तथा गरगहना पसलको बीमा गराउँदा बिमांक रकमको ५ प्रतिशतसम्म प्रिमियम तिर्नुपर्ने भएको हो । मनी पोलिसी अन्तरगत एक ठाउँबाट अर्काे ठाउँमा रकम लैजानेले प्रतिहजार रुपैयाँमा १ रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । तर, बैंक तथा वित्तीय संस्थाहरुको लागि भने बेग्लै पोलिसी हुने हुँदा यो शुल्क लाग्दैन ।